हरेक जन्मदिनको बिहानीले तितो याद र अत्याहट दस्तक दिएर जान्छ ;शुभकामना कसरि लिउ

197

‘म संग बिहे नगर मेरो जन्म औसीको हो रे औसीमा जन्मेको छोरामान्छेको श्रीमतीको आयु लामो हुन्न रे काली‘ ’एकदमै नजिक बसेकी थिइन् उनि, मधुमासको सुस्तरी पवनले त्यो गोरो मुहारमा उन्का रेशमी केशका त्यान्द्राहरु झार्दै थिए सायद मेरो शब्दले होला कपाल पन्छाउने जागर पनि देखिन्न थियो उनीमा |एकछिन सन्नाटा छायो श्वासप्रश्वासको ध्वानी मात्र ,मैले लामो सास फेरे अनि अलिकति लम्किएर उनीतिर सुस्तरी हात बढाए अनुहारमा हात नपुग्दै प्याट्ट हातमा हानिन |’कस्तो कुरा गर्नु भएको ? म पट्टि फर्कीदै “ आजको बैज्ञानिक युगमा पनि पौराणिक सोच ?आध्यात्मिक बिश्वास चेतनामा निर्भर हुन्छ परिवर्तित समाज संगै इश्वरीय चिन्तन अनि अन्धबिस्वास पनि परिवर्तन गर्नु पर्छ यी सब कुरामा बिस्वास गर्दिन म ’|उनको कुराको बिराम नलाग्दै मैले प्रतिकारात्मक प्रश्न गरे अनि भाउजुको मृत्यु ?त्यो सन्जोग हो झट्टै उत्तर फर्काइन म अनुत्तरित भए निशब्द भए |
जन्म मृत्यु र विवाह जिबन मिथकका तीन अध्याय| जन्म ले शुभारम्भ मृत्युले सम्पन्न अनि विवाहले जीवन कथा बदल्छ ,जन्म इश्वरीय लिला, मृत्यु आफ्नो बसमा हुन्न तर विवाहलाइ म कुनै कर्म काण्ड बिधि गरेर दोस पन्छाउने जुक्ति खोज्दै थिए|उनि मेरो कुरा सुन्न रत्ति तयार थिइनन् ,हुनु पनि कसरि प्रेमको सागरमा हेलिन थालेको आधा दशक नै भइसकेको थियो फुत्त निस्किन कठिन नै थियो त्यसैपनि प्रेममा संजोगको सिरानी लगाएर सम्झौता गर्न मन पनि मान्दैन रहेछ , समर्पण जरुणी ठानेर एक अर्कामा समाहित हुने सोच बनायौ ,फेरी प्रेम कुनै बिज गणित किताब जस्तो पनि होइन हिसाब मिलुन्जेल खुल्ला नमिल्दा वा समस्या आउदा बन्द गर्ने, सोचें |बसेको ठाउबाट कुन्नि को पहिला उठ्यो त्यो याद छैन तर एक अर्काको मुहारमा मुस्कुराहट सहि त्यहा बाट हिड्यौ |तथापि भाउजुको मृत्त्युले दिएको सम्भावित त्रासित दस्तक पनि नजर अन्दाज गर्न सकिरहेको थिइन | म यहा यो प्रसङ्ग थोरै प्रस्ट्याउँन चाहे
२०४० साल असोज २० जमारे औसीको कालो रात्रिमा जुम्लिया जन्मेका थियौ हामि दुइ राम लक्ष्मण |अनुहार, ब्यबहार,सोच त हामिमा भिन्न थियो तर भाग्य मिल्दो जुल्दो |प्रसंगलाई धेरै नगुजुल्टाइ सिधा यहि आउछु |दाजुले बिवाह गरेको लामो समय पनि भएको थिएन दाजु परदेशियो अनि भाउजु चुलो चम्को |एक दिन कानको सानो समस्याले भाउजु बस चढेर बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान जानु भयो एक्लै |अप्रेसन गर्नु पर्ने डाक्टरले सुझाए |सोहि अनुरुप भोलिपल्ट नै पारिवारिक जिम्मेवारीमा डाक्टर अप्रेसनमा लाग्यो | आखा खोलेरै अप्रेसन कक्ष छिरेकी भाउजु आखा चिम्लिएर निस्कीइन सधैलाई |परिवार विक्षिप्त थियो म भने हाम्रो औसीको जन्म सम्झीन भ्याएं |
असार ०७ हो ,आधा दसक मायाको गोरेटोका यात्रा गरेको हामि दुइ प्रेमिल पथिक बैवाहिक बन्धनले एक एर्कामा समाहित भयौ |समयले छ ओटा महिना पनि पार गर्न नपाउदै पुस ०७ गते उनको जीवन कथा समाप्त भयो |उनी सधैलाई अस्ताइन |म स्तब्ध भएँ |जीवनको अन्तिम यथार्त स्वीकार्ने सामर्थ्य नै नभएको हैन अपितु जुम्लिया दाइको श्रीमतीले संसार छोडेकै अस्पताल सोहि बार समय पनि लगभग दुरुस्तै मिल्नुले फेरी एक पटक औसीको जन्म लाइ सम्झन भ्याए |आज असोज २० मेरो जन्म दिन मेरो हरेक जन्मदिनको बिहानीले तितो याद र अत्याहट दस्ताक दिएर जान्छ ,सुभकामना कसरि लिउ???

प्रतिक्रियाहरू