सास फेर्न जस्तो सजीलो अरु केही हुन्न क्यारे , भर्खरै जन्मेको बालकले पनी कती सजीलै फेरीरहेको हुन्छ सास , निदाएको मानीसले पनी कती सजीलै फेरीरहेको हुन्छ सास , पौडदै गरेका माछाले उड्दै गरेको चराले ,फुलले पातले पनी कती सजीलै फेरीरहेका हुन्छन् । थाहै नपाइ चलेजस्तै हावा पाए जस्तै जीवन थाहै नपाइ फेरीदोरहीछ सास ,सास फेर्न जस्तो अप्ठ्यारो पनी अरु केही हुदैन क्यारे जिन्दगीको दौड जित्न दौडीदा दौडीदै मान्छे सानो भन्दा सानो तारगंले जीन्दगीको खेलमैदानमा फेर्न सक्दैन सास , गाउदै गाउदै , नाच्दा नाच्दै , हिड्दा हिड्दै , दुनीयालाइ जित्दा जित्दै संसारको सबैभन्दा शक्तीशाली मान्छेलेनै फेर्दा फेर्दै फेर्न सक्दैन सास , सास फेराइको लामो अनुभवले पनी धोका दिन्छ सबै भन्दा सजीलो नै सबै भन्दा गार्हो भइदिन्छ
लाहुरे बा की एकमात्र कान्छी छोरी म आमा को गर्भ देखीनै गमलाला रोपेको फुल जस्तै हुर्के बढे दुख केहो कहिल्यै अनुभव गर्न पाएकी थिइन वरपरका साथीसंगीहरुले पनी डाह गर्ने बाल्यकाल बिताएकी थिए ।म पढाइमा सार्है तेज कहिल्यै दोस्रो हुनु परेन अन्तत बि ए पास गरे अर्थशास्त्रमा कलेज पढ्दै गर्दा बिध्धार्थी राजनिती लगायत थुप्रै सामाजीक कामहरु गरीसकेकी थिए ।छोरी ठुलीभै भनेर घरमा बा आमा बिहेको कुरा गर्नु हुन्थ्यो तर मलाइ पटक्कै मन थिएन एक त म कसैको मायाजालमा परेकी थिए अर्को म स्वालम्बी बन्न चाहन्थे ।
भनिन्छ इच्छाशक्ती नै सबै भन्दा बलवाल शक्ती हो , ममा कोरीया जाने अनी टेलीभीजनमा देखीए जस्तै कोरीयन फेसन र ठुला ठुला गगनचुम्बी भवनमा बसेर जागीर खाने रहर जाग्यो अन्तत भाषा पढे सबै प्रकृया पूरा गरी कोरीया जाने भए ,कोरीया जाने खुशीले एकमहीना अगाडी देखी पाटी र सपीगं गरीरहेकी थिए ,खुशी थिए र साथीभाइहरुपनी ओहो कती भाग्यमानी भनेर प्रसंसा गर्थे साथसाथै गए पछी गिफ्टहरुको डिमाण्ड पनी गरीरहेका हुन्थे ।
कोरीयामा आएको तिन दिन तालीम सकीएपछी अन्तीम दिन चिल्लो कालो कारमा साहु साहुनी लिन आए ,९०डिग्री झुकेर नमस्कार गरीयो अनी साहुको गाडी चढेर लगभग २ घण्टा यात्रा गरेपछी पलाष्टिकले बारेको लामा लामा घर हरु आखाले देख्न सकिन् सम्म हेर्दै अत्यास लाग्ने ठाउ मेरा सपनाका जस्ता ठुला ठुला गगनचुम्बी भवन थिएनन् त्यहा कुनामा कालो त्रीपालले ढाकेको सानो आल्मुनीयम को घर र अली पर खाल्डो खनेर बनाइएको चर्पी ,बुझ्दै जादा हामी बस्ने ठाउ र काम गर्ने ठाउ रैछ , बिहान छ बजे देखी बेलुका ६ बजे सम्म काम गर्नु पर्ने । मेरो मन र दिमागले केही काम गरेन , घरमा फोन गरौ मोबाइल छैन , के खाने केही थाहा छैन , जता हेरे पनी फिनेल हाउस मात्र देखीन्छ , कुकुर भुकेरो आवाज बाहेक अरु केही आउदैन , त्यो रात नेपालबाट ललयाएको वाइवाइ चाउचाउ खायौ र सुत्यौ भोली ६ बजे ड्युटी जानु थियो ,दिन बित्दै गयो म आफुलाइ सेन्स बिनाको मान्छे पुत्ला जस्तै न केही सोच्न सक्ने न बोल्न सक्ने ।
