कोरियामा मृत्यु भएका एक नेपालिको शव बेबारिसे बन्ने अबस्थामा , परिवारले गर्यो एस्तो अपिल ,आर्थिक सहयोग हुन सक्दैन – दुतावास

3575

कोरियामा गत साता मृत्यु भएका काठमाडौंका धुर्ब भण्डारीको शव नेपाल पठाउन समस्या भएको छ l इपिएस मार्फत करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेका भण्डारीको  हृदय घातको कारण अस्पतालमा मृत्यु भएको थियो l

एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङका अनुसार अस्पतालको सघन कक्षम राखी उपचार गर्दा २ करोड ६८ लाख कोरियन वन खर्च आइसकेको छ l


कोरियाको थाङ्गजिन स्थित एक कम्पनीमा कार्यरत भण्डारी आफ्नो बैधानिक भिषा समाप्ति पछी अबैधानिक रुपामा बस्दै आइरहेका थिए l अबैधानिक रहेकोले उनि कार्यरत कम्पनि तथा बिमाले समेत कुनै पहल नगर्ने भएकोले ठुलै समस्या पर्ने देखिएको छ l
शव पठाउन आर्थिक समस्या भएपछी नेपाल देखि उनको श्रीमतीले बिसेष आग्रह गरि  कोरियामा रहेका ठुला संस्था एनआरएन ,एनसीसी तथा एमटियु लाइ समेत पत्राचार गरेको  खुल्नमा आएको छ l


यो बारेमा कोरिया स्थित नेपालि दुतावासमा सम्पर्क गर्दा , उपनियोग प्रमुख किरण शाक्यले कोरियामा अबैधानिक रहेकोले बैदेशिक रोजगार प्रबर्दन बोर्डले कुनै पनि आर्थीक सहयोग नगर्ने बताए l शव नेपाल पठाउदा करिब ५ लाख नेपालि रकम खर्च लाग्ने हुदा उक्त रकम मृतकको परिवार वा कुनै सामाजिक संघ संस्थाले जम्मा गर्न सके अन्य कागजी प्रक्रिया मिलाइदिन दुतावास तयार रहेको  समेत बताए l

यसरी कोरियामा एक नेपालीको शव बेबारिसे बन्ने अबस्था आएपछि यहाँका  ठुला संघ संथा एन आर एन , एनसीसी ,एमटियु लगाएतले नेपालि हरु बीच आर्थिक संकलनको अभियान शुरु गरेका छन्  l प्रवासमा मानवियताको नाताले सहयोग गरिदिनुहुन  उक्त संथाले नेपालि हरु बीच बिसेष अपिल पनि गरेका छन् l

प्रतिक्रियाहरू