कोरियाले दियो कोरोना भ्याक्सिनमा तिब्रता , ६६ प्रतिशतले लगाए दुवै डोज

271

दक्षिण कोरियामा बुधबार सम्म दुवै डोजको कोरोना भ्याक्सिन लगाउनेको संख्या ६६.७ प्रतिशत पुगेको छ l कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हाल सम्म ७८.९ प्रतिशतले पहिलो भ्याक्सिन लगाइसकेका छन् l सरकारले यो महिनाको अन्त्य सम्म कम्तिमा पनि ७० प्रतिशतलाइ दुवै डोजको भ्याक्सिन दिने तयारि गरेको छ l

हाल सम्म १६ देखि १७ बर्ष उमेर समुहका ५० हजार ७ सय ८ जनाले गत सोमबार देखि भ्याक्सिन लगाउन शुरु गरेका छन् भने ४ सय ३८ जना गर्भवती महिलाले पहिलो डोजको खोप लगाएका छन l

कोरोना भ्याक्सिनमा तिब्रता दिदै सरकारले यो हप्ता देखि सामाजिक दुरीमा समेत केहि खुकुलो पारेको छ l पछिल्लो नियमानुसार राजधानी सिओलमा ८ जना सम्म भेला हुन् पाउने छन l जस मध्ये चारजनाले दुवै डोज जगाएको हुनु पर्ने छ l साथै राजधानी बाहिर १० जना सम्म भेला हुन पाउने छन तर ति मध्ये ६ जनाले दुवै डोज लगाएको हुनु पर्ने छ l
उक्त नियम यो महिनाको अन्त्य सम्म रहने छ भने नोभेम्बर १ देखि केहि हेरफेर हुने बताएको छ l

प्रतिक्रियाहरू