G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......

राजु श्री ,कोरिया

सोमबार बिहान ठिक १२ बजे खान खाएर एकछिन  आराम गर्न कोठामा छिरेको मात्रै थिए ख्वान्ङ्जुमा एक जना नेपालिको मृत्यु भएको छ रे ! भन्दै विभिन्न स्थान बाट साथिहरुले म्यासेज गर्न थाले ।गत हप्ता मात्र एक नेपालिको मृत्युुको समचार सेलाउन पाएको छैन फेरि मृत्यु को समाचार सुन्नु पर्दा चाहे जो सुकै होस यो गलत साबित होस भन्ने कामना गर्दै यथार्थ बुझ्ने प्रयास तिर लागे ।

साथिहरुको भनाइ अनुसार आफ्नै कार्यक्षेत्र ख्वाङ्जु मै घटना भएको हो भनेपछी झन पीडा भयो ।दुखद घटना तत्काल फैलन नदिन अन्यत्र साथिहरुसग बुझ्न मन लागेन । यद्दपी जे नहुनु भैसकेको थियो । न छोपेर छोपिन्थ्यो न रोकेर नै रोकिन्थ्यो ।सिधै नेपाली दुताबास सौलका श्रम सहचारी देबराज ढकाल सर लाई फोन गरे । उहाले नाम र ठेगाना दिदै घटना सत्य भएको पुष्टि पार्नुभयो ।

उहाका कुरा सुनेपछी आकाश झरेर मेरो टाउको माथी बजारिए जस्तै भयो । एकैछिनमा शरीरका मान्सपेशी हरुले काम गर्न छाडे ।१० मिनेट अगाडी सम्म यो घटना असत्य होस भनी कामना गरेको तिनै भगवान लाई एक्कासी गाली गर्न मन लाग्यो । उसग नजिक हुने साथिहरु लाई फोन गरे । सबैले हिक्का छाड्दै एक दुई शब्द मात्र निकाल्न सके ।

पछिल्लो समयमा इपिएस मार्फत कोरिया आएका युबाहरु सुतेको सुत्यै अबस्थामा भेटिने क्रम बढ्दै छ । कोरियामा दिन प्रतिदिन नेपालीहरुको मृत्यु दर किन यसरि बढिरहेको छ ? के कारणले यस्तो हुदै छ ? सरकर रेमिटेन्स भित्र्याउन पाउँदा खुशी छ तर लगातार यस्ता घटना बढ्दै जादा किन कुनै कदम चाल्न सक्दैन ? यस्ता कठोर घटना हरु लाई कसरी न्यूनीकरण या निर्मुल गर्न सकिन्छ ? भन्ने जस्ता अनगिन्ति प्रश्नहरु मनमा खेलिरहे ।अस्पताल नजिकै हुने एकजना साथिलाइ नियमित सम्पर्कमा रहन भन्दै म पुन: काम गर्न लागे । काम गर्न शुरु त गरे ।तर झन्डै एक हप्ता अगाडी उ सग बोलेको आवाजहरु  कानमा ठोक्किरहे । पहिल्यै देखि उ सग च्याट् गरेका अक्षरहरु उसकै आवाजमा बोलिरहे ।

झन्डै २ बर्ष अगाडि कोरिया प्रवेश गरेका जोन (चुडाराज ) शुरुदेखिनै हामिसग नियमित सम्पर्कमा हुन्थे । सामाजिक कार्यहरुमा हातेमालो गर्थे । पछिल्लो समयमा कम्पनी परिबर्तन गरि उनी ख्वाङ्जु नजिकैको ह्वासुन शहरमा पुगेका थिए ।
संगीतमा   विशेष रुचि राख्ने उनले ख्वाङ्जु देखि सउल सम्म हुने विभिन्न कार्यक्रम हरुमा आफ्नो प्रस्तुती प्रदर्शन गरिसकेका थिए भने केही कार्यक्रम उनी आफैले समेत आयोजना गरेका थिए ।अत्यन्तै मिलनसार र सहयोगी भबना भएका कारण उनी सबै को प्रिय थिए ।

एकडेढ महिना अगाडी नेपाल हुदा भाइ अब झ्याइ पारेर आउने होलानी भन्दा "यो पटक त्यस्तै भो दाइ अब अर्को पटक झ्याइ पार्ने हो" भन्दै हासेर बोलेको शब्द सम्झदा मेरो मुटुमा ठुल्ठुला पराकम्पन गए ।हातमा कुनै काम आएन ।कतिखेर उसको निर्जिब शरीर मात्र भए पनि भेट्ने भन्ने कुराले दिनभर मनमा अखडा जमाइरह्यो । घटना हामी भएबाट झण्डै ५० किलोमिटर टाढा ह्वासुन भन्ने स्थानमा भएको थियो । जुन स्थान हाम्रा लागी परिचित नै थियो ।बेलुकी काम सकिने बित्तिकै घटनास्थल तिर जाने भन्ने हाम्रो आन्तरिक सल्लाह अनुसार एउटा मिनि भ्यान रिजर्भ गरेर हामी ७ बजे १२ जना को टोलि ह्वासुन तिर लाग्यौं ।

यस्तो दुखद कुरा सुनेर साक्षि बन्न जानुपर्दा सबैको अनुहारमा मलिनता छाएको थियो कोहि एक  आपसमा खुलेर कुरा गर्न सकिरहेका थिएनन ।१४० को रफ्तारमा गाडी कुदिरहदा गाडी भित्र भने हामीमा एक प्रकारको सन्नाटा छाएको थियो । ख्वान्ग्जुमा बिहान भरी पानी परेको कारण  अत्यधिक चिसो हावा चलिरहेको थियो ।हाम्रो दुखद  समाचार लाइ समबेदना जनाएर होला दिनभर सुर्यले पनि आफ्नो किरण लाइ खासै खुलाउन सकेको थिएन ।

ख्वाङ्जु बाट हाम्रो गाडी साझ ७ बजे घटनास्थल तर्फ अगाडी बढ्यो ।भौतिक पुर्बाधार ले सम्पन्न कोरियाको चिल्ला चौडा सडकमा हाम्रो गाडी दौडिरह्यो । ५ वटा साना ठुला सुरुङ्ग मार्ग सहित झन्डै ५० किलोमिटर बाटो पार गर्न पौने घण्टा पनि लागेन । जब हाम्रो टोलि अस्पताल पुग्यो त्यहाँ पहिला नै ख्वाङ्जु आसपास बाट झण्डै ५० जना जति नेपाली  साथिहरु जम्मा भएर बसेका रहेछन् ।हामी जोन भाइ लाई अन्तिम नजर लगाउन अस्पताल को ब्ल्याक जोन (शबघर )तिर लाग्यौं । -५ डिग्रीको फ्रीज बाट जोन भाइ लाई निकाल्दा सबैको आखा रसाए र त्यही उस्लाइ भाबपुर्ण श्रद्धाञ्जली अर्पन गर्दै हामी बाहिर निस्क्यौ ।

हार्दिक श्रद्धाञ्जली !
अलबिदा जोन ( चुडाराज )  भाइ

प्रकाशित मिति : २०७३ चैत ३० (April 12, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal