देशको बिकराल रुप देखेर चिन्तित छन बिदेशिएका युवा

890

खैं कता बाट सुरु गरुँ लेख्न ??
देशको बारेमा लेख्दा विदेशिने अनि उर्जावान समय विदेशमा बसेर नेपालकाे बारेमा लेख्ने भन्छन् ?? अनि गहिरो साेचमा पर्छु साच्चै मैले गल्ती नै गरेकाे हाे त ? पहिलो कार्यकाल यहीँ काेरियामा सकेर नेपाल फर्कदै गर्दा म पनि साेच्थे अब फेरि बिदेशीनु हुन्न अब नेपालमै केही गर्नु पर्छ । जब म नेपाल पुगे र अब आफ्नै देशमा केही गर्छु भनेर सम्भाव्यता हरु केलाउन लागे अनि बल्ल पाे बुझे केही गर्नु छ भने काइला नेताको झाेला बाेक ढाेगि भेटी चढा अनि नहुने के छ र तेरो ? हामी जुन रुपले एउटा उदेश्य बनाएर आफू, आफ्नो समाज र देशको लागि केही गर्ने साेच बनाएर नेपाल फर्कन्छाैं तर त्यहाँ त्यस्तै छैन कहालीलाग्दो विकराल रुप छ ।

देश नबन्नुमा नेताहरुकाे जति दाेषी छन त्यो भन्दा कयौं गुणा बढी दोषी तिनका झाेले कार्यकर्ता छन जाे गुण र दाेषका आधारमा याे राम्रो काम याे चाहि नराम्रो भनेर छुट्टाउनु काे साटो हजुरले गरेको नि कहिल्यै नराम्रो हुन सक्छ हजुर सत प्रतिशत सहि भनेर लालमाेहर लगाइदिन्छन । किनकि त्यहीँ नराम्रो कामको जगमा टेकेर आफू पनि भाेलिका दिनमा खाने बाटो बनाउनु छ । मैले नेपाल जादै गर्दा लेखेका लेख सम्झन्छु अब नेपालमै केही गर्नुपर्छ भनेको ! तर बाध्यता भनु या के भनु तपाईं नेपाल जानुस् र यही केही गर्नुपर्याे भनेर ठुलै टाउके नेताहरु सँग ब्यक्तिगत रुपमा भन्नुस् राम्रो कमाइ हुन्छ भने यहाँ के छ र बिदेश मै राम्रो छ नि भन्छन र फेरि कुनै सभा सम्मेलन मा गएर चाहि अब नेपालमै सबै थाेक छ फर्कनुस् भन्छन् यस्तो छ हामीलाई बुझाउने तरिका अनि कसरी हुन्छ बिकास ? जाे देशमा ठुलै परिवर्तन गर्छु भन्ने हरुकाे त आत्मविश्वास भेटिदैन भने ? म याे वा त्यो पार्टी भन्ने वाला छैन प्रत्येक मानिस आफ्नो आस्था अनुरुप फरकफरक प्रकारका पार्टीमा आबद्ध हुन्छन् हुनु पनि पर्छ तर यहाँ त हाम्रो उखान जुन जाेगी आएनि कान बुच्चै भनेझैं पाे भयो यति राम्रो देशमा आफू बन्नु बाहेक देश बनाउने एउटा पनि नेता जन्मिएन दुखकाे कुराचाहि यही लाग्छ ।

एउटा गरिव दुख गरेर फार्म बनाउछ तरकारी उत्पादन गर्छ न बजारको सुनिश्चित छ न त उसले अनुदान नैं पाउछ ? जाे एउटा कार्यकर्ता नेताको गुणगान गाएर हिड्छ उस्काे तरकारी फार्म छैन तर उ सँग फार्म काे नाम छ उस्ले अनुदान पाउछ अनि पुर्पुराे मा हात लगाएर साेच्न बाध्य भइन्छ कि बार छाेरा तेर नाति बुढाको धाेक्राे काधै माथि ?? अनि रेमिटेन्स ले देश चल्छ अनि त्यही आफ्नो घरको लागि बिदेश बाट जहान छाेराछाेरीकाे लागि बिदेश बाट बाेकेर ल्याएको सामानमा पनि करको नाममा विमान स्थलमै गिद्वे नजर लगाइन्छ । कठै मेरो देश

प्रतिक्रियाहरू