२० महिना पश्चात आज पहिलो पटक ४८ जना नेपाली श्रमिक कोरिया प्रवेश गर्दै

302

करिब २० महिना देखि रोकिएको दक्षिण कोरियाको रोजगारी आज देखि पुनः सुचारु भएको छ l लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि आज पहिलो चरणमा ४८ जना श्रमिक कोरिया जान लागेका हुन् ।

कोरियाले पहिलो सुचिमा राखेको कोरिया बाट फर्केका प्रतिबद्व (कमिटेड)कामदार लामो समय पश्चात त्यहा प्रस्थान गर्दै गरेका हुन् l उनीहरु बुधबार नेपाली समय ३ बजे कोरियन एयर मार्फत कोरिया प्रवेश गर्दै छन् l

इपिएस भाषा पास गरि सम्पूर्ण प्रक्रिया पुरा गरेता पनि कोरोना महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् l यद्यपि कोरियाको प्राथमिकतामा परेका प्रतिबद्व (कमिटेड )कामदार कोरिया प्रवेश गर्न लागेको भएतापनि नियमित कामदारको प्रक्रिया भने कहिले देखि शुरु हुने वारे अझै पनि निश्चित हुन् सकेको छैन l
श्रम तथा रोजगार मन्त्रालयका अनुसार सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक कोरिया प्रवेशको पर्खाइमा रहेका छन l

प्रतिक्रियाहरू