LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नफक्रिदै ओइलिएको माया

बिनिता अमात्य


मेरो अफिस अलि टाढा भएको र आफ्नै साधन पनि नभएको कारणले म सधैँजसो सार्वजनिक गाडीमा नै अफिस जान्थेँ। गाडी प्रायः भिड नै हुन्थ्यो तर पनि त्यो दिन अलि बढी नै भिड थियो। त्यसैले गर्दा म बस्नको सिट खोज्दै पछाडि गएँ। पछाडि सिटमा पहिले नै कुनै अपरिचित केटी बसिरहेकी थिइन्। तिनको मुहार हेर्दै अलि शान्त स्वभावको लाग्यो। निकै राम्री पनि देखिन्थिन्। ठूलाठूला आँखामा लगाएको गाजल निकै खुलेको थियो। लोभलाग्दो। आखिर म एउटा केटा न परेँ, उनैलाई हेरिरहेँ। फेरि, केहीबेरमा आफैलाई अप्ठेरो लाग्यो।

गाडी आफ्नै रफ्तारमा गतिम कुदिरहेको थियो। मान्छे चढ्ने र ओर्लने गरिहेका थिए। तर, मेरो भन्दा त्यस मोरीको स्टेशन पो पहिले आयो। उ उठेर गई। म अलि झ्यालपट्टि गएर हेरेँ किनकि मेरो ध्यान उसका आँखा, मुहारबाट अन्त जान नै खोजेनन्।

बिहेको उमेर पुगिसकेको मान्छे म। त्यसमाथि घरमा आमाले बिहेको लागि सधैजसो कचकच गरिराख्नु हुन्थ्यो। आफू भने एमबीबीएस सकेपछि मात्र बिहे गर्छु भन्ने सोचाइमा थिएँ। त्यो केटीलाई देखेपछि चैँ बिहे गर्न नै पर्ने रहेछ भन्ने लाग्यो। मनमनै सोचेँ– आमाले पहिले नै यत्तिकी राम्री केटी देखाउनुभएको भए त हुन्छ भनिहाल्थे नि!

म अफिस पुगेँ तर मेरो मन उनीतिरै उडिरहेको थियो। तर, उनको नामसम्म पनि थाहा थिएन। उनलाई त देखेकै आजमात्रै थियो। तैपनि मन यस्तोसँगले चोरिदिई कि म उसैमा भुलिरहेको थिएँ। साथीहरुले एउटा कुरा सोधे भने आफू भुलेर अर्कै जवाफ दिन पुग्थेँ। उनीहरुसमेत छक्क पर्दै थिए– आज यसलाइ के भयो? आफू भने उनै मोरीको सुन्दरतामा डुब्दै थिएँ।

केही महिनापछि म एमबिबिएसको फारम भर्नको लागि कलेज गएँ। फर्म भर्ने अन्तिम दिन भएकाले गर्दा अफिसमा बिदा नै लिएर गएको थिएँ। कलेजमा फारम भर्नेको ठूलो भिड रहेछ। म आफ्नो लाइनमा उभिइरहेको थिएँ। अर्कोतिर केटीहरुको लाइन थियो। म एकदम खुसी भएँ। कारण, उनी पनि लाइनमा नै थिइन्।

उनीसँग आँखा जुधेपछि म हासेँ। तर, उनले कुनै प्रतिक्रिया नै जनाइनन्। म आफ्नै तालमा खुसी थिएँ, उनलाई देख्न पाएकोमा। आजचैँ जसरी पनि सोध्ने कोसिस गर्छु भन्ने लाग्यो।

उनीभन्दा पछाडि मेरी केटी साथी थिई। म साथीसँग बोल्न गएँ। त्यसैबेला आफ्नो हातको कुहिनाले नजानिँदो पाराले उनको हातमा भएको फारममा धकेलेँ। उनको हातबाट फारम भुँइमा झ¥यो। “ओह! आइम सरी” भन्दै उनको फारम टिपेँ र नाम हेरेँ– बिनी ढकाल। उनलाई सबै कागज दिएर हासेँ। उनी पनि मन्द मुस्कानमा आफ्नो दन्तलहर देखाइ।

त्यस दिन उनको नाम जान्न पाएकोमा म औधी खुसी भएँ। दिन राम्रैसँग बितेको जस्तो लाग्यो। खुसी हुँदै घर फर्केँ र कोठामा पस्नासाथ फेसबुक खोलेँ र उनको नाम खोज्न थालेँ। पहिलो लहरमै उनको तस्बिर भेटेँ। उनको तस्बिरहरु हेर्दै र दङ्ग पर्दै गएँ धेरै बेरसम्म। भगवानले उनलाई साँच्चै नै कल्पना गर्दै बनाएको हुनु पर्छ। मैले ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएँ। र, एउटा मेसेज पनि गरेँ– म कलेजमा भेटेको केटो, जसले तपाइको फर्म भूँइमा झारिदिएको थिएँ।

दुई दिनसम्म कुनै प्रतिक्रिया आएन। आफूलाई भने बारम्बार त्यही आइडी खोल्दै हेर्न मात्र मन लागिरहन्थ्यो। कहिले उनले ‘एसेप्ट’ गर्ली र अनि धेरै बोल्छु भन्ने मात्र लागिरहन्थ्यो। दुई दिन, तीन दिन हुँदै छैटौं दिनमा बल्ल अनलाइन आएर मेरो मेसेजको रिप्लाई दिएकी रहेछ– अँ, चिनेँ हजुरलाई।

“प्लिज मलाई साथी बनाउनु है, मैले रिक्वेस्ट पठाएको छु।”, मैले फेरि मेसेज गरेँ।उताबाट ‘एसेप्ट’ भयो।मैले बोलीको शिलशिला अगाडी बढाउनको लागि फेरि लेखें, “धन्यवाद एसेप्ट गर्नु भएकोमा।”“ओक”, उनले छोटो जवाफ दिइन्।

मैले थप बोल्न चाहेको थिएँ। त्यसैले, उनको ठेगाना, परिवारका बारेमा सोधेँ। उनले सबै लेखेर पठाई तर मेरो बारेमा चैँ केही पनि सोधिनन्। म उनले पनि केही सोधोस् भन्ने चाहन्थें। जान्ने भएर आफैले भन्न पनि उपयुक्त थिएन। पहिलोचोटीमै मोबाइल नम्बर माग्ने आँट पनि आएन। मलाई दोहोरो गफ गर्न मन थियो। तर, उनले केही नसोधेपछि खाना खाएको बारे, नयाँ हालखबरबारे सोधेँ। त्यसदिन त्यस्तैमा बित्यो।

पछि भने हाम्रो नियमित कुरा हुन थाल्यो। एक रात उनकै लागि एउटा ‘स्टाटस’ लेखें– “आफ्नो मुटुमा केही दिन अगाडिबाट कसैले डेरा जमाउन थालेछ।” उनले ‘लाइक’ सबै भन्दा पहिले आयो। कमेन्ट पनि उनैले गरी, “बधाई छ।” मोरीले ‘को हो त्यो’ भन्ली भनेको त बधाइमात्रै पो दिई।

उनी धेरै कुरा गर्न खोज्दिन थिई, आफूलाई भने कुरा गरिरहन पाएहुन्थ्यो जस्तो लाग्थ्यो। सोधेको बाहेक कुनै कुरा सोध्ने नै गर्दिन थिई। आफू भने उनीसँग धेरै सपना बुन्दैथिएँ, माक्ुले जालो बुनेझैं।

एक साँझ आमा मेरो कोठामा पस्नु भयो। उहाँका हातमा फोटोहरु देखेपछि मैले बुझीहालें, आमा फेरि मलाई बिहेको लागि केटी देखाउदै हुनुहुन्छ। सानो बच्चालाईझैँ टाउकोमा हातले सुम्सुमाउँदै भन्न थाल्नुभयो, “बाबु हेर त, कति राम्रीराम्री केटीहरुको फोटा ल्याएको छु, कुनचाहिँ मन पर्छ हेर त!”

आमाले फोटोहरु मेरा अगाडि राखिदिनु भयो। मैले हेर्दै नहेरी मलाई कुनै पनि मन परेन भनिदिएँ। बरु थपिदिएँ, “आमा एमबीबीएसको परीक्षा आउँदै छ, सकिन दिनुस् अनि कुरा गरौँला नि, हुन्न र?

