कोरियामा मृत्युलाई जितेको त्यो रात

ज्ञानु चौहान (ज्ञानी मान्छे), दक्षिण कोरिया

साझ छिप्पिएर रात पर्दै थियो । प्राय कम्पनीहरुमा कामको शिफ्ट चेन्ज भै सकेको हुनाले सडक खुल्ला नै थियो । सधै झै हामि काम सकेर घर फर्किने बस चढ्यौँ । बीस सिट क्षमताको बसमा दोब्बर भन्दा बढी मान्छे त उभिएका थिए । यस अर्थमा बस यति कोचाकोच थियो कि मानौ यो बस, बस नभएर सलाईको बट्टा हो । जहाँ सकेसम्म खांदेर अट्ने जति काटी भरिएको छ। अर्को स्टेशनमा रोकेर फेरि मान्छे चढायो । कराउँदै र ठेल्दै एक हुल मान्छे चढे । पछाडिबाट दुईजना झरे । म अगाडी देखि अलिकति निहुरिएर झोलाले सम्भावित ठोकिन सक्ने अंग छेलेर जबर्जस्ती पछाडि तिर छिर्दै गएँ । बिस्तारै झोलाबाट कागज निकालेर  पछाडि अन्तिम सिट नीर दुई डन्डीको बिच भुइँमा  बसे । यो बस्नको लागि थिएन तर उभिन सक्ने स्थिति झन कहाँ सोच्नु र ।  फेरि रोक्यो पाँच सात जना उक्लिए । संयोग मेरो छेउको सिटको मान्छेले मलाइ बस्न इशारा गर्दै झर्यो । अर्को मान्छे बस्नै लाग्दा मैले सिटमा झोला राखे र बस्न मात्रै के लागेथे बस अगाडि बढ्न खोज्यो । साधारण भन्दा अलिक बेस्सरी हल्लियो । म समाउने ठाउँ खोज्न लागे । मान्छेहरू कराउँदै यताउता तितरबितर भए  । बिस्तारै चलाउनुस बिस्तारै चलाउनुस , रोक्नुस रोक्नुस , मलाई झार्दिनुस यस्तै केके भन्न थाले । कोहि नानाभाती असामाजिक शब्दहरू बोल्दै गाली गर्न थाले । बस अनियंत्रित भएको दुई तीन मिनेट भैसकेको थियो  । हुत्तिएर सबै मान्छेहरु अगाडि तिर पुगे । म अर्को सिटको पछाडि ठोकिँन पुगे। कोहि बसेका कोहि बाङ्गिएका कतै एक माथि अर्को गरेर थुप्रीएका थिए । एक प्रकारको रमिता थियो होला तर अरुलाई के भएको छ हेर्न सक्ने अबस्था नै थिएन । डर यति थियो कि जुन शब्दले म बर्णन गर्न सक्दिन। बस साधारण भन्दा फरक बाटो लाग्दै थियो  । मान्छे झन्झन् कराउँदै थिए । डर लाग्यो भने आँखा चिम्म गरि ठुलो  आवाजले कराउनु भन्ने सुनेको थिए । आँखा चिम्म पारेर आमा....... भन्छु भनेको आवाज नै आएन । चिच्याउन खोजे घाँटी झन् अप्ठ्यारो भयो । कसैले थिछे जस्तो, अठ्याए जस्तो भयो । सास रोकिए जस्तै लाग्यो ।केहि बेरमै मर्दैछु जस्तो लाग्यो । मेरो हात र घाँटी तन्किएर अर्को दुइटा सिट पर पुगेछ । आत्तिएर झन बेस्सरी कराउन खोजेँ घाँटी किक्लिक किक्लिक भयो । एक्कासी कुनै ठाउमा जोड संग आबाज गर्दै रोकियो lअब बाच्नको लागि   झ्यालको सिसा फोडू भन्ने कहाँ बाट सोच आयो ,  कसो कसो बेस्सरी लात्तीले हाने ।  खुट्टा खुट्टा बेस्सरी  ठोक्किए छ । म बिउँझिए ।

खासमा छट्पटीन खोज्दा मेरो खुट्टाले भित्तामा रहेको दराजको ह्याण्डिलमा बेस्सरी ठोक्किएर बिउझेको रहेछु । यसरी मलाई करिब एक डेढ महिना अघि सपनामा  ऐठन भएको हो । त्यस ताका हप्तै पिच्छे जस्तो विविध कारणले कोरियामा नेपालीहरुको मृत्युको खबर आइ रहेको थियो । त्यस मध्ये सुतेकै ठाँउमा मृत्यु हुनेहरको संख्या  धेरै  थियो । आफ्नो दुख पहाड भन्छन् अरुको तराई ,गीतले भने जस्तै ऐठन त सबैलाई हुन्छ होला । सबैले भोगेको होला तर त्यो दिन मलाई आफ्नो भोगाइ  धेरै डरलाग्दो र भयानक  लाग्यो । साच्चै भन्दा बाच्नु ठुलो कुरा जस्तै लाग्यो । खेल खत्तम हुन त केही ठुलो दुर्घटना नचाहिने रहेछ भन्ने लाग्छ अझै । अहिले पनि साझ बिहान बस चढ्दा, झर्दा डर लाग्न छाडेको छैन । त्यो रात देखि मनोबैज्ञानिक हिसाबले अझै बलियो हुन सकेकै छैन । बस अलिक छिटो कुदायो भने ढुकढुकिको गति  हतारले चल्छ अझै ।

शुक्रबारको दिन थियो । साथी घर गएका कारण कम्पनीमा सधैँ भन्दा डेढ-दुई घण्टा काम बढेको थियो ।  कामको चापले  दिउँसो पानी उति पिएनछु । घर नपुग्दै निन्द्राले झपक्कै छोप्यो ।  धेरै थाकेकोले खाना बनाउने जागर पनि चलेन । फेसबुक चलाउदै सानो कप चाउचाउ तातो पानीमा भिजाएर खाए। शनिवार र आइतबार बिदा हुने भएकोले सुत्ने समयको ख्याल  नै भएन । अबेर  सुतेको थिए । सुतेर त्यस्तै एक डेढ घण्टामा नै ऐठन भएछ । बिउझेर तत्काल त मैले केही थाहा पाइन । कहाँ के गर्दै छु भेउ नै पाइन । विचारमा , तेस्तै पाँच सात मिनेटमा मेरो होस खुलेछ । काम्दै रहेछु। बत्ति बाल्नु पर्यो भन्दा हात खुट्टै चलेनन् । झन डर लाग्यो । हात काम्दै काम्दै यताउता मोबाइल छामे । लागेको थियो कि मेरो चेतन गै सक्यो । जब मोबाइल, बत्ती सम्झिदै छु भने केही भएको छैन भन्ने भयो । ऐठन त पहिला पनि भएको हो । तर यति धेरै डर, छट्पटी पहिलो पटक भयो । जति लेखेँ , यो भोगाइ जस्ताको तस्तै लेख्न नसक्नु मेरो कमजोरी हो ।  त्यस्तै  दस पन्ध्र मिनेटमा होला बत्ति बाले । उठेर ऐना हेरेँ । म त सुन्निएको पो रहेछु । झन डर लाग्यो । ह्या, होईन होला भ्रम होला , जस्तै लाग्यो । बाथरुम गएर अनुहार धुदा थाहा भयो मुखबाट ब्लड आएको रहेछ । सायद अघि बेस्सरी दात टोकेर छट्पटीए होला ।  फेरि ऐना हेरे स्पस्ट भएँ , हो रहेछ केहि सुन्निएको रहेछु । एक गिलास पानी खाए ।  फेसबुकमा स्टाटस राखे । छुटफुटका म्यासेजहरु हेर्दाहेर्दै स्टाटसमा प्रतिक्रियाहरु आउन थाले म त्यतै भुलिन थाले । म अझै काम्दै थिए l  नेपालमा साथिसंग पनि कुरा गरे । इनबक्समै  हङकङबाट माधव खतिवडाले डर भगाउने केही  र ऐठनबाट छुटकारा पाउने केही टिप्स दिनुभयो । नाइट ड्युटी गर्ने साथि भाईले म्यासेज गर्नु भयो । यतिकैमा बिहानको पाँच बज्यो । नुहाएर फेरि सुतेँ ।

त्यो घटना पछी हरेक दिन बिहान उठेर ओछ्यानमै केही मिनेट एक्सर्साइज गर्ने , दिउँसो सधै भन्दा बढी पानी पिउने , भावनात्मक हिसाबले बलियो हुने खालका लेखहरु पढ्ने , रमाइला फिल्महरु हेर्ने , खुलेर कुरा गर्ने, सकारात्मक सोच्ने , फेसबुकमा आएका नकारात्मक पोस्टहरु नहेर्ने/नसुन्ने , राती सुत्ने बेला हास्ने खालका केही भिडियोहरु हेर्ने , सुत्नु भन्दा केही मिनेटअघि पानी पिउने ताकी राती बेला बेला उठ्न परोस् ,जसले गर्दा आफ्नो र छेउमा भएको साथिको पनि अबस्था बुझ्न सकियोस् ।  सुत्दा झ्याल खोल्ने आदि गर्नथालेको छु । हामी सबैको सन्दर्भमा विशेष डिप्रेसनबाट बच्न सकारात्मक सोच नै काफी हुन्छ । नकारात्मक या आफुलाई मन नपर्ने कुरा पटक पटक नसम्झिने ।कसैले दुख दियो भने त्यसैलाई अघि बढ्ने उर्जाको रूपमा लिने । पारिवारिक समस्या भए पनि नजिकको साथी या आफू भन्दा ठुलोसंग सेयर गर्ने र सुझाव लिने । समस्या सबैलाई हुन्छ भन्ने कुरा नबिर्सने । चाहना र आवश्यकता सबैसँग हुन्छन् यी सकारात्मक कुरा हुन त्यसैले चाहना राख्ने ,आवस्यकता  बिस्तारै पुर्ती हुन्छन् भनेर सोच्ने तर धेरै महत्वाकांक्षी नहुने । समस्या पर्यो भन्दैमा , आवश्यकता, चाहना पूरा भएनन् भन्दैमा आत्महत्या गर्ने हो भने आज संसारका एकसे एक मान्छे जिउदा रहन्थेनन् । त्यसैले आत्महत्या समस्याको समाधान होइन झन् बिकराल सामाजिक समस्या हो । सामाजिक कार्यक्रममा भाग लिने । साथीहरूसंग घुलमिल हुने । समस्या भए खुलेर भन्ने । खानपानमा ध्यान दिने । बिदेसमा प्रायले पाउने स्वतन्त्रतालाई अत्याधिक रक्सिसेबन मा प्रयोग गरेको पनि पाइन्छ । यसलाई बिस्तारै केही नियन्त्रण गर्दै जाने । एक्लै बसेर अल्कोहल कदापि नलिने । मासु हामी प्राय सबैजना जसो खान्छै नै , मासुजन्य खानेकुराको मात्रा कम गर्ने । अब त गर्मी धेरै भै सक्यो । पानीको मात्रा धेरै भएका फलफुल हरु खाने , पानी धेरै पिउने । सबैलाई भलो हुने एउटै कुरा सकारात्मक सोच्ने ।


 सोचौं  त त्यो दिन म मरेको भए ! फेसबुकमा केही समबेदनाका स्टाटस लेखिन्थे र एउटा काठको बाकस आमाको अगाडि झारिन्थ्यो  होला । खोक्दा खोक्दै दोहोरो सास रोकिने बुबा र मनभरी सन्ताप बोकेर पनि हाम्रै लागि हासिदिने बुढी आमाको मनमा चुक मिसिएर आँखाबाट बिना पानीको बाढी आउथ्यो होला । अरुको मृत्युमा झै  विभिन्न टीका टिप्पणी हुन्थे होलान् । सबैभन्दा बढी सामाजिक संजालमा सरकारले गाली खान्थ्यो होला । यस्तो हुँदा सरकारले के गर्न सक्थ्यो र मलाई ? बिदेशमा जुनसुकै कारणले असामयिक मृत्युसँग सरकारले यसो गरेन उसो गरेन भनिएको हुन्छ । भलै सचेतनाका कार्यक्रम ल्याउथ्यो भने बिचरा उसैलाई सचेतना दिन सक्ने ज्ञान बुद्दी भएका कुरा गर्छौ हामी । राम्रो कुरामा ध्यान दिदैनौँ ।अर्कालाई होच्याउने, घोचपेट गर्ने खालका स्टाटस अपडेट गर्छौं फेसबुकमा । प्रतिक्रिया झन उस्तै बाठो र चलाख बनेर के के लेख्छौँ । धेरैजसो त दुईजना बसेर पढ्नै नमिल्ने सम्म हुन्छन् । हामी कति अरुलाई दोस दिने ? आफु पनि सचेत बन्यो भने अरुको भर उति पर्नु नपर्ला ।  यो राजनीति दलले यसो गर्यो ,अर्कोले गरेन भनेर एकार्कोमा दोषारोपण  गर्नु  पर्दैन थियो कि? जब बिरामीले माड खाइदिदैन भने कुरुवाको केही लाग्दैन , आफ्नो लागि सके सम्म आफैले गर्नु पर्ने होइन र ? लापरबाही आफ्नो अर्कालाई किन दोष दिने ? गर्दैन भने पछि किन उसैको आस गर्ने ?आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्न सक्ने मान्छे आत्मिक रूपमा किन आत्मनिर्भर बन्न नसक्ने??संसार जित्छु भन्ने मान्छे आफैलाइ किन जित्न नसक्ने???

प्रकाशित मिति : २०७४ असार ३० (July 14, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal