कोरियामा प्रबेशमा सहज , बिदेशमा खोप लगाएर आउनेहरु पनि क्वारेन्टिनमा बस्नु नपर्ने

693

दक्षिण कोरियाले बिहिबारबाट लागु हुनेगरी विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोप लगाएर कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई क्वारेन्टिनको नियममा खुकुलो बनाएको छ l

समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार हाललाई कोरोना विरुद्व मान्यता प्राप्त खोप लगाएका अमेरिकी सैनिक कुटनीति नियोगका कर्मचारी तथा उनीहरुका परिवार , ब्यापार व्यावसाय ,भ्रमण ,अध्यन आदि प्रयोजनको निमित्त कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई अनिबार्य १४ दिने सेल्फ – क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको हो l

स्वास्थ्य मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा अनुमोदित खोप फाइजर, मोडेर्ना, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनेका (कोभिशिल्ड सहित), सिनोफार्म र सिनोभाक छन l

यद्यपी चिनियाँ कम्पनि द्वारा निर्मित दुइ खोपहरु-सिनोफार्म र सिनोभाक यहाँको खाद्य तथा औषधि सुरक्षा मंत्रालय द्वारा अनुमोदित नगरिएको हुँदा अझै पनि बिबादमा रहेको बताएको छ l

सेल्फ-क्वारेन्टाइन नियमको छुट डब्ल्यूएचओ द्वारा मान्यता प्राप्त भ्याक्सिन लगाएकाहरुमा मात्र लागु हुने छ साथै कोरिया प्रवेश गर्दा कोरोना भाइरस प्रमाणित भए अनिबार्य क्वारेन्टाइन बस्नु पर्ने छ l त्यसैगरी उक्त छुट प्राप्त गर्न कोरिया प्रवेश गर्ने ब्याक्तिले भ्याक्सिन प्रमाण पत्र अनिबार्य रुपमा प्रमाणित गराउनु पर्ने छ l

सरकारले यसभन्दा पहिला कोरियामा दुवै डोजको खोप लगाएर विदेश जाने नागरिकलाई पुनः कोरिया प्रवेश गर्दा सेल्फ-क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याइसकेको छ l

प्रतिक्रियाहरू