LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा

विकास श्रेष्ठ


दक्षिण कोरिया सरकारबाट अनुमति पाए लगत्तै रेमिट्यान्स सेवा आरम्भ गरिरहेको जिएमआई रेमिट्यान्सले भोलिबाट औपचारिकरुपमा आफ्नो सेवा सन्चालन गर्ने भएको छ । कोरियाको पहिलो रेमिट कम्पनी समेत रहेको जिएमईको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको जिएमइले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपालबाट ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रकास ढकाल, आइएमई गु्रपका प्रमुख कार्यकारी अधिकृत हेमराज ढकाल, सहितका पदाधिकारी र नेपाल राष्ट्र बैंकका अन्य अधिकारी पनि कोरिया आइसक्नु भएको छ । कोरियन र नेपालीको साझेदारमा खोलिएको जिएमआईको कोरियाको राजधानी सउलस्थित दोङ्देमूनमा मुख्यालय रहेको छ भने फारान शहरमा साखा विस्तार गरेको छ भने कोरियाका अन्य शहरमा पनि साखा विस्तार गर्ने तयारीमा रहेको छ । गर्भनर नेपालले भोली दोङदेमुनमा रहेको जिएमआइमा रिबन काट्ने कार्यक्रम रहेको छ भने होटल स्काईपार्क किङ्गस्टनमा आयोजित उद्घाटन समारोहमा कम्पनीको समुद्घाटन कार्यक्रम रहेको  छ ।

कोरिया सरकारले झण्डै केहि महिना अघि मात्र रेमिट्यान्स कम्पनी मार्फत रेमिट सेवा सञ्चालन गर्न अनुमति दिएको थियो । सञ्चालन अनुमतिका लागि तीस भन्दा बढि कम्पनीले आवेदन दिएकोमा मापदण्ड पुरा गरेका जिएमई लगायत आठ वटा कम्पनीले सञ्चालनका लागि अनुमति पाएका छन् । यद्यपी अनुमति पाएका आठ मध्ये सवैभन्दा पहिला सेवा सञ्चालन गर्ने जिएमइ पहिलो रेमिट्यान्स कम्पनी हो । नेपालका विभिन्न रेमिट्यान्स कम्पनी र बैंकसँग कारोबारका लागि सम्झौता गरिसकेको जिएमई मार्फत नेपालका कुनै पनि स्थान रकम रेमिट्यान्स गर्न सकिन्छ । झण्डै छ हजार साखा रहेको आइएमई लगायत रेमिट्यान्स कम्पनीमा कोरियाबाट सहजै रकम पठाउन सकिन्छ भने नेपालका बैंकमा यहाँबाट पठाएको रकम चौबिस घण्टा भित्र डिपोजिट गर्न सकिन्छ । सस्तो, सरल, सहज र आफुले चाहेको स्थानमा पैसा पठाउन सकिन्छ । जिएमई साखामा आफ्नो एलाइन कार्ड र कोरियामा खोलिएको कुनै पनि बैंक खाताको पासबुकको फोटोकपी अर्थात फोटो लगेर खाता खोलेमा मोबाइलबाट नेपाल पैसा पठाउन सकिने कम्पनीले बताएको छ ।

बैधानिक च्यानलबाट सहज, सरल, कम शुल्क, छिटो छरितो तरिकाले नेपाल पैसा पठाउने लक्ष्य लिएर अगाडि बढेको जिएमईले हुण्डी कारोबार केहि समय पछि निरुत्साहित हुने आशा पनि लिएको छ । कोरियाबाट झण्डै नब्बे प्रतिशत अर्थात मासिक अनुमानित छ अर्ब रुपैया हुण्डी मार्फत नेपाल पैसा भित्रिने गरेको अुनमान गरिएको छ । हुण्डीलाई सहज र सस्तो रुपमा नेपाली कामदारले लिने गरेको भएपनि जोखिम भने त्यत्तिकै रहेको छ । कोरियाको पहिलो रेमिट्यान्स जिएमईले सेवा शुरु गरेपछि हुण्डी कारोबार घट्ने अनुमान धेरैको छ ।


प्रकाशित मिति : २०७४ कार्तिक १८ (November 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा आज भारी हिमपात, दुइ साता जाडो अत्याधिक हुने भविष्यवाणी

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal