दक्षिण कोरियामा गम्भीर बिरामी शिवलाल चालिसे लाइ सहयोगको अपिल

235

राेजगारिकाे सिलसिलामा बिगत केही वर्षदेखि कोरियामा बस्दै आउनुभएको र हाल कोरियाको वइजम्बु क्षेत्रमा अवैधानिक रुपमा काम गर्दै आउनुभएको स्याङ्जामा जन्मिएर गुल्मी हुँदै हाल नवलपरासी वर्दघाटमा बस्दै आउनुभएको शिवलाल चालिसे विगत केही महिनादेखि डिप्रेसनको शिकार भएर काम पनि नगरी बस्नुभएको रहेछ । दुई हप्ता अगाडि एक्कासी सम्पर्कविहीन हुनुभएपछि नेपाली दुतावास र कोरियन प्रहरीको सहायताले खोजी गर्दा उहाँ सउल स्थित साङ्गे फेग हस्पिटलको आइसियुमा रहेको जानकारी प्राप्त भएको थियो हस्पिटलमा बुझ्दा उहाँ एक्कासी अचेत अवस्थामा आफ्नै कोठामा भेटिएपछि घरधनीले हस्पिटलमा पु¥याउनु भएको जानकारी प्राप्त भएको छ ।

उहाँको हाल एउटा मृगौलाले पनि काम नगरेको र रगतमा पनि समस्या रहेको र उपचारमा २ कराेड ५० लाख वन खर्च भै सकेकाे र मृगाैलाकाे टेम्पररि डायलसिस गरि नेपालसम्म पुग्न सक्ने अवस्थाकाे उपचारको लागि कम्तीमा पनि ४ करोड भन्दा बढी खर्च लाग्ने हस्पिटलले जनाएको छ । हाल आइसियुमा रहेको हुँदा कसैले पनि भेट्न सकिएको छैन । नेपालमा पनि पारिवारिको आर्थिक अवस्था कमजोर भएको हुँदा परिवारले पनि सहयोग गरेर आफ्नो मान्छे बचाइदिन आग्रह गर्नुभएको र हालसम्म हामी कोरियावासी नेपालीले कोरियामा रहेको कुनै पनि नेपालीलाई रकम अभावले उपचार हुन नदिई मर्न दिएका छैनौँ।

शिवलाल चालिसेलाई पनि सकेको सहयोग गरेर मानवीय धर्म निभाउँदै उहाँको जीवन रक्षा गरिदिनुहुन मनका धनी यहाँहरु सम्पूर्ण कोरियावासी नेपालीहरुमा विनम्र अनुरोध गदैछौँ।

शिवलाल चालिसे बचाउँ अभियान एमटियु का अध्यक्ष उदय राईकाे संयाेजकत्वमा एनआरएन, एमटीयु, एनसीसी, नवलपुर समाज, गुल्मी सम्पर्क समिति ,पत्रकार, स्वतन्त्र अभियान्ता सबैले संयुक्त रुपमा संचालन गरेकाे जानकारि गराउँदै फेरि पनि सहयोगको लागि सम्पूर्ण कोरियावासी नेपालीहरुमा हार्दिक अपिल गर्दछाैँ ।
सहयाेगकाे लागि उदय राई NH bank(011) एकाउन्ट नम्बर 114112122961

प्रतिक्रियाहरू