LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउने

विकास श्रेष्ठ, सोल

कोरिया सरकारको श्रम मन्त्रालयले रोजगार अनुमति प्रणाली इपिएस मार्फत यहाँ रोजगारी गर्न आउने विदेशी कामदारलाई लक्षित गरी नयाँ निर्देशिका जारी गरेको छ । कामदारले मासिक रुपमा पाउने पारिश्रमिकको बीस प्रतिशत सम्म कटौति सम्बन्धीत कम्पनीले गर्न सक्ने प्रावधान सहित नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार कम्पनीले खाना र आवास दिए बापत् कामदारको नियमित तलबबाट बीस प्रतिशत सम्म रकम कटौति गर्न सक्ने छन् । सरकारले गत महिना अर्थात फ्रेबुअरी छमा निर्देशिका जारी गरेको र दश तारिख देखि कार्यन्वन गर्न कम्पनीलाई परिपत्र गरेको प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले जानकारी दिएका छन् ।

राईका अनुसार श्रम मन्त्रालयको मानव संशाधन विभाग एचआरडीले इपिएस कामदार ल्याउने मुलुकमा नयाँ श्रम सम्झौता गर्दा नियमित तलबबाट खाना र बस्नका लागि भनेर बीस प्रतिशत रकम काट्न सकिने प्रावधान सहितको बुदाँ उल्लेख गरेर पठाउने तयारी गरेको छ । यस अघि अधिकांश कम्पनीहरुले कामदारलाई निशुल्क खाना र बस्नको सुविधा दिदै आएका छन् भने केहि कम्पनीले खाना र आवासको केहि रकम तलबबाट काट्ने गरेका छन् । नयाँ निर्देशिकाले कम्पनी मालिकलाई तलबबाट रकम काट्न हौसला दिएको र कोरियाका असी प्रतिशत भन्दा बढि कम्पनीले अब सम्झौता गर्दा बीस प्रतिशत सम्म रकम काट्ने गरेर कामदारलाई सम्झौता गराउने छन् । यद्यपी यो निर्देशिकाले यहाँका तथा कोरियन कामदारको बारेमा भने केहि बोलेको छैन् । कोरियन कामदारले खाना, आवास निशुल्करुपमा सुविधा लिदै आएका छन् ।

एमटियूका अध्यक्ष राईले कोरिया सरकारले इपिएस कामदारको सुविधा कटौति गर्दै कम्पनी मालिकलाई थप अधिकार प्रदान गरेकोले यसको विरोध गर्नु बाहेक अर्को विकल्प नभएको बताएका छन् । प्रवासी मजदुरको पसिना चुसेर कम्पनी मालिक मोटाउने कार्य निर्देशिका सरकारले  बनाएकोमा एमटियूले खारेजीको माग गर्दै दबाबमुलक आन्दोलनमा होमिएको बताए । एमटियूले आफ्नो स्थापनाकाल देखिनै खाना र बस्न निशुल्क उपलब्ध गराउनु पर्छ भनेर आवाज उठाउदै आएको पनि उनले बताए । कम्पनीले निशुल्क खाना र बस्नको सुविधा दिन नसके तीन देखि पाँच प्रतिशत सम्म कामदारको तलबबाट कटौति गर्न सक्ने गरी निर्देशिका ल्याउनुपर्ने माग पनि एमटियूको रहेको छ । एमटियूका अध्यक्ष राईले अब इपिएस कामदार एकजुट भएर कामदार अहित निर्देशिका खारेजीको दबाबमुलक आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

एमटियूले कोरियामा लागू हुने इपिएस नीति नियम मजदुर मैत्रि नभएको भन्दै यसमा व्यापक सुधार गर्नुपर्ने माग राख्दै आन्दोलन समेत गर्दै आएको छ । इपिएसका खराब नीतिका कारण कामदारले कम्पनीबाट दुव्र्यवहार, समयमै तलब नपाउने लगायतका समस्या भोग्दै आएको दाबी पनि एमटियूको छ ।

कोरियामा हाल बीस लाख हाराहारीमा विदेशी कामदार कार्यरत रहेका छन् । जसमा इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपालीको संख्या झण्डै चालीस हजार रहेको बताइन्छ । त्यसैगरी कोरिया सरकारले आगामी वर्षका लागि नेपालबाट दश हजार भन्दा बढि नेपाली कामदार ल्याउन कोटा निर्धारण गरेको छ । नयाँ निर्देशिकाले एक लाख पचास हजार भन्दा बढि कमाउने आशामा रहेका कामदारलाई पनि प्रत्यक्ष असर गर्ने छ ।


प्रकाशित मिति : २०७३ फाल्गुन १८ (March 01, 2017)

प्रतिक्रियाहरु


indra bahadur khatri wrote on 01 March, 2017
कम्पनी मा eps कामदार ले एसै त दुख पायका छन। basic talab त पायका छैनन् झन यो 20% कताउने भय त korea मा यति दुख गरेर के फाइदा........तेसैले यो नियाम खारेज हुनु पर्छ।
मुकेस wrote on 01 March, 2017
काेरिया
Hari Rai wrote on 01 March, 2017
Bad news

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला

• शितकालिन ओलम्पिक स्थलको अवलोकन गर्न उत्तर कोरियाली टोली दक्षिणमा

• श्रम सहचारीलाई एनआरएन कोरिया र जनजाती महासंघको स्वागत र सम्मान, अन्तरक्रियामा सोधियो यस्ता प्रश्न

• नेपालीका समस्या समाधानका लागि निरन्तर पहल र सहयोग गर्ने कोरियन प्रहरीको प्रतिबद्धता

• कोरियामा रहेका युवायुवतीहरूको वास्तविक भोगाई

• नेपाली युवाको कोरिया क्रेज

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला एमालेको कोरिया प्रवास संगठन साखा विस्तार गर्न सक्रिय, कोरियाको ख्वान्जुमा अधिवेशन सँगै नयाँ कमिटि गठनकोरियामा सम्पन्न ऐतिहासिक कविता कन्सर्टमा दर्जनौ नेपाली र कोरियन कविता अनुवाद गरी वाचनशितकालिन ओलम्पिक स्थलको अवलोकन गर्न उत्तर कोरियाली टोली दक्षिणमाश्रम सहचारीलाई एनआरएन कोरिया र जनजाती महासंघको स्वागत र सम्मान, अन्तरक्रियामा सोधियो यस्ता प्रश्नमकवानपुर र सोलुखुम्बु समाज कोरियाको संयुक्त पत्रकार सम्मेलन, कार्यक्रम र उद्धेश्य बारे जानकारीनेपालीका समस्या समाधानका लागि निरन्तर पहल र सहयोग गर्ने कोरियन प्रहरीको प्रतिबद्धता
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउनेनेपाली युवाको कोरिया क्रेजआइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal