कोरियाले कमानसिंह लामालाई एग्रिमो दिन अस्वीकार, दूतावासमा बर्तौलाको रमिता

५ अप्रिल, काठमाडौं | हेनेको सम्वादाता

एकीकृत नेकपा माओवादीका अर्का नेताले पनि राम कार्कीकै नियती भोग्नुपरेको छ । राम कार्कीले फ्रान्स र भारतको राजदूतका लागि एग्रिमो नपाए जस्तै माओवादीकै अर्का नेता कमानसिंह लामालाई पनि दक्षिण कोरियाले अस्वीकार गरेको छ । सामान्यतः नेपालले प्रस्ताव गरेका राजदूतलाई तत्कालै एग्रिमो पठाउने दक्षिण कोरियाले कमानसिंह लामाको मामिलामा भनें निकै सोधखोज र अनुसन्धान गरेको थियो । सो क्रममा कमानसिंह लामा नेपालीहरुलाई अबैध रुपमा कोरिया पठाउने कार्यमा संलग्न रहेको र दक्षिण कोरियाको काठमाडौं दूतावासको रेकर्डमा पनि उनी संदिग्ध व्यक्तिका रुपमा पाइएपछि एग्रिमो नपठाएको उच्च स्रोतले जनाएको छ ।
 

काभ्रेपलान्चोक जिल्लाबाट २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाको उम्मेदवार भई नेकपा एमालेको सहयोगमा सांसद बनेका लामा त्यसपछि बिभिन्न गतिबिधिमा संलग्न भएको देखिएको छ । उनले काभ्रेकै तत्कालिन जनमोर्चाका नेता तथा मानव तस्करीमा संलग्न माणिक लामासंग मिलेर नेपाली कामदारहरुलाई बिभिन्न देशमा लगेर अलपत्र पारेको पाइएको स्रोतले जनाएको छ । माणिक लामा बीचमा नेकपा एमालेमा प्रवेश गरेका थिए भनें पछि राजावादी हुदै माओवादी बनेका छन् । माणिककी छोरी नविना लामा भनें एमाले सम्बद्ध अनेरास्ववियुकी उपाध्यक्ष हुन् ।

लामालाई उत्तर कोरियासंग नजिक रहेको भनेर एग्रिमो नपठाइएको भन्ने चर्चा चलाउन खोजिए पनि दक्षिण कोरिया दूतावास सम्बद्ध स्रोतले भनें उनको विगतको पृष्ठभूमी र हालका गतिबिधिहरु समेत दक्षिण कोरियाको हितमा नदेखिएको र उनी कालो सूचीमा परेका कारण एग्रिमो नपठाइएको बताइएको छ । लामाले यसबीचमा आफ्नो एग्रिमो मगाउनका लागि बिभिन्न स्रो्तहरु परिचालन गरेका थिए । केही समयअघिमात्र माओवादी समर्थित प्रवासी नेपालीहरुको कार्यक्रममा भाग लिन गएका विदेश विभाग प्रमुख कृष्णवहादुर महरामार्फत समेत उनले यो पहल नगरेका होइनन् ।

राजदूतमा सिफारिस भएपछि समेत उनले बिभिन्न मेनपावर व्यवसायीहरुसंग दुई चार सिटिङ बसेर पैसा उठाएको आरोप समेत लागेको छ । आफू राजदूत बनेपछि कोरियामा इपिएस कोटाबाट मान्छे पठाउने प्रणाली पनि मेनपावरमार्फतनै गराउन कोरिया सरकारसंग पहल गर्ने भन्दै उनले केही व्यवसायीहरुबाट पैसा असुलेको कुरा समेत बाहिर आएको छ । उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको कोटाबाट राजदूतमा सिफारिस भए पनि पछिल्लो समयमा प्रचण्डको विश्वासपात्र बनेको चर्चा छ ।

यसैबीच दक्षिण कोरियाबाट राजदूत कमल कोइराला आफ्नो चार वर्षे कार्यकाल पूरा गरि स्वदेश फर्केपछि सिउलस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख राजाराम बर्तौलाको रजगज चलेको छ । कोरियामा रहेका नेपालीहरुलाई मान्छेनै नगन्ने बर्तौलाले सिमित व्यक्तिसंग मिलेर बहुसंख्यक नेपाली समुदाय र कोरियामा श्रम गर्न गएका श्रमिकहरुको हितमा काम नगरेको गुनासो परराष्ट्र मन्त्रालयसम्म पुगेको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीका एक सल्लाहकारले पनि बर्तौलाको मनपरीको जानकारी मन्त्रीसम्म आइपुगेको र उनको बारेमा मन्त्री नारायणकाजी श्रेष्ठ गम्भिर रहेको बताए । मन्त्री विरामी परेका कारण थप छानबीन हुन नसकेको बताइएको छ ।
 
तत्कालीन राजदूत कमल प्रसाद कोइराला आफ्नो कार्यअवधी पूरा गरि स्वदेश फकिर्एपछि परराष्ट्र मन्त्रालयका उपसचिव समेत रहेका नेपाली राजदूतावासका उपनियोग प्रमुख राजाराम बर्ताैलाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका छन् । कोरियामा नेपाल पत्रकार महासंघको शाखा छ । त्यहाका पत्रकारहरुले व्यवासायिक पत्रकारिता पनि गरिरहेका छन् । तर बर्तौलाले उपनियोग प्रमुख भएर गए लगत्तैदेखि पत्रकारहरुलाई सूचना समेत दिन बन्देज लगाएका छन् । उनलाई पत्रकारको सूचनाको हक निर्वाध उपयोग गर्न दिन पत्रकार महासंघका अध्यक्ष शिव गाउले र मात्रिका पौडेलले कोरिया गएकै बेला पनि आग्रह गरेका थिए । तर आफ्नो भजन गाउने एकाध व्यक्ति बाहेक अन्य पत्रकारलाई उनले ‘तिमीहरु मजदूरी गर्न आएका हौ, त्यही काम गर, पत्रकार बन्ने भए नेपाल जाऊ भनेर अपमानित गर्ने गरेको एक पत्रकारले बताए ।

इपिएस कोटाबाट गएकामात्रै १५ हजारको हाराहारीमा  कोरियामा नेपाली कामदाहरु रहेका भएपनि दूतावासले ति कामदारहरुका पक्षमा सहयोगी भूमिका निर्वाह गर्नुको साटो दुःख पर्दा गिज्याउने गरेको छ । इपिएस मार्फत कोरिया गएका नेपाली कामदारहरु बेरोजगार हुदा वा दुर्घट्नामा पर्दा समेत बेवास्ता गरिरहेको दूतावास प्रति नेपाली समुदायले आक्रोश पोख्दै आएका छन् । नेपाली दूतावासमा आयोजना हुने हरेक कार्यक्रमहरुमा बेरोजगार तथा अंगभंग भएका पिडित नेपाली महिला तथा पुरुÈहरुले सहयोगका लागि अनुरोधका हातहरु जोडी रहेका हुन्छन् । कार्यवाहक राजदूतको प्रमुख आतिथ्यमा हुने नेपाली संघ सस्थाको हरेक कार्यक्रमहरुमा महिलाहरुका समस्या मजदूरका समस्या ब्यवसायीका समस्या बिद्यार्थीका समस्या उजागर हुन्छन् । तर जनशक्ती र स्रोत साधनको कमी भएको भन्दै दूतावास पन्छिने गरेको गुनासो बढेको छ । 
अहिले कोरियाका अस्पतालहरुमा ५० देखी ६० जना नेपालीहरु दुर्घट्नामा परेर अस्पतालको बेडमा लडिरहेका छन् । अहिले कोरियन नागरिकस“ग बिबाह गरेर त्यहा पुगेका नेपाली महिलाहरु श्रीमानको कुटपीट,यातना सहन नसकेर भागेर चर्चको शरणमा पुगेका छन् । कतिपयलाई घरबाट निकालिदिने र बिभिन्न कानुनी र प्राबिधिक झण्झटमा फसाउने गरिएको छ । सुत्केरी महिलाहरुको समेत बिचल्ली छ । तर सहयोग माग्न आफ्नो अभिभावक ठानेर दूतावास जांदा बर्तौलाले उल्टै पीडा थपेर पठाउने गरेको गुनासो पीडितहरुले गरेका छन् । कार्यवाहक राजदूतले यहाका नेपाली नागरिकहरुको दुःखमा साथ दिनुपर्नेमा उल्टै मानव तस्कर र केही व्यापारीसंग साठगाठ गरेको आरोप पनि लागेको छ ।

घाइते तथा कामबाट निकालिएका नेपालीहरुको कानुनी उपचार र औषधोपचारका लागि दूतावासको सहयोग आवश्यक हुन्छ । कोरियाका अस्पताल लगायत हरेक निकायमा कोरियन भाषा बाहेक अन्य भाषा प्रयोग हुदैन । यस्तो अवस्थामा ती पीडित नेपालीको तर्फबाट दूतावासले दोभाषे खटाउनुपरेकाले कमल कोइराला राजदूत भएका बेला नेपाली समुदायका दावा शेर्पालाई दोभासेका रुपमा दूतावासमा जागिर दिइएको थियो । तर बर्तौलाले कोइराला विदा हुनासाथ दावालाई हटाएर एकजना कोरियन केटीलाई राखेका छन् । नेपाली र कोरियन भाषा दुवै बुझ्ने तथा बोल्ने मान्छे चाहिने ठाउमा उनले कोरियन भाषामात्र बोल्ने युवतीलई राखेर अर्को गाइजात्रा देखाएका छन् ।
यसै साता  लुट चलचित्र प्रदर्शनका प्रमूख अतिथी बनेका बर्तौलाको मन्तब्यनै बहिस्कार गरेका नेपाली श्रमिकहरुले दूतावासको यस्तो रबैया नरोकिए कार्यलय घेराउ गर्ने चेतावनी समेत दिएका छन् । 

अर्को रमाइलो घटना पनि भएको छ, हालै दक्षिण कोरियाका नेपालीबीच । कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था सोनसिकले नेपाली कला र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको कार्यक्रमका लागि सउल महानगरपालिकाले ४० लाख कोरियन वन सहयोग प्रदान गर्दा चौतफि खुशीयाली छायो । उक्त सहयोग रकमको बारेमा नेपालको एक चर्चित दैनिक पत्रिकाले समेत उच्च प्राथ्मिकताका साथ समाचार छाप्यो । नेपालको कला सस्कृतिलाई बिदेशमा चिनाउने कार्यक्रम गर्न कोरियाली दातास“ग मागेर ४० लाख कोरियन वन सहयोग प्राप्त गर्दा नेपाली दूतावासले समेत गौरव गरेको देखियो । तर यिनै नेपालीको रगत पसिनाले कोरियाबाट कमाएर पठाएको रेमिट्यान्सलाई नेपाल सरकारको ढुकुटीबाट महिनामा ४० लाख कोरियन वन सित्तैमा बगाइरहेका बर्तौलाले राजदूतको आगमनमा ढिलाई हुने भएपछि भर्खरै सो अपार्ट खाली गरेको श्रोतले जनाएको छ  । तिन महिना देखी नेपाली राजदूत बस्ने ब्राउन स्टोनमा रहेको अपार्टमेन्टका लागि ४० लाख वन महिनै पिच्छे खर्च भइरहेको  थियो  । कोरिया स्थित नेपाली राजदूतावास राजदूतबिहीन भएको लगभग ३ महिना भएको छ । गत डिसेम्बर २५ मा कोरियाका लागि पहिलो राजदूत कमल प्रसाद कोइराला आफ्नो कार्यकाल सकेर स्वदेश फर्केदेखि उक्त अपार्टमेन्ट खाली थियो । सुर्योदय

प्रकाशित मिति : ( , )

प्रतिक्रियाहरु


sanu tamang wrote on 05 April, 2012
yo news wrong hunu par6. yesto negative news naayeko kura bujhin6 diplomatic level ma. yesto lekhnu hudaina. kasle lekheko pani thaha 6aina.
bam lawati wrote on 05 April, 2012
patrakar ji kura satya jasto lagyo/yasta byakti lai rajdoot banayema des badnaam huncha.
roni imandari nepali ko choro wrote on 06 April, 2012
yo kura sanchai nai ho malai pani bataulako baani dekhe ra sarai nai dukha laago cha uha lai korea bata pathaunu pacha natra vaya boli gayar hami harulai sabai nai samsiya pacha ahile dekhi nai pahal garu sathi ho tapai haru ko k bichar plz hurry
hari tamrakar wrote on 06 April, 2012
sathi haru bartoula kasto manchhe ho bhanera aahile samma pani thah payou na bhane timiharu murkha hou yo kura 100% sacho nai satya ho
Rohit wrote on 08 April, 2012
Hellonepalkorea.com le Embassay ko Hawa Hawa News lekne ani post garne garcha . Kina ho testo ? Testai ho bhane, ma ta yo website hernai choddcu.

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली राष्ट्रपतिको बहिर्गमन पछी बिदेशी मजदुरलाइ के फाइदा के बेफाइदा

• को हुन् चोई ? जसका कारण राष्ट्रपति पार्क पदमुक्त हुदैछिन

• दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

• कोरियाली राष्ट्रपति पार्क बिरुद्ध संसदमा आज मतदान, यस्तो छ सम्भावना

• एकजना कोरियन नागरिक द्वारा कोरियाको राष्ट्रिय सभा भवनमा आगो लगाउने प्रयास

• कोरियाबाट बैकं मार्फत एक नेपालीले साढे ७ हजार रुपैया मात्र नेपाल पठाउछन्

• कोरिया जाने नेपाली महिलाको संख्या बढ्दो

• कोरियाको सीप र अनुभवले नेपालमा राम्रो कमाई

• कोरियन कम्पनि द्वारा निर्मित मालिबू , एस एम सिक्स तथा के सेवेन कार विश्वकै सबैभन्दा सुरक्षित

• कोरिया पठाईदिन्छु भन्दै जापान पुर्याएर ५४ लाख ठगी

• उनि फेरी आफ्नै देश फर्किदै छन्

• ईपिएस कामदारलाई कार्यस्थलमा दुर्रव्यवहार भएमा गर्नुपर्ने कुराहरु

• समाजसेवी रूद्र शर्माको पहलमा नेपालमा ख्वांजु क्लिनिक सञ्चालन

• राष्ट्रपति विरोधी प्रदर्शनमा सहभागी नहुन विदेशी नागरिकलाई कोरियन वकिलको सुझाव, प्रमाण फेला पारे सरकारले डिपोर्ट र भिषा नविकरणमा रोक लगाउन सक्ने

• सनराइज बैंक कोरिया शाखाले थप्यो यस्तो सुबिधा ,अब किमेबाट पनि खाता खोल्न सकिने

• कोरियन भाषाको कहर

• क्षेत्र न.५ लाइ टुक्राएको बिरुद्वमा लुम्बिनी अंचल ठप्प, कोरिया बाट पनि निस्कियो चर्को बिरोधको आबाज

• कोरियाको थेगु शहरको सुपर मार्केटमा भिषण आगलागी, आठ सय भन्दा बढि पसल जलेर नष्ट

• भ्रटाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपतिद्धारा राजिनामा दिने घोषणा

• भ्रष्टाचारको दलदलमा कोरियाली राष्ट्रपति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant
कोरिया जाने नेपालीको संख्या दोब्बरले वृद्धिकोरिया जाने नेपाली महिलाको संख्या बढ्दोसनराइज बैंक कोरिया शाखाले थप्यो यस्तो सुबिधा ,अब किमेबाट पनि खाता खोल्न सकिने कोरियाबाट बैकं मार्फत एक नेपालीले साढे ७ हजार रुपैया मात्र नेपाल पठाउछन्इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्नेईपिएस कामदारलाई कार्यस्थलमा दुर्रव्यवहार भएमा गर्नुपर्ने कुराहरुकोरियाली राष्ट्रपतिको बहिर्गमन पछी बिदेशी मजदुरलाइ के फाइदा के बेफाइदा राष्ट्रपति विरोधी प्रदर्शनमा सहभागी नहुन विदेशी नागरिकलाई कोरियन वकिलको सुझाव, प्रमाण फेला पारे सरकारले डिपोर्ट र भिषा नविकरणमा रोक लगाउन सक्ने
कोरियामा इपिएस कामदारका लागि नयाँ नियम, अव काम खोज्न सहज हुने कोरियामा अर्को दुःखद खबर, चलिरहेको मेशिनमा बेरिएर ख्वङजुमा एक नेपालीको निधनकोरिया जाने नेपालीको संख्या दोब्बरले वृद्धिदुई कोरियन नागरिकले नेपालमा भैंसीपालन र तरकारी खेती गर्नेकोरियामा कम्पनी परिवर्तन गर्ने नेपालीहरुलाई सहयोग गर्दै मिनी नोदंग्बू कोरियन प्रहरीले हुण्डी कारोबारीलाइ खोजि खोजि पक्रिदै ,एकजना नेपाली पक्राउ, ८ जना कडा निगरानीमा कोरियामा आजबाट कठ्याग्रिदो जाडो बढ्यो, देशभरको तापक्रम माइनस तीन डिग्री सेल्सियस भन्दा तलकोरियामा नोभेम्वर प्रारम्भसंगै चिसो बढ्यो, भोली तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झर्ने मौषम विभागको अनुमान
 Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Bishal Basnyat Bishal Basnyat
Date of Birth : 23 October, 1992
Address: Gorkha nepal
Hometown : Thingureswora
Occupation : worker
Hobbies : football, comedy , etc
E-mail : bishalbasnyat0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal