दिलकुमारले कम्पनी छोडदैछन

विमल सिटौला
आज  बिदाको दिन, साबिकजस्तै दिलकुमार नजिकको पार्कमा बसेर मनको लड्डु बनाउँदै हुन्छ। मानव जीवनको श्रीङ्खलालाई नियाल्दा उसलाई यस्तो लाग्छ वास्तवमा मानिस उदाउने पनि एक्लै र अस्ताउने पनि एक्लै ।आखिर साथी नै किन चाहियो र ? तर पाँच महिनै अघि घर छोड्दा आमाले भनेको सम्झँन्छ, "छोरा,साथीसँग चैँ मिलेर बस्नु है । परदेशमा साथी सिवाय कोहि हुन्न।"बाबाले उतिखेरै भनेको झलझलि छ ,"फटाहाहरुको संगत गर्दै नगर्नू,संगत अनुसारको फल।हेक्का राखेस् ।"दिल द्वबिधाको क्यानभासमा टक्क अडिन्छ ।तर फेरि उसको मन आमाले भने बमोजिमै रफ्तारिन्छ ," हो आमा, प्रवासमा साथी बिनाको जीवन कसरी कल्पना गर्नु ? अरु जस्तोसुकै बनुन् ,आफू असल बने त भै गो नि ।आफू भलो त जगतै भलो । दिलकुमार आफ्नो मनलाई मख्ख बनाएर केहि घण्टापछि कोठा फर्कन्छ।
    " ढक् ढक् ढक् "दिलकुमारले  सुस्तरी ढोका ढक्ढकाउँछ।तत्काल ढोका नखोलिएपछि फेरि ढक्ढकाउँछ । खोल्दै नखोल्ने संकेत देखेपछि दिलकुमारले ढोकामाथि हात बजार्छ। प्राय सधैँ दिलकुमार कोठाभित्र पस्न सदैव उहि शैली अपनाउँछ । केही मिनेटको कुराइपछि ढोका ढक्रक्क खोलिन्छ र ढोका खोल्दिनसाथ हरि पुन यथास्थानमा बिछ्यौनामा पुग्छ।दिलकुमार सरासर आफ्नै बिस्तारामा पल्टिन्छ। यो देख्दा यस्तो लाग्छ कि मानै दुबैको पानी बाराबार छ । हरिको कृयाकलापले दिलकुमार दुई महिनायता आजित छ ।उता हरि पनि आफ्नो स्वतन्त्रतामा आँच नपुर्याउँन र कोठाको हक आधा लाग्ने बताउँदै आईरहेको छ। हरि कुनै कुराको प्रवाह नगरी आफ्नै  कुरामा लिढे ढिपी झैँ आगाडि बढेको दिलकुमार रुचाउँदैन। दैनिक आलोपालो खाना बनाउँने सहमति भएपनि केही महिनायता दिलकुमार प्राय:आफैँ बनाउँछ। कोठा आफैँ सफा गर्छ। भाडाबर्तन आफैँ माज्छ। हेर्दा यस्तो लाग्छ दिलकुमार त्यस कोठाको पहरेदार हो। तैपनि दिलकुमारलाई झिनो झन्झट लाग्दैन। तर हरेक दिन चिन्तित यो मानेमा हुन्छ कि कोठाको साथी मिलनसार भएन। मितव्ययी र ईमान्दार भएन।अझ भनौँ आफू जस्तै असल भएन। हरिको पारा देखेर दिलकुमारको कहिलेकाहि पारो पनि तात्छ तर अज्ञानीसँग रिसाउनु भन्दा खुसाउनु नै जाति ठान्छ। हरि काम सकेर कोठा छिरेदेखि नै साथीभाईसँग फोनमा व्यस्त हुन्छ। कम्पनीले उपलब्ध गराएको चारकुने सानो पर्खालभित्र हरि यसरी फोनमा बोलिदिन्छ कि मानै कोठामा ऊ एक्लै छ। गलेर लखतरान भएको दिलकुमार आउने साथ केहिछिन पल्टिन्छ र खाना बनाउन शुरु गर्छ। हुन त दिलकुमारको त्यति बोल्न स्वभाव छैन। जानेकै कुरा पनि फ्याट्ट नभन्नाले कहिलेकाहीँ हरिले भाकोनभाको कुरा गर्ने मोका चुकाउँदैन। दिलकुमारको नजरमा हरि जथाभावी बोलिहाल्ने एक शिष्टता नभएको मानिस भएर बसेको छ त्यसैले हमेशा बोलि हाल्न पनि रुचाउँदैन। तर भोकलाई भोजन भनेैझैँ हरिलाई असल बानीको विकास गर्न ऊ सधैँ तत्पर छ र आफैँ पनि कठोर अनुशासनमा बसेको छ। तर हरिले त्यस कुरालाई वास्तै गर्दैन। दुबैले एउटै कम्पनीमा काम गर्ने भएपनि दुबैको कार्यस्थल फरक छ। दिलकुमारको काम हरिको तुलनामा गार्हो भएकाले समयसमयमा निराश र तनावमा पनि हुन्छ। उसलाई यस्तो लाग्छ परदेशिनु नै बाध्यता भएपछि परदेशमा भोगेका र भोगिने यावत् कुराहरु बाध्यता नै हुन र ती क्षणिक हुन्छन ।
        एकदिनको कुरा हो दिलकुमार कामबाट हरिभन्दा केहि चाँडो आएको हुन्छ। सधैँ अबेर र थकित भएर आउने दिलकुमार त्यस दिन अगावै आएकोले परिवारलाई फोन गर्छ तर सम्पर्क हुन सक्दैन। केही समयपछि  फेरि गर्छ र परिवासँग कुरा गरिरहेको हुन्छ। त्यहि समयमा हरि कोठाभित्र प्रवेश गर्छ। केहिछिनपछि हरिले अपाच्य शब्दका साथ फोनमा चर्को स्वरमा बोल्न शुरु गर्छ। फलस्वरुप घरमा आमासँग अति भावुकतामा कुरा गरिरहेको  दिलकुमारको गति भँगं हुन्छ र गर्दै गरेको वातचितलाई अचानक टुंग्याऊछ। तर  हरिले उता झिनो पनि असजिलो महशुस गर्दैन। विगतदेखि जति सम्झाए र बुझाए पनि अटेर गरिदिने भएकोले फेरि दिलकुमार आफैँ कोठा बाहिर गएर बोल्ने प्रयास गर्छ तर नेटवर्कले साथ दिँदैन। पुन कोठामै फर्कि परिवारलाई नेटवर्कको दोष देखाएर बिदा भन्छ।त्यस्तै दिलकुमार धुम्रपान गर्दैन तर हरेक साँझ बिहान हरि कोठाभित्रै धुवाँको मुस्लो उडाउँछ। दैनिक जसो रक्सी मध्यरातसम्म पिइदिन्छ। कहिलेकाहीँ त हरिले मध्यरातमा आफ्नो हर्कत पनि देखाउँछ। नसामा लठ्ठिएर होस गुमाई दिलकुमारलाई सताउँछ, थर्काउछ। अझ् धम्क्याउँछ। सानो कोठाभित्र एउटा सानो फ्रिज र थोत्रो टिभी पनि छ। टिभीमा राति अबेसम्म हरि कोरियन ड्रामा हेर्न रुचाउँछ र हेरिदिन्छ ।दिलकुमारलाई यो कार्य पट्क्कै मन पर्दैन। सुतिसकेपछि पनि फोनमा बोलिरहने गर्छ। यसरी बोलिदिँदा निदाइसकेको दिलकुमार धेरैचोटि मध्यरातमा ब्यूँझिएको हुन्छ। हरिले आफ्नो आन्नदको लागि बारम्बार दिलकुमारलाई सताउँछ। तर यो अच्चम छ कि हरि थोरै पनि हिनताबोध गर्दैन। लज्जित महशुस गर्दैन। आजसम्म दिलकुमारले हरिलाई कुनै पनि असर गर्ने काम गरेजस्तो लाग्दैन। तर कम्पनीको एकमात्र मित्रको रुखो व्यवहारले गर्दा दिलकुमार  बडो चिन्तामा छ। कोरियामा भाग्यले जुराएको कम्पनी, काम, दाम त ऊसले रुचाएकै छ तर कोरिया आएको पाँच महिना नबित्दै दिलकुमार साथीकै कारणले कम्पनी परिवर्तन गर्ने अठोटका साथ कस्सिएको छ र चाडैँ कम्पनि छाडि नयाँ काम र असल साथिको सामिप्यतामा रहि कोरियाको बसाई सकाऊने ध्याऊमा छ
प्रकाशित मिति : २०७४ वैशाख ०१ (April 14, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ता

• कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

• एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन

• इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)

• सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

• हतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट

• रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

• दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी

• अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ

• बुकिंग खुल्ला भएको ५ दीनामै सामसुंग ग्यालेक्सी S8 को पुर्व अर्डर ७ लाख नाघ्यो

• अमेरिका संग लड्न सक्षम रहेको भन्दै उत्तर कोरिया द्वारा अहिले सम्मकै सबैभन्दा ठुलो सैन्य ताकत प्रदर्शन

• अमेरिका संग तनाब बढेपछी उत्तर कोरियाले राजधानी प्योंगयांग खालि गर्न थाल्यो

• आज नेपाली नयाँ बर्ष , कोरियामा पनि एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइदै

• दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु

• कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......

• कोरियाको फेन्तेक सहरमा बिबिध कार्यक्रमका साथ नयाँ बर्ष २०७४ लाइ भव्यरुपले स्वागत गरियो

• कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिल

• कोरिया स्थित नेपाल एम्बेसी एक साता पछि श्रम सहचारी विहिन हुदै, नयाँ आउने अनिश्चित

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा मुछिनेमा सामसङ्ग पछी लोट्टेका मालिक पनि

• धुर्सुस-सुन्तली फाउन्डेसनलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग, हालसम्म विभिन्न क्षेत्रमा शाखाद्धारा ४१ लाख रुपैया सहयोग

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal