LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम ‍औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।
देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा वार्षिक अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन नसकेको राष्ट्र ब्यांकले बताएको छ।
सकिन लागेको यो आर्थिक वर्षको दश महिनामा साढे पाँच खर्ब रुपियाँभन्दा धेरै विप्रेषण आम्दानी भएको राष्ट्र ब्यांकको पछिल्लो आँकडाले देखाउँछ।
यही कारण वैदेशिक रोजगारले देशको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटिसकेको छ।
टड्कारो
तर सबै विप्रेषण आम्दानी ब्यांकिंग माध्यमबाट आउन सकेको छैन।खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक, भारत अनि दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन्।
हुण्डी फस्टाएको सबभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया बनेको छ।
त्यहाँबाट वार्षिक करिब ६० अर्ब रुपियाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र ब्यांकिंग प्रणालीबाट भित्रिने गरेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताएका छन्।
दक्षिण कोरिया जस्तै अन्य मुलुकबाट पनि यसरी हुने हुण्डी कारोबारले विदेशी मुद्रा आयमा वार्षिक अर्बौंको नोक्सानी पुर्याइरहेकोले यसलाई सम्बोधन गर्न सरकारलाई उत्प्रेरक नीति अपनाउन समितिले निर्देशन दिएको ज्वालाले बताए।
"विनिमय दरमा छूट दिएर तथा सेवा शुल्क घटाएर वा हटाएर हुण्डीमार्फत हुने कारोबारलाई ब्यांकिंग माध्यममा ल्याउन हामीले निर्देशन दिएका छौं," उनले भने।
के हो हुण्डी?
निश्चित सेवा शुल्क तिरेर ब्यांक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ।यसो गर्दा विदेशी मुद्रा भित्रिंदैन।आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण मानिन्छ। त्यसमाथि कतिपय अवस्थामा त हुण्डी कारोबारमा शुरुशुरुमा लोभ्याएर पछि ठगी भएका समेत घटना छन्।

बिबिसी

प्रकाशित मिति : २०७४ असार ३० (July 14, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• पुर्व राष्ट्रपति माथि जेल भित्र दुव्र्यवहार भएको आरोपको कोरिया सरकारद्धारा खण्डन

• दुइ कोरिया बीच तनाब बढ्दै गर्दा ट्रम्प ले दक्षिण कोरियाको भ्रमण गर्ने

• कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

• कोरिया प्रश्नैपश्न

• कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढि

• कोरियन भाषा वक्तृत्व कला प्रतियोगितामा इपिएस मार्फत आएका एक नेपाली प्रथम

• एनआरएनए अध्यक्षमा भट्ट विजयी, एशिया प्रशान्त क्षेत्र उप–संयोजकमा कोरियाबाट दुइ जना निर्वाचित

• तिमी विनाको यो तिहार मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

• कोरियाली प्रायद्धिपमा तनाबः उत्तर कोरिया विरुद्ध दक्षिण र अमेरिकाले शुरु गरे नौसैनिक अभ्यास

• कोरियामा भ्रष्टाचारले डामेकालाई पार्टी पनि नछोड्ने भो, जेलमा रहेकी पुर्व राष्ट्रपतिलाई पार्टीको सदस्यबाट पनि हटाउने तयारी

• कोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो

• अब फेरि पनि कोरिया आईन्छ र ?

• वाम एकताका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र

• वेरोजगार विदेशीलाई लक्षित गर्दै सोल प्रशासनद्धारा एक दिने रोजगार मेलाको आयोजना

• कोरियामा काम छोडेर बसेका एक नेपाली अकस्मात् बेहोश भएर अस्पताल भर्ना, आर्थिक सहयोगको अपिल

• नेपकोर नाइट कन्सर्टको तयारी तिब्र, चर्चित रक स्टारहरु कोरिया आउन आतुर

• क्षेप्यास्त्र परिक्षण गरेर विश्वलाई आतंकित पार्ने उत्तर कोरियाली नेता किम किन गर्दैनन् विदेश भ्रमण?

• उत्तर कोरिया र अमेरिकाबीचको चल्लाखेलले कोरियाली प्रायद्धिपमा तनाब बढायो, अमेरिकी वमवर्षक विमान उत्तर तर्फ

• कोरियाबाट दशैं डायरी

• कोरियाको रेडलाइट क्षेत्रकी पेसेवर युवतीसँगको प्रेम

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिरकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal