कोरियाली नयाँ बर्ष सलनालको अवसर पारेर बिभिन्न संघ संस्था द्वारा आयोजित कार्यक्रम हरुलाई सफल पारिदिनुहुन एनसीसी कोरियाले अपिल गरेको छ l एनसीसीले एक बिक्यप्ति प्रकाशित गर्दै सम्पूर्ण कोरियावासी दाजुभाई तथा दिदीबहिनी हरुलाई सो अपिल गरेको हो l
प्रकाशित बिक्यप्ति
"सर्वप्रथम कोरीयामा रहि भिन्न भिन्न पेशा र क्षेत्रमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा तपाई हामी विच नजिकिदै गएको कोरियन नयाँ वर्ष सलनालको सुखद उपक्ष्यमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलय शुभकामना ।
सन् १९९३ मा स्थापित एक मात्र पुरानो सामाजिक संस्था एनसिसिको छुटै ईतिहास र गौरवका गाथा छन् । कोरियामा रहेका नेपालीहरू र नेपालमा रहेका नेपालीहरूमा आइ पर्ने महा संकट र समस्याहरूबाट माथि उठ्न यावत वाधा व्यवधानसंग पौठेजोरी खेल्दै सामाजिक कार्यमा अाफनो भूमिका यो मिति सम्म अनवरत रूपमा चलिरहेको छ । कोरीयाली भूमिमा एनसिसिले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरू माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यसको प्रमुख कारणहरू मध्ये सामाजिक गतिविधि र क्रियाकलाप निरन्तर रूपमा भिन्न पाटो र पक्षहरूलाई संगाल्दै आउनु । यसको जगमा रहेर नेपाली समुदाय र संघसंस्थाहरू विच एक आपसमा बैमश्यता, तिक्तता ,फाटो र असमझारी नआहोस् भन्ने हेतुले कोरियन चार्ड छुसक र कोरियन नयाँ वर्ष सलनालका लागि कार्यक्रम बाँडफाँड गर्दै आएको छ । यसको पनि निश्चित मापदण्ड निदिष्ट विधिहरू तय छन् । त्यसैमा आधारित रहेर विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्न पाउ भनि निवेदनका साथ दस्तुर शुल्क बुझाई प्रक्रियामा संलग्न भएपछि कार्यक्रम पाउने अधिकार सुनिश्चित छ । यसैको निरन्तरता स्वरूप गत डिसेम्वर ३ तारिकका दिन एक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड विवाद रहित र निश्पक्ष रूपमा सम्पन्न गरेको कुराले कोरिया स्थित सम्पुर्ण नेपालीहरूमा छुट्टै खुसिको वहार छाएको छ l
एनसिसि कोरिया , विभिन्न संघसंस्था र सम्मानित व्यात्तित्वहरूको प्रत्यक्ष सहभागिता र संलग्नता विधि संवत् सलनालको लागि साँस्कृतिक कार्यक्रम गर्न अधिकार पाएका संघसंस्थाहरु यसप्रकार छन् l
१. फेब्रुअरी १५ सोलुखुम्बु सेवा समाज (एभरेस्ट म्युजिकल कन्सर्ट भाग -३ )
२. फेब्रुअरी १६ गुल्मी सम्पर्क समिति (रेसुंगा सांस्कृतिक झलक भाग ३ )
३. फेब्रुअरी १७ मकवानपुर कोरिया मंच (मकवानपुर सांगीतिक धमाका )
माथि उल्लेखित संघसंस्था द्धारा आयोजित कार्यक्रमलाइ भव्य र सव्य रूपमा सफल पारि दिनु हुन कोरियावासी सम्पूर्ण बुद्दिजीवी ,समाजसेवी ,ब्याबसायी ,पत्रकार ,बिधार्थी तथा श्रमिक वर्गहरुमा हार्दिक अपिल गर्दछौ "l
नेपाली सम्पर्क समिति ( एनसीसी कोरिया )
• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा
• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता
• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट
• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने
• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित
• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ
• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने
• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह
• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव
• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर
• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु
• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना
• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |