E9 श्रमिकहरुबाट बर्तमान समयमा प्रायः सोधिने प्रश्न र ध्यान दिनु पर्ने बिषय सम्वन्धी जानकारी

603

प्रश्न: कम्पनी परिवर्तनको लागि नोदम्बुवाट लेटर लिएर नेपाल गएकोमा अन्र्तराष्ट्रिय उडान बन्द भै समयमा नेपालबाट कोरिया फर्कन सकिएन कम्पनी परिवर्तन गर्ने अवधि ५ महिना (३ थप २ महिना) समेत समाप्त भै सकेको छ । मेरो एलाईन कार्डमा भने भिष पर्याप्त बाँकी रहेको छ । यस्तो अवस्थामा पुनः कोरिया फर्केर नयाँ कम्पनीमा काम खोज सकिन्छ कि सकिदैन ?

प्रश्न : बोनस भिषा थप्नु अघि छोटो समयको लागि नेपाल गएकोमा अन्तर्राष्ट्रिय उडान बन्द भै समयमा नेपालबाट कोरिया फर्कन असमर्थ भएको र अहिले मेरो एलाईन कार्डमा भिषा अवधि समाप्त भै सकेको छ । मेरो रोजगारदाताले सोहि कम्पनीमा बाँकी अवधि (एक वर्ष १० महिना) को बोनस अवधिको लागि श्रम करार गरि मेरो श्रम करार थप भएको म्यासेज समेत इपिएस आईडीमा प्राप्त भै सकेको छ । यस्तो अवस्थामा नेपालबाट कोरिया प्रवेश गर्न सकिन्छ कि सकिदैन ।

प्रश्न ३, प्रतिबद्ध कामदार (कमिटेड वर्कर) को रुपमा पुनः कोरिया आउने गरि कम्पनीको तर्फबाट श्रम सम्झौता भै सकेको छ । कानुन बोिजिम थप ५० दिनको भिषा समेत समाप्त भै सकेता पनि अन्तर्राष्ट्रिय उडान बन्द भै समयमा नेपाल फर्कन नसकेकोले अहिले एयकतउयभलझभलत या तजभ तभचmष्लबतष्यल या मभउबचतगचभ पत्र प्राप्त गरि कोरियामा रहेको छु । यस्तो अवस्थामा नेपाल फर्केपछि प्रतिबद्ध कामदार (कमिटेड वर्कर) को रुपमा कोरिया आउन बाधा पर्छ कि पर्दैन ?

काउन्सेलर श्रम डिल्लीराम बास्तोलाले माथीको प्रश्नको् दिनुभएको उत्तरहरु भिडियोमा समावेश गरिएको छ ।
सवैले सेयर गरि नेपाल कोरियामा हुनुहुने साथीहरुलाई जानकारी दिनुहोस

४ थप सान्दर्भिक महत्पूर्ण विषयहरुः
बिदेशबाट कोरिया प्रवेश गर्ने सवैले अनिवार्यरुपमा १४ दिन कारेन्टाइनमा बस्नु पर्ने ब्यकस्था भएकोले कोरिया प्रवेश गर्नु अघि नै मापदण्ड बमोजिमको क्वारेन्टाइनस्थल (रोजगारदाता वा अन्य सहयोगी ब्यक्तीको सहयोगमा खोजी प्रकृयागतरुपले इपिएस कार्यलय मार्फत इपिएस सेन्टर नेपालबाट सेल्फ क्वारेन्टाइन कन्फर्मेशन पत्र लिनु पर्ने छ । यस्तो प्रमाणपत्र नभएको ब्यक्तीलाई कोरियास्थित अध्यागमनले फिर्ता गर्न सक्नेछ ।
साथै यसरी कोरिया प्रवेश गर्ने इपिएस श्रमिकहरुले क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु पूर्ण परिपालना गरि १४ दिन सम्म सेल्फ क्वारेन्टाईउमा बस्नु पर्नेछ । भ्ढ भिषा अन्र्गत दक्षिण कोरिया प्रवेश सम्वन्धी महत्पूर्ण सुचभा (सेल्फ क्वारेन्टाईनमा बस्नेले पालना गर्नुपर्ने सम्वन्धी विस्तृत विरण) राजदूतावासको वेभसाईट धधध।पच।लभउबझिदबककथ।नयख।लउ मा हेर्न सक्नुहुनेछ । यस सम्वन्धमा स्वास्थ्य सम्वन्धी निकाय लगायत अधिकारिक निकायबाट जारी भएका निर्देशन सुचगा समेत पर्ण पालाना गर्नु पर्नेछ ।
(डिल्लीराम बास्तोला काउन्सेलर श्रम)

प्रतिक्रियाहरू