उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण

विकास श्रेष्ठ, सोल

कोरियाली युद्धका क्रममा विस्थापित भएर दक्षिण कोरिया आएका उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको उन्नाइसौ राष्ट्रपति बन्न सफल भएका छन् । हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा चालीस दशमलब दुइ प्रतिशत मत प्राप्त गरेर लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मून जे इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित राष्ट्रपति मूनले एक करोड चौध लाख मत अर्थात चालीस दशमलब दुइ प्रतिशत मत प्राप्त गरेको यहाँको निर्वाचन आयोगले जनाएको छ । मत गणना आज बिहान साढे दुइ बजे सम्पन्न भएको थियो । उनका निकतम प्रतिद्धन्द्धी कन्जरभेटिभ लिबर्टी कोरिया पार्टीका उम्मेद्वार होङ जुन फ्याले चौबिस प्रतिशत मत पाएका छन् । यसपाली कुल मतदाताको सतहत्तर दशमलब दुइ प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ । जुन दुइ हजार बाह्रमा सम्पन्न निर्वाचनको भन्दा दुइ प्रतिशत बढि हो ।

निर्वाचित राष्ट्रपति मूनले चुनावी नतिजाको औपचारिक घोषणा लगत्तै आजै सपथग्रहण  गर्ने कार्यक्रम रहेको पनि आयोगले बताएको छ । चुनावी प्रचारका क्रममा मूनले देशमा बढ्दो भ्रष्टाचार र अनियमिता नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थिए । भ्रष्टाचारमा लिप्त भएको भन्दै संसद र अदालतले महाअभियोग मार्फत पार्क गुन्ह्येलाई पदमुक्त गरेपछि निर्वाचन केहि महिना अगावै भएको हो । पार्क भ्रष्टाचार काण्डमा मुछिएपछि सन् दुइ हजार बाह्रमा उनिसँगै पराजित भएका मूनको चुनावी दौरानमा लोकपृयता झनै बढेको थियो । भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, उत्तर कोरियासँग बढ्दो तनाब मत्थर लगायत मुद्धा सल्टाउन आफ्नो भुमिका महत्वपुर्ण हुने बताएका निर्वाचित राष्ट्रपति मून उत्तर कोरियाप्रति उदार मानिन्छन् । मुनको उदयसँगै उत्तर कोरियासँग बढ्दो तनाब कम हुने अपेक्षा गरिएको छ । मुनले निर्वाचन पुर्व र सोहि क्रममा वार्ता मार्फत कोरियाली प्रायद्धिपमा शान्ति र स्थाइत्व कायम गर्न सकिने बताएका थिए ।

यसैबीच मूनको राष्ट्रपति निर्वाचित भएसँगै उनका समर्थकहरुले राजधानी सोल लगायत देशका मुख्य शहरमा खुसियाली र विजयउत्सव मनाएका छन् । मतसर्वेक्षणहरुले उनले जित हासिल गर्ने प्रक्षेपण गरेसँगै मून समर्थकहरुले मतदान सकिएलगत्तै राजधानी सोलमा विजय जुलुश निकालेका थिए ।

यसैगरी मून कामदारप्रति उदार मानिने भएकोले कोरियामा कार्यरत नेपालीले सामाजिक सञ्जाल मार्फत मूनलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । मूनको नेपाल भ्रमणका क्रममा खिचेको तश्विर पोष्ट गरेर नेपालीले उनलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : २०७४ वैशाख २६ (May 10, 2017)

प्रतिक्रियाहरु


Kamal bajgai wrote on 12 May, 2017
This election victim 19th precident of korea do well in his time . I hove he may control north korea problem and take readuse the croption of his contry.

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal