एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्या


रोजगारी अनमुति प्रणाली इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपाली युवाले पछिल्लो समय आत्महत्याको बाटो रोज्ने क्रम बढेको छ । एक साताको अवधिमा दुइ जनाले आत्महत्या गरेसँगै आत्महत्याको श्रृखला बढेको हो ।

 सुसाइड नोट लेखेर गोरखाका सुनिल अधिकारीले कम्पनीको बाहिर पट्टी रहेको फलामे भर्याङमा पासो लगाएर आत्महत्या गरेको ठिक एक साता पछि दोलखाका बाइस वर्षिय एक युवकले हिजो सोमबार राती शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । दुवै जना कोरियाको ठुला शहर मध्ये एक थेगुमा कार्यरत थिए । दोलखाका दुइ साता अघि देखि डिप्रेसनको औषधी सेवन गर्दै आएको उनी कार्यरत कम्पनीका साथीले बताएका छन् । डिप्रेसनमा परेर असाधारण व्यवहार देखाउन थालेपछि कम्पनीका साथीहरुको पहलमा उनलाई नेपाल घर पठाउने तयारीमा पनि साथीहरु जुटेका थिए । उनी यहि शुक्रबार नेपाल जान हवाइ टिकट समेत लिएको बताइएको छ । सो कम्पनीमा झण्डै चौबीस जना नेपाली कार्यरत रहेका छन् । मृतकको शव अहिले पोष्र्टमार्टमका लागि प्रहरीले अस्पतालमा पु¥याएको छ भने नेपालमा रहेका परिवारलाई पनि खबर गर्ने काम भइरहेको नेपाली बताएका छन् । यसैबीच नेपाली राजदुतवासलाई  पनि घटनाको जानकारी गराइएको पनि बताइएको छ ।

ठुलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै चवालीस हजारको हाराहारी छ । वर्षेनी इपिएस कोटा मार्फत पाँच हजार भन्दा बढि नेपाली कोरिया आउने गरेका छन् । नेपाली बढेसँगै कार्यस्थल र सडक दुर्घटना, ह्दयघात भएर सुतेको अवश्थामा मृत्यु, विरामी भएर मृत्यु र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । यद्यपी सुतेको अवश्था र डिप्रेसन या विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढि नै छ । सन् दुइ हजार आठ यता एक सय दश भन्दा बढिको मृत्यु भइसकेको छ । आत्महत्या र सुतेको अवश्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन् ।

 केहि महिना अघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधनको बारे सत्यतथ्य अध्ययन गर्न टोली गठन गर्ने बताएपनि अहिले सम्म नेपालीले अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली पठाउने काम भने भएको छैन् । कोरिया विकराल बन्दै गएको डिप्रेसन र त्यसबाट मुक्ति पाउन गरिने आत्महत्या जस्तो बाटो रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भिर हुन जरुर छ ।
विस्तृत विवरणका लागि हेर्दै गर्नुहोस हेल्लोनेपालकोरिया डट कम
प्रकाशित मिति : २०७४ जेठ ३० (June 13, 2017)

प्रतिक्रियाहरु


Basanta limbu wrote on 14 June, 2017
Nepal (GOBARMENT/not government) with the ramitance It is all , It is happening because of less pre experience life of worker in Korea.

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal