LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा काम खोज्दै बरालिदा

बिमल सिटौला

मौसमि खैलाबैलाले किनबेचको बजार ठप्पै देखिदैन।जताततै लेनदेनको कारोबार उँचो छ।अचानक कारिन्दाहरुबिचमा टकराव चुलिन्छ।सबै आफुलाई कामकारबाहिमा काबिल ठान्छन।कुनै न कुनै कारणले काम अपक्रमण भई नबिन कामप्रति ऊनिहरु कामयाबि हुदै याचित गर्छन।फेरि अर्कोतिर मुख्यमुख्य केन्द्रहरुमा तल्लिन देखिन्छन धर्मगुरुहरु।मानौ ऊनिहरु आफुलाई पृथ्विलोकका अतिउतम धार्मिक दार्शनिकजस्तै भन्न रुचाँऊछन।हरेकको आ-आफ्नो कायदा हुन्छ।यहाँ ऊखानै छ नि,केहि पाऊनलाई केहि गुमाऊनै पर्छ।फेरि केहि दिएपछि पनि केहि लिनलाई कायल हुनुपर्छ।यति नै खेर कामबिहिनलाई प्रथमत बसेराको खाचो छ।लेनदेन दोहोर हुन्छ।चाहे दाजुभाईमै किन नहोस।जताततै शरद र बसन्त रितुको तालमेलले काम भन्दा प्यारा बृक्ष,बुट्यान र पल्लव लाग्दछन।सुकेर खण्डहर सरहका रुखहरु एकाएक राता र पहेला देख्दा त यस्तो लाग्छ प्रकृतिले म जस्ता मनुवाको मनोभावना बुझेँकी छिन।साच्चै भन्नु पर्दा खल्तिमा हतियार बोकेर प्रदुषित कारखान यता र ऊता डुलिरहन मनै छैन मलाई।बरु एकटकमा पहेल्मपुर बृक्षहरुसंग रमाऊदै र बात गर्दै भरदिन बरालिरहन मन लाग्छ।फेरि समयचक्र तिर आँखा लगाउछु।ऊता समयले त निकै नेटो काटिसकेको हुन्छ।त्यसपछि म छिटोछिटो लम्कन्छु दौडेजस्तै गरि।
       अलिपर अगुवासंग दोबाटोमा अचानक भेट हुन्छ।म हास्दै सोध्छु ,"जागिर मिल्यो हजुरको?"वहाँ मौन बसिदिनुहुन्छ।मलाई वहाँको काम फत्ते नभएको प्रतित हुन्छ।म पुन सरासर आफ्नै बाटो लाग्छु।मलाई भन्न पनि लाज लाग्छ।अगुवा त एक ऊदाहरण पात्र मात्र हुन।यहाँ भगुवा,डगुवा,हगुवा,लठुवा,ठगुवा र मगुवा अनि मनुवाको पनि प्राँय ऊहि फेहरिस्ता पटकपटक दोहोरिन्छ।सबैको कथा प्राय एउटै छ।सुस्तरि सबैलाई समयले घचेटिरहेछ किनारबाट मझँधारमा।अब छिटोछिटो किनारतिर एकैचोटि हामफाल्ने यत्न गर्नु छ।नत्र भंगालोमा परिन्छ भन्ने त्रास ब्याप्त छ ।असरल्ल छरिएका अमाद रफदलाई सम्हाल्दै फेरि पनि थाकेर म नक्तमा गिर्जाघर पुग्छु।सखारैका सबै नक्कुहरु दिनभर तलास गरि नख्खुमा म नपुग्दै भेला भएका भेटिन्छन।एक कुनोमा टुसुक्क बसि एकचोटि सबैको चेहरालाई नियाल्दछु।कतै नाखुश पाऊछु।कतै आतुश पाऊछु।कतै उकुश र मुकुश।दिनभरि कतै टहलिएर साझँमा ऊहापोहमा तल्लिन छन सबै।शायद रेगिस्थानमा सबैलाई ईप्सित जिन्दगि जीऊनु छ क्यार!
     कथाहरु एऊटै छन तर ऊस्तै छैनन।ऊस्तै पनि छन तर दुरुस्तै छैनन ।कसकोबाट शुरु गरुँ म?नफरतले नत भएको बाट कि नवाफिबाट ?भएजति सबैको नागबेलि कोट्याउने चेष्टा पनि गरेको छैन मैले।कहिलेकाहि लहरो तान्दै गर्दा पहरो पनि हल्लिन्छ भनेर।फेरि आलो घाऊलाई सुक्न पनि दिनुपर्छ ।वस् यति भन्छु म,"प्रवाशमा पिडक र पिडित दुबै प्रतिबेशी हुन।"मनमनै पिडितहरुले एकोहोरो कटाक्ष गर्छन।मलाई तेजस्वि बनेर तसल्ल गरिहाल्न पनि निको लाग्दैन।किनकि आजभोलि ताईँ लगाएको मनासिब ठानिदैन।ताइँफाइँ र फाइँफुइँले बर्खिलाफ बनाऊछ।यस्ता हर्कतले रेगिस्थानि जिन्दगि अझँ पिढाँप्रद हुन्छ।प्रदहरु कामदारलाई सस्तैमा समेट्न खोज्छन।कामदारहरु दातालाई अड्को थाप्छन।दाताहरु फेरि बेफिक्रि बनिदिन्छन।मोटाई सानो लाग्छ कसैलाई।कसैलाई फलामे ढोकाजस्तै लाग्छ ।कसैलाई गाफिल मन पर्दैन ।कसैलाई कोष्ठ गतिलो लाग्दैन।कसैलाई प्रतिबेशिहरुको काचो कचिलो पण्डित्याई र बेहोरले दुर बनाऊछ।एऊटा जान्छ त्यहाँबाट नकारिएर।केहि दिनमै अर्को आऊछ र फेरि मजलिसमा पुगि मुखापेक्षा गर्छ ।श्रींखला चलिरहन्छ ।जे होस सबैलाई रगेडा छ कर्मको।अलि बिक्पटु छिटै सुईको पाऊछ र कामलाई तमामि गर्छ।सुस्तहरु बिस्तारै तारसुर गर्छन।अत: नब्बे दिन गुजार्न सबैलाई सकसपुर्ण हुन्छ।
       हरेक दिन गिर्जाघरमा नयाँ नयाँ लगौटियाहरु लगेज तान्दै भित्रिन्छन।सबैसंग मुलाकात हुन्छ।कारणहरुको खोजतलास हुन्छ।कामकारवाहि प्रतिको चनाखोपन झँन बढेर जान्छ।सबैजना तनाखाको तलासमा ऊभिएकाले समस्या साझाँ भैदिन्छ।कहिलेकाहि नव आगन्तुकहरु आईपुग्ने बित्तिकै छक्क पर्छन र ऊहि अगुवाऊपर प्रश्न गर्छन ,बरा बबुरोले सोझै बताउछ ,"दश दिन मात्र बाकि छ हजुर "।आगन्तुकहरु मतिर हेर्दै खुई गर्छन।मलाई अपलक भई बस्न जाति लाग्दैन ।त्यतिखैरै झट्टै म बाहिर निस्कन्छु।यहाँ कामै नपाईने पनि होईन ।फालाफाल पाईन्छ।अनि किन नगरेको?चित्त बुझ्दैन ।दुई दर्जन काम पाऊदा पनि चित्त नबुझ्ने?कस्तो चित्त छ ?म अबाक हुन्छु ।म पथिक पनि होईन ।यहाँ त म कर्मि भएर आएको हुँ।शायद फिरन्ते भएको भए मोक्षकहरुसंग मजबुरिको भिख माग्ने थिईन होला ।अपेक्षा गरेभन्दा बढिनै पाएको छु ।कत्रो भाग खोज्नु हँ मैले?भागको सवाल होईन कामको सवाल।फेरि अर्को बेतालमा सिगौरि खेल्छ।मलाई पनि झँवाक चल्छ,कोरियामा तपाईले सजिलो काम खोज्या हो?कुर्सिमा बसेर गर्ने काम खोज्या हो ?देश फिर्ति हुनुहोस महाँशय ।म थप्दै जान्छु ,नंग्रा खियाउन सिक्नुहोस।पिढाँमा कमाएको एश्वर्यले मात्र कालान्तरमा आन्नन्द दिन्छ।सजिलो होईन गार्हो काम गर्नुहोस।खोल्सामा हैन सागरमा पैडि खेल्नुहोस ।भरपुर सन्तुष्टि मिल्छ ।सरल र सहज काम त दुनियाले चाहान्छन।सजिलो बाटोमा हेर्नुहोस त मानिसको हुल।तबमात्र ऊ चुपचाप र शान्त हुन्छ।म आफ्नो बाटो लाग्छु ।
       आश्चर्य लाग्छ मानिसको मनदेखि।खालि भुक्तता मात्र चाहान्छ।खालि नाफाखोरभित्र मात्र मुन्टिन्छ।कहिल्यै मुद नहुने मानिसको मन कति र केमा मुदित हुन्छ नाप्न मन लाग्छ।साच्चै आजसम्म सन्तुष्टिको लम्बाई नाप्ने यन्त्र बनेको छैन है? मेरो अगुवाले मुख्य हतियारमा असि दिन बितिसक्दा पनि लाहाँ छाप लगाऊन सक्नु भएको छैन।आखिरमा कस्तो कर्मको खोजिमा भौतारिरहनुभाछ छ असि दिनदेखि ?लौन मलाई यसको सटिक जवाफ चाहिएको छ।कोरिया आऊनुपुर्व कति आकलेर आउनुभाथ्यो र यहाँ आएर कति रोज्दै र खोज्दैहुनुहुन्छ ?यदि उपसागरमा जस्तै कार्यकालभरि एऊटैमा घोटिनुपर्ने प्रावधान भएको भए के गर्नुहुन्थ्यो अगुवा हजुर?मलाई रोगि लाग्छ यस्ता मानिसहरु।कहिल्यै सन्तुष्ट हुन नखोज्ने मानिहरु ,कमाएर कहिल्यै पुग्यो र भयो नभन्ने मानिसहरु।हरेक कुराहरुमा पटाक्षेप गर्छ।हरेक कुराहरुमा असन्तोष गर्छ।सधै खेद गर्छन।मृत्युपर्यन्तसम्मै गरिरहन्छन ।

प्रकाशित मिति : २०७४ कार्तिक २९ (November 15, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा आज भारी हिमपात, दुइ साता जाडो अत्याधिक हुने भविष्यवाणी

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal