G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरे

हेनेको सम्बाददाता

 ईपीएस कोरियन भाषा परीक्षाका लागि मागभन्दा सात गुणा बढी आवेदन परेको छ। सरकारले चैत ९ गतेबाट खुला गरेको सन् २०१८ को कोरिया भाषा परीक्षाका लागि ७५ हजार नौ सय २५ जनाले आवेदन दिएका छन्। त्यसमध्ये कृषिका लागि ५१ हजार ३४ जना र उत्पादनमूलक क्षेत्रमा २४ हजार दुई सय ४२ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेको संख्या मागभन्दा सात गुणा बढी भएको ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए। कोरिया सरकारले सन् २०१८ मा कृषिका लागि ६ हजार दुई सय र उत्पादनमूलक क्षेत्रमा चार हजार गरी १० हजार दुई सय कामदार लैजाने निर्णय गरेको छ।

आवेदन फारमका लागि भौचर भरिसकेका तर फारम समिट हुन बाँकीसमेत ६ सय एक गरी ७५ हजार नौ सय २५ जना भएको शाखाले जनाएको छ। शाखाले चैत ९ गतेदेखि अनलाइन आवेदन फारमका लागि पेज खुला गरेको थियो। परीक्षा फारम भर्न ग्लोबल बैंकमा २४ डलर तिर्न पर्ने व्यवस्था गरेको थियो।

भाषा परीक्षाका लागि प्रवेशपत्र प्राप्त नगरेका तथा दरखास्त बुझाउँदा नाम, जन्ममिति, राहदानी नम्बरको त्रुटी सच्याउन आवेदकले चैत २० देखि २५ गतेसम्म समय पाउने भएका छन्। यसरी संकलन भएको आवेदन चैत २५ गत कोरिया पठाइने खतिवडाले जानकारी दिए।

दरखास्त दिएका व्यक्तिको भाषा परीक्षा जेठ २७ र २८ गते काठमाडौंमा हुनेछ। त्यस्तै भाषा परीक्षाको नतिजा असार १६ गते प्रकाशन गरिने शाखाले जनाएको छ।कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भई नेपाल सरकार आफैंले सन् २००८ बाट कामदार पठाउँदै आएको हो।

अहिलेसम्म ४३ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेको शाखाको तथ्यांकमा उल्लेख छ।कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लैजान भएको हुँदा पनि विगत वर्षभन्दा यस वर्ष परीक्षा फारम भर्नेको संख्या बढी भएको खतिवडा बताउँछन्।

गत वर्ष ६१ हजारले परीक्षा आवेदन फारम भरेका थिए। यो वर्ष आवेदन दिनेको संख्या गत वर्षभन्दा झन्डै १६ हजार बढी छ। गत वर्ष भाषा परीक्षामा सहभागी ६० हजार ६ सय २५ जनामध्ये ३५ सय १७ जना उत्तीर्ण भएका थिए।

सन् २००८ को पहिलो कोरियन भाषा परीक्षामा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए भने सन् २०१७ सम्म आइपुग्दा ७६ हजारले आवेदन दिइसकेका छन्। यसैगरी २०१० मा ३६ हजार दुई सय ३, २०११ मा ५० हजार ४३, २०१३ मा ४४ हजार एक सय २२, २०१४ मा ५८ हजार सात सय ४६, २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए।

परीक्षामा सहभागीमध्ये २००८ मा ६ हजार सात सय ८६, २०१० मा चार हजार एक सय ८०, २०११ मा १५ हजार ६ सय ७८, २०१३ मा आठ हजार ५१, २०१४ मा ३६ सय ६४, २०१५ मा आठ हजार चार सय ९० र २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए।

सन् २००८ देखि अलिेसम्म ४५ हजार नौ सय ९१ जना पुरुष र ४३ सय ७४ जना महिला गरी कुल ५० हजार तीन सय ६५ जन भाषा परीक्षामा पास भएको शाखाले जनाएको छ। भाषा परीक्षामा पास भएकामध्ये ४९ हजार चार सय ५१ जनाले कामका लागि प्रक्रिया सुरु गरेकोमा अहिलेसम्म ४३ हजार कामदार कोरिया पुगिसकेका छन्। त्यसमध्ये २८ सय महिला रहेको शाखाले जनाएको छ।

प्रकाशित मिति : २०७३ चैत १८ (March 31, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal