LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

दक्षिण कोरियाली अर्थतन्त्र आगामी वर्ष २.५ प्रतिशतले विस्तार हुने देखिएको छ । आन्तरिक माग र लगानीमा कमी आउने भएकाले आर्थिक वृद्धिको अवस्था यो अनुपातमा रहने कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड (किट) ले जानकारी दिएको छ ।

“आगामी वर्ष अर्थतन्त्र अनुमानित २.५ प्रतिशतले विस्तार हुनेछ । निर्यातमा भएको झिनो सुधारलाई निर्माण लगानी र निजी उपभोगले मत्थर पार्ने भएसँग दक्षिण कोरियाको वृद्धिदर ओरालो लाग्न लागेको हो,” किटको अध्ययनमा भनिएको छ ।

यद्यपि, नयाँ अमेरिकी सरकारको आर्थिक नीति, सम्भावित अमेरिकी ब्याजदर वृद्धि, चिनियाँ मन्दी र  भूराजनीतिक जोखिमलगायत बाह्य अनिश्चित अवस्थाले वृद्धिमा असर पार्न सक्ने अध्ययनमा उल्लेख छ ।

थिंक ट्यांकले सन् २०१६ का लागि गरेको आफ्नो सुरुको प्रक्षेपणलाई अघिल्लो २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशत कायम गरेको छ । निर्माण क्षेत्रमा भएको राम्रो लगानीको सहयोगमा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.९ प्रतिशतले वृद्धि भएको थियो ।

अर्थतन्त्रको प्रमुख वाहक मानिँदै आएको निर्यात आगामी वर्ष २.१ प्रतिशतले वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ । विश्वव्यापी व्यापारमा सुधार र तेलको मूल्यमा वृद्धिका कारण निर्यात उकालो लाग्ने अपेक्षा गरिएको हो ।

स्थानीय रियल इस्टेट बजारमा भाएको वृद्धिले यो वर्षभरि एसियाकै चौथो ठूलो अर्थतन्त्र उकालो लाग्ने किटले जानकारी दिएको छ । कोरिया घट्दो अवस्थाको निर्यात र मन्द अवस्थाको उपभोगबाट प्रभावित हुँदै आएको छ ।

जीडीपीमा झन्डै ३० प्रतिशतको योगदान गर्दै आएको निर्यात वर्षको अन्त्यमा ६.९ प्रतिशतले घट्ने किटको अनुमान छ । यसैगरी निजी उपभोगमा २.५ प्रतिशतको वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ ।

यद्यपि निर्माण लगानी ९.८ प्रतिशतले वृद्धि हुनेछ । यसले अन्य लगानी र निर्यातमा आएको गिरावटलाई केही हदसम्म पूर्ति गर्नेछ ।

कोरियाका प्रमुख वस्तुहरू जहाज, स्टिल र मोबाइलको निर्यात यो वर्ष संघर्षरत अवस्थाबाट गुज्रने थिंक ट्यांकले जानकारी दिएको छ ।

यो क्षेत्रमा विश्वव्यापी आपूर्तिमा भएको वृद्धि र सबल बन्दै गएको व्यापार संरक्षणवादले देशको निर्यातमा थप दबाब सिर्जना गर्ने भएकाले यी क्षेत्रको निर्यात संघर्षरत अवस्थाबाट गुज्रने संस्थाको ठहर छ ।

प्रकाशित मिति : २०७३ मंसिर १३ (November 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal