कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि धर्नामा बसेका ५ नेपाली स्वदेश फिर्ता

3229

दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि धर्नामा बसेका  ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमति अनुसार कोरिया ३ महिने मौसमी कामदारको रुपामा आइपुगेका नेपाली यहाँ आउनु पुर्व रोजगार दाताले भिसा रद्व गरिदिएपछि  अलपत्र परेका थिए ।

यसरि अलपत्र परेका नेपाली मध्ये ८ जना तत्कालै नेपाल फिर्ता भएतापनि ५ जनाले भने कोरिया प्रवेश गर्न पाउनु पर्ने माग राख्दै बिमनस्थालमै धर्नामा बसेका थिए lउनीहरु गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया प्रवेश गरेका थिए l

उनीहरुले मौसमी कामदारको रुपमा पोछन नगरपालिकाले  सम्झौता गराएर आफूहरूलाई ल्याईएपनि बिनासूचना भिसा रद्द गरि अमानबिय ब्याबहार देखाइएको भन्दै कोरियामानै काममा लगाउन माग गरेका थिए । लामो समयसम्म विमानस्थलमै बसेका उनीहरुलाई  गत शनिबार यहाँको नगरपालिकाले नेपाल फर्किने टिकट उपलब्ध गराएर फिर्ता गराएको बताइएको छ।

उनीहरुले यहाँको नगरपालिकासँग भिसा नबिकरण  गराउन असंभव भए नेपालबाट पुन: कोरिया आउन पाउने गरी सम्झौता गराइदिन माग गरेको भएतापनि नगरपालिकाले उक्त कुरा अस्विकार गरेको थियो।

सुर्खेतको पन्चपुरी नगरपालिका संग मौसमी कामदारको सम्झौता गरेको पोछन नगरपालिकाले भिसा रद्व भैसकेको अबस्थामा नेपाल फर्कने टिकटको शुल्क दिने बाहेक अन्य कुनैपनि सहयोग गर्न नसकिने बताएपछि उनीहरु बाध्य भएर  नेपाल फिर्ता भएका हुन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग तीन  महिनाका लागि मौसमी कामदार पठाउने सम्झौता गरेपनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक तेस्रो ब्याक्तिलाई जिम्मा लगाएर पठाएको थियो । यसरि कोरिया पठाउने जिम्मा पाएको तेस्रो पक्षले समयमै कामदार कोरिया प्रवेश गराउन नसक्दा उनीहरुको भिसा रद्व भएको थियो l

प्रतिक्रियाहरू