प्रत्येक बसन्त रितुले धर्ती सग सम्झौता गरेर जीवनको नया रंग भर्छ तर ममा उत्साहको रंग पोतीएको थिएन ,उमंगको पखेटा पलाएका थिएनन् , दन्दको सिदान्त संसारको जुनसुकै बस्तुमा पनी लागुहुन्छ ,मेरो जिन्दगीमा पनी लागु नहुने कुरै थिएन जसमा आसु पिडा , चुनौती , संघर्ष सबैथोक थियो एक प्रकारले जिन्दगीका सबै रंग म सग थिए अभाव थियो भने हासो खुशीको । मेरो मन र दिमागले सोच्न थाल्यो अब मेरो जिन्दगी यिनै आल्मुनीयमले बारेको चार कोठा र पलाष्टीकले बारेको चार कोठामै जानेभो , त्यत्रो बि ए पास गरेकी म ति मेरो सर्टीफिकेट त्यत्तीकै कागज जस्तै हुने भए , मेरा साथी भाइ , मेरो समाज ,मेरो भाषा , मेरो देशले बिर्सने भयो । नखाउ दिनभरीको सिकार खाउ कान्छा बाको अनुहार भने जस्तै भो कोरीया मेरो लागी ,नेपाल फर्केर जाने साहस आएन , त्यत्रो भब्य पाटी गिएर आएकी म दुख पाएर फर्केर जान मेरो अभिमानले दिएन भने अर्को तिर सात जन्म मर्ने र मार्ने कसम खाएको मेरो प्रेमी भनाउदोले पनी अन्तै घरजम गरीसकेको थियो ।
बिच आकशमा पाग्रा फुस्केको रथ जस्तो लाग्न थाल्यो मलाइ यो संसारमा बाच्नै मन लागेन अन्तत आत्महत्या गर्ने निर्णय गरे , एक महीना लगाएर ३० वटा स्लीपिगं ट्यापलेट जम्मा गरे एक दिन राती सुसाइट नोट लेखेर ब्यागमा राखेर सबै ट्याबलेट खाएर सुते .....
खै त्यती बेला मृत्युले पनी पत्यएनछ कि क्या हो ? अथवा भगवानले अझ तैले धेरै गर्नु छ भनेर मलाइ नलगेको हुन् की? दिनभरी मेरो मनले कुरा गरीरह्यो म हिजो मरेको भए म सगै यी सागहरु मर्ने थिएनन् , हावा वहन छोड्ने थिएन , खोला बग्न रोकिन् थिएन केबल रोकिन्थ्यो त मेरो जिन्दगी मात्र । आज म मरेको भए समाचार र फेसबुकका भित्ताभरी मेरा फोटा हुन्थेहोला कसैले बिचरा भन्थे होला कसैले कायर भन्थे होला । ९ महीना पेटमा पालेर प्रसव पिडालाइ जितेर मलाइ जन्माएकी मेरी आमाको काख रित्तो हुने थियो होला , सन्तानको सुखको लागी हरेक दुख पिडी भुलेर मुस्कुराउने मेरा बाबा को आखामा आसुको भेल बग्ने थियो होला अनेकन प्रश्नले मलाइ मेरो निर्णयदेखी पश्चताप भइरह्यो ।
हो मैले सिकेको शिक्षाले मलाइ परीश्रम गर्न सिकाएन , मेरो बाल्यकालको स्कुलिगं ले काम गरेर खानु पर्छ भन्ने सिकाएन , मलाइ लाग्छ आजकल मानीस जन्मने बित्तीकै रोएरै जन्मीन्छ अनी मर्दापनी रोएरै मर्छ तर जिन्दगीमा रगं भर्नेकाम आफैले गर्नु पर्छ , जीवन संघर्ष हो आमाको पेटबाट यो धर्तीमा जन्म लिदा पनी कती संघर्ष गर्नु पर्यो होला , जीवन देखी हार खाएर हैन जीवन जिएर देखाउनु पर्छ । यमराज तिमीले त्यो समयमा मलाइ मृत्यु दिएको भए म जिन्दगीका यी रंगहरु चिन्न सक्ने थिइन , जहा जीवन छ त्यहा बाच्ने कला हुन्छ ।
• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा
• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता
• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट
• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने
• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित
• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ
• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने
• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह
• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव
• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर
• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु
• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना
• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |