कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

हेनेको सम्बाददाता


दक्षिण कोरियामा पछिल्लो समय विभिन्न सिलसिलामा नेपालका राजनीतिक नेता आउने क्रम बढेको छ । नेपाली कांग्रेस, एमाले र सरकारको उच्च ओहोदामा बसेका अधिकारी लगायत विभिन्न पार्टीका नेता विभिन्न कार्यक्रममा आइरहेका छन् । हिजो मात्रै पुर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता झलनाथ खनाल र कांग्रेस नेतृ सुजता कोइराला कोरिया आएका छन् । उनिहरु  एसिया–युरोप राजनीतिक दलको प्रथम सम्मेलन तथा एशियाली राजनीतिक दल आइक्यापको २८औ बैठकमा भाग लिन आएका हुन् । आइक्यापको बैठक छ तारिख देखि बाह्र सम्म चल्ने जनाइएको छ । कोरिया बसाईका क्रममा खनाल र कोइरालाले बैठकमा आउने  विभिन्न मुलुकका राजनीतिकर्मीलाई भेट्ने कार्यक्रम रहेको छ ।

यस अघिका सातामा कांग्रेस नेतृ कमला पन्त,  तरुण दलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा, जगदिश नरसिंह के.सी लगायतका नेता आएका थिए । त्यस अघि अर्थमन्त्री ज्ञान बहादुर कार्की पनि कोरिया आएका थिए भने नेपालस्थित इपिएस साखाका प्रमूख बावुराम खतिवडा र वैदेशिक रोजगार विभागका अधिकारी पनि कोरिया आएका थिए ।

देशको पुर्व प्रधानमन्त्री, बहालवाला मन्त्री तथा स्वंयम इपिएस कामदारको सहजिकरण  लगायत विभिन्न कामका लागि खोलिएको इपिएस साखा प्रमूख आउदाँ समेत यहाँका नेपाली मिडिया कुनै पनि जानकारी भएको छैन भने झण्डै चालीस हजार भन्दा बढि नेपाली कामदार र एक हजार दुइ भन्दा बढि नेपाली विद्यार्थीका के कस्ता समस्या छन् भनेर चासो पनि उनिहरुले देखाएन् । उनिहरु आए गएको बारे न त यहाँको दुतावासले जानकारी गराउँछ न उनिहरुका भातृसंगठनहरुले जानकारी गराउँछन् । देशमा रहदाँ प्रवासी नेपालीको हक हित र उनिहरुको सुरक्षाका लागि काम गर्न तथा उनिहरुको पसिनालाई स्वदेशमै लगानी गर्न कटिबद्ध रहेको बताउन पछि नपर्ने नेताहरु सम्बन्धित मुलुकमा आएर पनि नेपाली कामदारका समस्या के छन् भनेर चासो छैन् । कम्तिमा दुतावासले ती उच्च ओहोदाका नेता र सरकारी अधिकारी आउदाँ नेपालीका समस्या स्वंयम कामदारले पोख्न पाउने गरी अन्तरक्रिया कार्यक्रम गराउनुपर्ने हो तर त्यसो गरेकोे छैन् । इपिएस साखाका पुर्व प्रमूख डिल्ली बास्तोला कोरिया आउदाँ कम्तिमा कामदारको समस्या बुझ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्थे । समस्या समाधानका लागि पहल गर्ने भन्दै कामदारलाई आस्वस्त पार्दथे ।

कोरियामा पछिल्लो समय सुतेको अवश्थामा नेपालीको मृत्यु हुने, डिप्रेसनमा परेर आत्महत्या जस्तो घृणित बाटो रोज्ने, औद्योगिक दुर्घटनामा परेर ज्यान तथा अंगभंग हुने घटना बढेको छ । यस बारे नेपालको सरकार र यहाँको दुतावासले सक्रिय रुपमा न्यूनिकरण गर्न तर्फ ध्यान नदिएको आवाज उठ्ने गरेको छ ।

फोटो मिना थापाको फेसबुकबाट

प्रकाशित मिति : २०७४ असार २३ (July 07, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal