लक्ष्मीपूजाको त्यो एक रात

249

बिहानीले औसीको अश्वेत रात पन्छाउदै झिसमिसे कौलि संगै तुसाराहरु झर्दै थिए, , दियोको पालामा पौडी खेलेका भराम्मे किराहरु , रन्थनिदै गरेका धुवाका मुस्लाहरुले लाग्थ्यो कुनै भर्खरै निभेजस्तो, आगनीमा रक्तामे छरिएका फूलहरु अनि अलिपर कल्यांग कुलुंग मानिसको आवाजले जिबनको अस्तित्व सलबालाई रहेको बोध गराउथ्यो |रछानको छेउमै थुपारिएको पारालका थुप्रो ,त्यहि परालमा थुप्रोमा डल्लोपरेर राति कुन्नि कतिखेर निधाएको रहेछु छु पत्तै भएन |एक्कासि निन्द्र खुल्यो,आखा अगाडी काला रात ,म बिलखबन्दमा परे बिहान रात मिति बार के हो ,ठाउ कहा हो कसरि यहा सुते एकछिन सम्म चेत नै आएन |अनुहार बाट परालका त्यान्द्रा पन्छाए |मेरो हलचलले छेउमै सुतेको कुकुर पनि बिउझियो |मुन्टो उठाएर म तिर हेर्यो कुकुरको हेराइले म भित्र विभीषिका जन्मायो धड्कनको चाल बढ्दै पनि थियो |शरीरमा कुनै कम्पन नल्याई म एक छिन स्थिर भए कुकुर सौम्य भयो |म सुस्तरी पराल पन्छाएर निस्किए | एउटा खुट्टामा चप्पल रहेनछ ,त्यो पनि चिसो भुइमा पैताला पर्दा थाहा भयो
बिरालाको चालमा छामछुम गरे ,अलि पर गएर चप्पल लगाए |
बाक्लो गुजुक्क परेको बस्ति अलि पर बासको झ्यांगको काप बाट उम्किदै गरेको तेजिलो पेटोल्मेक्सको प्रकास ,आगनीमा छरिएका चामल सहितका फूलहरु अनि आधि टोकेर मिल्क्याएको रोटीको टुक्राले याद दिलोयो त्यो रात लक्ष्मीपूजा को रात थियो म मेरो गाउको क्लब मातृभूमि समाज सेवा समूह बाट अर्को गाउमा नाचमा आएको थिए तर कसरि छुटे त्यो भने स्मरण भएन | ठूलो दाजुदेखी बेस्सरी रिस उठ्यो आखिर त्यो समुहको अगुवा दाजु नै हुनुहुन्थ्यो अरुले बेवास्ता गरेपनि दाजुले त उठाउनु पर्थ्यो मनमनै दाजुलाई गालि गर्दै आफ्नो घर तर्फ बढे, कस्तो माया पनि नभएको आफ्नो भाईको |
मेरो गाउ पुग्न अबादी छिचोलेर जानु पर्थ्यो बस्ति बिहिन त्यो अबादी छिचोल्न मलाइ हिम्मत आइरहेको थिएन शैशव अवस्था भूत प्रेत देखि औधि डर लाग्थ्यो |आखा बाट पिलपिल आसु पनि खस्दै थिए,आज सम्झन्छु डरले पनी आसु खस्दो रहेछ |घरि घरि आसु पुछ्दै म लम्कदै पनि थिए ,बाटोका हरिया दुबोमा भर्खर लपक्क टासिदै गरेका मोतिका दाना जस्ता शितका थोपाहरु,त्यहि सितमा चिप्लिएर एउटा चप्पल चुडीयो ,चुडिएको एउटा चप्पल हातामा बोकेर पनि हिडि नै रहे |काखीको भागमा च्यातिदै गरेको सट बाट चिसो सिरेटो छिर्दा मुटुनै काप्थ्यो तथापि डरले कामको मुटुलाई चिसोको त्यति ख्याल चाइ थिएन | चौतर्फी सन्नाटा भूतप्रति सन्त्रास थप चुलिदै थियो |कुकुर भुक्दा झनै होस् उड्थ्यो |बस्तीको फेहरिस्त लामै थियो तथापि त्यो बस्ति टुगिन समय लागेंन | |सुनेको थिए जनाई समाएर गायत्री मन्त्र जप गरे भूत भाग्छ ,गायत्री मन्त्र त न्वारान गरेकै दिन स्वाहा पारियो पुन याद गर्ने रुची कहिल्यै जागेन पनि ,आफैदेखि रिस नि उठ्यो | मन्त्र नभए पनि जनाई समातेर हिड्छु सोचे ,सटको टाक खोले जनाई थिएन होस् पनि कसरि गाउको एउटा छुल्याहा साथीले जनाई चुडाइदिएको त्यो बेला सम्झीए ,कुन दिन र किन छुट्यायो त्यो याद छैन , त्यसलाई पनि एकछिन सरापे | डरले स्वास रोकिएला झैँ भएपनि पाइला रोकिन | अबादी सुरुहुनु अघि एउटा माटोको ढिस्कोमा चार पाच घरहरुले गुजुक्क परेको एउटा सानो बस्ति थियो मैले प्रस्ट देखे चारपाच ओटा टुकी बालेर मानिसहरु चहलपहल गरिरहेका थिए त्यो देखेर मेरो कामेको मुटुलाई राहत मिल्यो |बस्ति भित्र छिरे ,मानिसहरु चिउरा कुट्दै रहेछन ढिकीमा |कोहि भुट्दै त कोहि घाँन लगाउदै अलि तन्नेरी जस्ता देखिने चाहि ढिकी थिच्दै |महिला पुरुसको समानुपातिक उपस्थितिको त्यो माहोल त्यसै रमाइलो लाग्थ्यो |हातामा चप्पल सितल्रे पुरै भिजेका खुट्टा त्रासित मुहार लिएर अगाडी उभिएको म बबुरो फुच्चेलाई देखेर माहोल एकछिन शान्त भयो |मेरो अनुहारको मिस्रित सन्त्रास र विनय उनीहरुलाई ठम्याउन समय लागेन |त्यहि बसेर पुरै उज्यालो भएपछी जान सुझाए पनि तर मैले मानिन,मलाइ जसरि घर जानु थियो |आठ दस ओटा सन्ठीको राको बालेर हातमा दिए |म चप्पल बोकेकै हातले राको समाए र लम्किए अबादी तर्फ |
दन्किदै गरेको संठिको राको हातामा बोकेर अँध्यारो लाइ पन्छाउदै म लम्किए आवादी तर्फ |अब भने म ढुक्क थिएँ आगोको अगाडी भूतको बाउको नि केहि चल्दैन भन्ने मानेमा |पच्चीस तीस पाइला मात्र बढाएको थिएँ मेरो राकोले कुन्नि के कुराको लागि बाधा गर्यो एक्कासि एउटा तिघ्रे खुबै रिसाउदै कडक र आक्रोस सहित आगो मार्न निर्देस गर्यो |एक पलको लागि त सातै गयो यो अनकन्टार ठाउमा को हो?यहा के गर्दै छ ?मान्छे नै त हो ? आगो त बुझाइन तर एक छेउ तिर राको फर्काएर त्यो मान्छेलाई छड्के आखाले नियाले त्यहा उ एक्लो रहेनछ छेउमा पराल उछ्याएर बसेकी हतारिएर उठ्दै लुगा सम्हाल्दै गरेकी एक युवती पनि थिइन् मेरो आगो को प्रकास उसको जिउमा पर्यो | सम्हाल्दा सम्हाल्दै पनि लुगा ले ढाक्न नसकेको उनको गोरो शरिर म स्पस्ट देख्थे |तिनीहरु के गर्दै थिए? किन त्यहाँ बसेका ?नाम्चेको भन्दा चिसो अबादी मा बस्त्र बिहिन त्यो जोडी त्यहाँ किन थिए त्यो बेला मैले त्यति भेउ नै पाइन् |केटो आगो देखेर किन रिसायो त्यो बखत स्पस्ट नभए पनि अहिले प्रस्ट छु उनीहरु ढिकी कुट्न चाहि आएका थिएनन | म आगो पन्छाउदै उनीहरुलाई ओझेल पारेर लागे घर तर्फ …………….. हरेक बर्षको लक्ष्मीपूजाको रात त्यहि क्षण सम्झनाको तरिले बाट छछल्की रहन्छन |

प्रतिक्रियाहरू