अहिंशा परमो धर्म ;पशुबली होइन पशुताबली चढाऔं

136

एउटा प्राणीको जीवन लिएर अर्को प्राणीको जीवन दिने वा मनोकामना पूरा गरिदिने भगवान हुन् र??ऐश्वर्य ,सौभाग्य यश ,धर्म ,ज्ञान र बिराग जस्ता छ ओटा गुणले पूर्ण भएका अलौकिक परमात्माले यस्तो चाहना राख्लान ?एउटा प्राणीको रगतले रंगिदा खुशी हुने भगवान हुन् त?देवी देवताको उपासना तुलफुलले गरे देवी रिसाउछिंन र??अझ मानवीय स्वार्थसिद्दी मनकामना पुरा गर्न मानवकै बलि दिएको घटना यदाकदा सुन्नमा आउछन पनि | भनिन्छ श्रिस्टिका हरेक प्राणि भगवान कै सृजना हुन् /सन्तान हुन् उसोभए आफैले सृजना गरेको सन्तानको घाटि रेट्दा भगवान कसरि खुशी हुन्छन ?के भगवान रगतको प्यासी हुन्छन र ? हुन्छन भने भगवान र राक्षसमा फरक के ??
चाडपर्व नजिकिदै गर्दा बलि प्रथा रोक्न जोडतोड़ आवाज उठ्छन पनि तर यस्ता आवाज क्षणिक हुन्छन |प्रत्येक बर्ष नवरात्र सुरु भएपछी बलि प्रथाको पक्ष र विपक्षमा बहस सुरु हुन्छ |बास्तवमा पशुबली मानब सभ्यता माथि नै कलंक हो |मथिंगलमा अन्ध बिश्वासको कालो बादल मडारिनुनै बलि प्रथाको जड हो |एउटा अबोध पशुको घाटी रेट्ने बर्बरता प्रथा होइन कुप्रथा हो | नेपालमा सति प्रथा दास प्रथा जस्ता कुप्रथाहरु हटेर गयो त्यो पनि एक प्रकारको बलि नै थियो तर पशुबलि प्रथा भने जरो गाडेर बसेको छ |यसमा मुख्यत सरकार पनि उतिकै जिम्मेवारी छ | दसैको नहमिको दिन हनुमान ढोका भित्र नासलाचोकमा थुप्रै पशुहरुको बलि दिइन्छ |नेपालि सेनाका ब्यारेकहरुमा हर्ष बढाई तथा निशान पूजा गर्दै बलि दिइन्छ |
वेद र शास्त्रको अपव्याख्या गरेर बलि प्रथाको बचाउ गर्ने मासु पारखीहरु पशुबली अनिबार्य अर्थ्याउछंन |मासु खानु सहि वा गलत आ आफ्नै चाख हो |खसी ,बोका ,हास कुखुरा आदिको हत्या गर्नै नहुने हो भने पाल्नु किन? वा पालेकाले बेच्नु किन ?पशुबलि प्रथाको बिरोध गर्नु हिन्दुधर्मको अस्तित्व माथिको प्रहार हो | यस्ता तर्क पनि समाज र सामाजिक संजालमा नसुनिएको होइनन |तर भगवानलाइ खुशी पार्न कै निमित्त शक्तिपीठहरुमा अबोध पशुको घाटी रेट्नु चाइ देबी देवता खुशी पार्ने होइन दुखि पार्नु हो ,एउटा बाठो सन्तानले लाटो सन्तानको घाटी रेटिरहदा कुन आमा खुशी हुन्छिन होलि ? |अनि हिन्दु धर्मका चार बेद मध्ये कुन बेदमा पशुबलिको औचित्य प्रस्ट्याइएको छ ?के पशुबलीले हिन्दु धर्मको अस्तित्व जोगाएको हो त ?? सास्त्रले भन्छ “ अहिंसा परमो धर्म ”|
फाल्गुन पूर्णिमाको रंगिन होलि बिर्साउने रक्तिम चिनारी बोकेको बाराको गढ़िमाइमा लाखौ पशुको कोतपर्व नै हुन्छ |तान्त्रिक विधिबाट रातभरि पूजा गरेपछि बिहानी पख पहिले सेतो मुसाको बलि दिई तत्पश्चात क्रमशः सुँगुर, परेवा, हाँस, कुखुरा । अझ तोकिएको धामीले शरीरका कान, जिब्रो, आंैला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाएर आफ्नो रगतको अंश गढीमाईका नाममा चढाएपश्चात लाखौ पशुहरुको आर्तनाद र करुणा क्रन्दन शब्दमा बर्णन गर्न सकिन्न |
यो एउटा उदारण मात्र हो यस्ता हजारौ शक्तिपिठहरू जहा मानव स्वार्थको निमित्त अन्धबिस्वासीहरु अबोध जनवारको बलि चढाछन |सामाजिक ,धार्मिक र सास्कृतरुपले हरेक समुदायलाइ जागरूप बनाउन जरुणी छ |र यस्ता जनचेतना मुलक काम सरकारी स्तर बाटै हुन् जरुणी छ | यो दसैँमा पशु बलि होइन आफूभित्रको पशुता को बलि चढाऔ | बिजया दशामिको शुभकामना

प्रतिक्रियाहरू