तर, आज भने आमा ढिपी गर्दै बस्नुभयो। मान्नु भएन उल्टो कराउन पो थाल्नु भयो, “कि कुनै आफूले मन पराएको भए देखा, होइन भने यहीँबाट एउटी मन पराऊ।”

आमाको ढिपीको अगाडि मेरो केही लागेन र भनी दिएँ, “आमा एउटी केटी त मन पर्छ तर उसँग कुरा गरेको छैन। पढाइ मसँगैको छ, अलि दिन कुर्नुस् म कुरा गर्छु पहिले अनि कुरा गरौँला नि!”

आमा फेरि भन्न थाल्नुभयो “खोइ हेरुँ त, कस्ती रहिछ मेरी बुहारी?”मैले आमालाई उनको फेसबुकबाट ‘सेभ’ गरेको फोटो देखाएँ।

आमाले भन्नुभयो– “फोटोमा त राम्री छ, घरव्यवहार कतिको जानेकी छ, अलि राम्रोसँग बुझ है बाबु। मैले हस् भनेर टाउको हल्लाएँ। मेरो कु्रा सुनेर आमा खुसी हुनुभयो।

आमा बाहिर जानु भयो।

मैले त्यस रात फेरि भावनाको लागि फेरी अर्को स्टाटस पोस्ट गरेँ, “मनमा आफैँले गुम्साउँदै छु, तिमीसँगका हजार सपना अनि मात्र मेरो भावना।”

कमेन्टमा साथीहरुको प्रश्न आउन थाले। उसैको नाममा ट्याग गर्न मन नभएको त होइन तर पनि गर्न भने सकिनँ। बरु, इन्बक्समा सोधेँ, “मेरो आजको स्टाटस कस्तो लाग्यो?”

सरल भाषामा उत्तर फर्काइ, “राम्रो छ।”“कमेन्ट गर्दिनौ?”“मेरो कमेन्ट गर्ने बानी छैन।” मसँग जवाफ थिएन।फेरि, उनलाई सोधेँ, “के म भावनासँग भेट्न सक्छु?”“किन र?”

“आफ्नो साथीलाई भेट्न पनि नपाउनु र?”

म उनलाई अलिअलि आफ्नो जिद्दीपन देखाउदैँ भन्दै थिएँ। मनले उनी मेरै हो भन्ने सोचिसकेपछि जिद्दीपना आफैँ नै आउँदो रहेछ। म सधैँ उनीसँग नै कुरा गरिरहन्थेँ तर उनीचैँ छोटोछोटो उत्तर दिएर पन्छिन्थी।

संयोगबश, एकदिन अफिसबाट फर्किदै उनीसँग बसमा भेट भयो। मानिसको भीड त्यत्तिकै थियो। उनलाई देखेर म हासेँ। ऊ पनि मन्द मुस्कान दिदै थिई। म उनको मुस्कानमा चुर्लुम्म डुब्दै गएँ।

त्यही रात उनलाई मेसेज गरें, “के म आफ्नो साथीलाइ भेट्न सक्छु?”“किन र, केही काम थियो र?” उनको उत्तर। उत्तर भन्ने कि प्रश्न!

मैले लेखेँ, “तिमीलाई भेट्न मन लागेर नि!”ऊ अलि आनाकानी गर्न थाली। तर, अन्तिममा मेरै जीत भयो। भेट्ने निधो गरि।आउने शनिबार कुनै ‘कफी शप’मा भेट्ने ‘फिक्स’ भयो।

मभन्दा पहिले उ आइसकेकी थिई। मैले ‘हाइ’ भन्दै हात हल्लाएँ। ऊ पनि हात देखाउदै हाँसी। वेटर आयो। मैले २ कप कफी अर्डर गरेँ। कहाँबाट कुरा सुरु गरुँ भन्ने बहाना खोज्दै थिएँ। दुवैजना बोल्न नसकेर अकमक्क पर्दै थियौँ।वेटर भाइले कफी ल्याइदियो। कफी पिउन आग्रह गरेँ। उनले टाउको हल्लाएर ‘हुन्छ’ भनी। कफीको चुस्की लिँदै गर्दा मैले आँट गरेर भने, “भावना म तिमीलाई मन पराउन थालेछु। तिमी मेरो बारेमा के सोच्छौ, त्यो मलाई थाहा छैन। म तिमीलाई बिहेको प्रस्ताब राख्न सक्छु?”

मेरो प्रश्न नै सकिन पाएको थिएन, उसले आँखाभरि आँशु बनाई। मलाई एकदम नराम्रो लाग्यो। उनी पिउँदै गरेको कफी छोडेर बाहिर निस्किन्। म छिटोछिटो कफीको पैसा तिरेर बाहिर निस्कँदा ऊ त्यो ठाउँबाट गइसकेकी थिई। मैले उसलाई यताउता खोजेँ तर पाउन सकिनँ। अनि, म घर फर्केँ। फोन गरुँ भने उनको फोन नम्बर मसँग थिएन। त्यसैले म उनलाई फेसबुकमा मेसेज गरे “म बाट आज सायद ठुलो भुल भयो मैले त्यस्तो भन्न हुन्थेन कि किन भावना तिमि किन  रोएको के गल्ति गरे प्लिज मलाई भनन? म त तिमीसंग धेरै सपना देख्दै थिए।”

र, एउटा स्टाटस लेखेँ, “घर बनाउँदै थिएँ ठूलो, आफ्नै मन भित्र, तर बिडम्बना जग नै बलियो बनाउन सकिएन।”

साथीहरु सान्त्वना दिँदै कमेन्ट गर्दै थिए। आफ्नो मनभित्र अनेक ज्वारभाटा उफ्रिदै थिए। घरमा बिहेको चर्चा खुबै चल्दै थियो तर म भने भित्रैदेखि नै निराश हुँदै थिएँ। उनको आँखाबाट खसेको आँशुले मलाइ पोलिरहेको थियो।

मैले त्यो दिन खाना खानै सकिनँ। खाना नखाएकाले आमाले सन्चो भएन कि भनेर सोधीरहनु भयो। मैले आज टाउको दुखिरहेको छ भनेर कुरा टारेँ। फेसबुक खोल्न त्यो दिन मनै भएन। अनि, नखोली बेडमा नै पल्टेर बसेँ। अबेलासम्म निद्रा पनि लागेन। निकै रात परेपछि मैले आफ्नो फेसबुक खोलेँ। उनले मलाई धेरै लामो मेसेज गरेकीरहिछ।

मेसेज पढेपछि मेरो आँखाबाट पनि आँशुको धारा बग्न थाल्यो। त्यहाँ उसले आफ्नो फोटोहरु पनि पठाएकी थिई। उनी १७ र १८ वर्षको हुँदा एक्सिडेनटमा परी उसले आफ्नो जिब्रो गुमाएकी रहिछ, जसले गर्दा ऊ बोल्न नसक्ने रहिछ।

म कहिले पनि भावनालाई भुल्न सक्दिनँ किनकि उनीसँग मैले धेरैधेरै सपनाहरु देखेको थिएँ। मलाई आफ्नै ती हजार सपनाहरुको धेरै माया लाग्दै छ, जुन कहिले पुरा नहुने गरि विलिन हुँदै थियो। फुल्नै नपाई मेरो माया ओइलाएको देखेर म धेरै नै निराश भएँ। भावनाको तस्बिर सधैँ मेरो मनमा सजाएको छु। अनि सधैं सजाउने छु, जुनी जुनीका लागि।

प्रकाशित मिति : २०७४ असार २४ (July 08, 2017)

प्रतिक्रियाहरु


Pratik Rai wrote on 08 July, 2017
Keta ko bichar man pareu... Ketale yetti dherai maya garchhu pani vanchha tara Keti bolna nasakne vayekole usle Ketilai apanauna (Afno banauna) chahadeina?!!!! Kasto gahiro Prem????
Arjun wrote on 08 July, 2017
नफक्रीदै ओईलिएको भन्दा पनि फुलाउन न चाहे को माया भन्दा ठिक होला।।। आखिर जिब्रो किन तगारो भयो ????? मात्र जिब्रो नभएकि नारी तर बिचरा मन अनि मुटु नभयको पुरुष

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा आज भारी हिमपात, दुइ साता जाडो अत्याधिक हुने भविष्यवाणी

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal