LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवको सीप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो ।

त्यसका लागि अहिले ललितपुरको भैँसेपाटीमा नेपाल सरकारले ‘सिभीटी बिल्डिङ’ निर्माण गर्न लागेको छ । यो भवन नबनेसम्म सीप र कम्प्युटरमा आधारित भाषा परीक्षा गर्न नसकिने भएकाले नेपाल सरकारले सन् २०२० बाट मात्रै कोरियाको प्रस्तावअनुसार नयाँ परीक्षा प्रणाली लागु गर्न सकिने बताएको छ ।

यो भवनको शिलान्यास आउँदो साउन २५ गते गर्ने र भदौबाट निर्माण थाल्ने तयारी छ । ६ तलको यो भवन झण्डै ११ करोड रुपैयाँको लागतमा नेपाल सरकार आफैंले बनाउनेछ । भवनका प्रत्येक तलामा कोरियाले ३५÷३५ वटा कम्प्यटर राख्नेछ । सीपमा आधारित परीक्षा सुरु भएपछि यही सीभीटी हलमा नेपाली युवाले जाँच दिनेछन् । यो भवन वि। सं। २०७६ को भदौसम्म तयार गरिसक्ने लक्ष्य छ । त्यसमा फर्निसिङ र प्राविधिक तयारी गर्न थप ६ महिना लाग्ने भएकाले सन् २०१९ बाटै सीपमा आधारित परीक्षा गर्न गाह्रो पर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका एक अधिकारी प्राविधिक रुपमा २०१९ बाट सीप जाँचेर कोरिया पठाउन गाह्रो भएको स्वीकार्छन् ।

कोरियाले नयाँ प्रणाली लागू भएपछि भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि परीक्षण गर्नेछ । भाषामा पास भएकाहरुले कोरिया जान अन्तवार्ता पनि अनिवार्य उत्तीर्ण गर्नुपर्ने छ ।

कोरियाको मानव संशाधन विभागले अब कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको छ ।

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब उसले दाबी गरेको सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

अहिलेसम्मको तयारीअनुसार सन् २०२० देखि ईपीएसमा कागजी परीक्षा प्रणालीसमेत हट्नेछ । पूर्ण रुपमा कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर चलाउन जानेकाहरुले मात्रै दिन सक्छन् । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

काठमाडौं । ईपीएस प्रणाली मार्फत वैदेशिक रोजगारीमा जाने दक्षिण कोरीयामा स्वदेशी तथा आप्रवासी कामदारहरुले बृद्धि भएको तलब पाउने भएका छन् । कोरिया सरकारले तलब वृद्धिपछि साना कम्पनीलाई आर्थिक भार पर्ने भन्दै २.७ बिलियन डलरको अनुदान दिएपछि कामदारहरुले बढेको तलब पाउने सुनिश्चित भएको मजदुर यूनियनहरुले बताएका छन् ।

कोरिया सरकारले आगामी सन् २०१८ का लागि गत जुलाईमा कामदार तलब १६.४५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियोे । त्यसपछि साना तथा मझौला कम्पनी मारमा पर्ने भन्दै रोजगारदाता अर्थात कम्पनीले विरोध जनाएका थिए । नेपालबाट जाने कामदार यस्तै साना तथा मझौला उद्योगमा काम गरिरहेका छन् ।

कोरिया सरकारले आगामी २०२० सम्म कामदारको तलब प्रति घण्टा १० हजार वोन पु¥याउने प्रतिबद्वता व्यक्त गरेको छ । घोषणा गरेको अनुदान रकम ३० जना भन्दा कम कामदार रहेका कम्पनीलाई मात्र दिइने रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ । जस अनुसार प्रतिकामदार एक लाख तीस हजार वोन अनुदान कम्पनीले पाउने छन् । अनुदान पछि साना कम्पनीलाई आर्थिक भार कम हुने विश्वास मन्त्रालयले लिएको छ ।

आगामी जनवरीबाट लागू हुने १६.४ प्रतिशत तलब वृद्धिले त्यहाँ कार्यरत स्वदेशी र विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुने छन् । जस अनुसार कामदारले प्रतिघण्टा ७ हजार ५ सय ३० वोन र मासिक न्युनतम १५ लाख ७० हजार वोन तलब पाउनेछन् । तर तलब वृद्धि पछि खाद्यान्न लगायतमा मूल्य वृद्धि हुने र कम्पनीले आवास र खानाको पनि शुल्क वृद्धि गर्न सक्ने डरले कामदार भने त्रसित देखिएका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २८ (December 14, 2017)

प्रतिक्रियाहरु


suvaraj rai wrote on 21 December, 2017
sir yo sal. nepal. ko lag. kati jasto kota aauxa hola,
bibas pun wrote on 04 January, 2018
sir maile yo korea ma naya niyem lagu vako xa re vanne sune ko xu k yo sacho horw sir

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• नेपाली युवाको कोरिया क्रेज

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal