LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोला

विकास श्रेष्ठ, सोल

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले सन् दुइ हजार अठार भित्र सिबिटी परिक्षा सुचारु गर्न कोरियाको एचआरडि पोजिटिभ रहेकोे बताउनु भएको छ । बढ्दो ओभरस्टे अर्थात अवैधानिक रोक्न पुनः प्रवेश सिबिटी परिक्षालाई निरन्तरता दिनु बाहेक विकल्प नभएकोले परिक्षा हुनेमा आफु ढुक्क रहेको पनि उहाँले बताउनु भएको छ । सिबिटी परिक्षा सञ्चालनका लागि नेपाली दुतावासले पनि यहाँका निकायसँग कुराकानी गरिरहेको पनि सहचारी बास्तोलाले बताउनु भयो । पहिलो चार वर्ष दश महिना कार्यवधी सकेपछि पुनः प्रवेशका लागि लिइने सिबिटी परिक्षा सन् दुइ हजार सत्रमा स्थगित हुदाँ अहिले नेपाली कामदार ओभरस्टे बस्ने सम्भावना बढेको छ । जसका कारण आगामी वर्षका लागि कोटा वृद्धिमा पनि असर पर्ने देखिएको छ । संभावित ओभरस्टेको वृद्धिलाई रोक्न सिविटी परिक्षा तत्काल् सञ्चालन गर्न एचआरडी सकरात्मक भएको जानकारी पाएको बास्तोलाले बताउनुभएको छ ।

श्रम सहचारी रिक्त भएको ८महिना पछि पदभार कोरिया आएपछि हेल्लोनेपाल कोरिया डट कमसँगको प्रत्यक्ष कुराकानीमा सहचारी बास्तोलाले आफु चार वटा एजेण्डाका साथ अगाडि बढ्ने बताउनु भएको छ । १. कामदारको स्वास्थ्य २. प्रशिक्षण, ३. वैधानिक च्यानल र ४. लगानीका लागि सहजीकरण एजेण्डा श्रम सहचारीका एजेण्डा रहेका छन् । कोरियामा कठिन र लगातारको काम लगायत विभिन्न कारणले डिप्रेशनमा पर्ने र डिप्रेशन अन्तिम चरणमा पुगेपछि आत्महत्याको बाटो रोजेर मृत्युवरण गर्ने संख्या बढिरहेको छ भने सुतेको अवस्थामा मृत्यु हनेको संख्या पनि बढि छ । यद्यपी केहि महिना यता यस्ता दुःखद खबर भने रोकिएको छ । यो सकरात्मक र सवैका लागि खुसिको कुरो हो । यो सदैव कायम रहोस् भन्ने सवैको कामना छ । त्यस्तै औद्योगिक र अन्य दुर्घटनामा परेर मृत्यु हुने नेपालीको संख्या पनि धेरै छ । यस्ता आवत कामदारको स्वास्थ्य समस्या प्रति दुतावास गम्भिर भएको र बेला बेलामा डिप्रेशन न्यूनिकरण सम्बन्धी कार्यक्रम पनि गर्दै आइरहेको छ । सहचारी बास्तोलाले यसलाई थप निरन्तरता दिने र नेपालबाट चिकित्सकको टोली पनि सुतेको अवस्थामा हुने मृत्यु सम्बन्धी अनुसन्धान र निराकरणका लागि केहि महिनामा आउने तयारीमा रहेको बताए । नेपाली कामदारको स्वास्थ्य प्रति आफु र दुतावास सधै गम्भिर रहेको र स्वास्थ्यलाई प्राथमिकता दिने पनि उहाँले बताउनुभयो ।

चार वर्ष दश महिने कार्यवधिमा नेपालीले सिपमुलक तालिम सहज र सर्वसुलभ गर्न पनि एचआरडिलाई आग्रह गर्ने र अधिकतम नेपालीलाई त्यसवाट लाभान्वित गराउने अर्को एजेण्डा वास्तोलाको छ । त्यस्तै अवैधानिक हुण्डी निस्तेज पारेर वैधानिक च्यानल बैंक र रेमिट्यान्स कम्पनी मार्फत नेपालमा रकम पठाउनका लागि कामदारलाई प्रोत्साहित पार्ने एजेण्डा पनि वास्तोलाको छ ।  नेपाल राष्ट्र बैंक र इपिएस साखा नेपालले पनि वैधानिक च्यानल प्रयोग नगरी अवैधानिक माध्यमबाट पैसा पठाउने नेपालीलाई कडाई गर्ने नियम जारी गरेका छन् । आगामी दिन अवैध च्यानल प्रयोग गरेर रकम पठाउनेले विभिन्न खाले झमेला र झन्झटको सामना गर्नुपर्ने देखिएको छ । यसैगरी वास्तोलाले राम्रो कमाई गरेका नेपालीले आफ्नो आयलाई सहि तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि दुतावास र आफुले सहजीकरणको भुमिका खेल्ने बताए । अधिकांश कोरियामा कार्यरत नेपालीले लगानीको भरपर्दो र सुरक्षित क्षेत्रको भेउ नपाएर अनुत्पादक र उपभोग्य सामाग्री खरिदमा कमाई खर्च गरिरहेका छन् । बास्तोलाले कामदारको भविष्य सुनिश्चित गर्न उनिहरुले कमाएको केहि अंश उत्पादनमुलक क्षेत्र जस्तै जलविद्यूत, फास्ट ट्राक, उद्योग जस्तामा लगानीका लागि समन्वात्मक भुमिका खेल्ने बताउनुभयो ।


प्रकाशित मिति : २०७४ पौष १४ (December 29, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना

• दुइ कोरियाका अधिकारीबीच आज वार्ता हुदै, वार्ता मून र किमबीच हुने शिखर वार्ताका विषयमा केन्द्रीत हुने

• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग

• दिनेशको छट्टु कोरियन साहुजी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)जथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal