कोरियाको रोजगारीमा डेढ बर्ष पश्चात पलायो आशाको किरण , यसरि अगी बढ्दैछ प्रक्रिया

426

दक्षिण कोरियाको लागी बिगत १९ महिना देखि रोकिएको इपिएस अन्तर्गतको रोजगारी प्रक्रिया पुनः सुचारु हुने भएको छ l

प्रक्रिया सुचारु हुने निश्चितता संगै इपिएस कार्यालय ग्वार्को ललितपुरले कमिटेड (पुनः कोरिया प्रवेश गर्ने ) कामदारको नाम सुची निकालेर सिसिभीआइ फारम भर्न अनुरोध समेत गरेको छ l

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण रोकिएको प्रक्रिया यहि अक्टोबरको अन्त्यदेखि पुनः सुचारु हुने भएको हो l इपिएस शाखाका अनुसार उक्त प्रक्रिया कमिटेड (पुनः कोरिया प्रवेश गर्ने ) कामदार बाट शुरु हुने भएको छ l पहिलो लटमा भने ५० जना कामदार कोरिया प्रवेश गर्ने छन l उक्त लट एउटा परिक्षण पनि हुन सक्ने हुनाले कोरिया प्रवेश गर्ने कामदारले कडा सुरक्षा मापदण्ड अपनउन समेत अनुरोध गरिएको छ l

दक्षिण कोरियाले उठाएको बिमा , क्वारेन्टिन लागाएतका प्रक्रियाहरु पुरा गर्ने काम भैरहेकोले अन्य समस्या नपर्ने श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमले बताए l

दक्षिण कोरियाले लामो समय देखि रोकिएको इपिएस प्रक्रिया पुनः सुचारु गर्ने संकेत देखाए संगै लामो समय देखि भाषा प्रक्रिया पुरा गरेर रोजगारीको प्रतिक्षामा बसेका हजारौ नेपाली श्रमिकमा केहि आशाको किरण पलाएको छ l

कोभिडको कारण रोकिएको प्रक्रिया पुनः सुचारु भएकोले पहिलो लटमा जाने कामदारमा कहिँ कतै बाट कोभिड देखा परे पुनः प्रक्रिया रोकिन पनि सक्ने हुनाले पहिलो लट बाटै सम्पूर्ण सुरक्षा मापदण्ड अपनाउनु पर्ने जुरुरी देखिन्छ l यसलाई एउटा परिक्षणको रुपमा बुझेर कोरिया प्रवेश गर्ने कामदार पूर्ण सजक भएमा आगामी दीनमा कोरियाले प्रक्रियालाई निरन्तरता दिने सम्भावना देखिन्छ l

प्रतिक्रियाहरू