G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

हेनेको सम्बाददाता

दक्षिण कोरियामा रेमिट्यान्स कम्पनी बढेपनि अवैधानिक हुण्डी कारोबार भने रोकिएको छैन् । सरकारले रेमिट्यान्स कारोबार गर्न कम्पनीलाई अनुमति दिएपछि कारोबारमा प्रतिश्पर्धा समेत भइरहेको छ । जसले रेमिट कम्पनीले कम शुल्क र सर्वसुलभ तवरले रेमिट्यान्स सेवा पनि दिइरहेको अवस्था छ । यद्यपी अवैधानिक च्यानल हुण्डीमा रोकिएको छै्रन भने यसबाट ठगिने क्रम यथावत रहेको छ । विस्वासमा हुने अवैध कारोबार प्रयोग गर्दा केहि नेपाली केहि हुने खाने संस्थाका पदाधिकारीबाट ठगिदा अहिले पैसा फिर्ता गर्न हारगुहार समेत गरिहेका छन् । रेमिट कम्पनीले सेवा शुरु गरेको केहि सातामा अघि नेपाल पैसा पठाउन दिएको रकम अहिले सम्म अर्थात तीन महिना भन्दा बढि समय नदिदाँ केहि पिडितले सामाजिक सञ्जाल मार्फत चेतावनी दिइरहेका छन् भने हेल्लोनेपालकोरिया डट कमलाई पनि रकम फिर्ताका लागि पहल गर्न अनुरोध गरेका छन् । अहिले सम्म आधा दर्जनले कोरियामा समाजसेवीले आफुलाई चिनाउन रुचाउने वरिष्ठबाटै ठगिएको बताएका छन् । घरमा श्रीमती विरामी भएर तत्काल पैसा पठाउन दिएको रकम नदिएको बस्नेत थरका पिडितले बताए । सो पैसाका कारण आफ्नो परिवारमा खटपट भइरहेको दुखेसो उनले सुनाए । त्यस्तै कुँवर थरका एक पिडितले बहिनीलाई विदेश पढाउन साथीभाइसँग सापटी मागेको ५ लाख पचास हजार रुपैया तीन महिना देखि ताकेता गर्दा पनि नदिएपछि आफु डिप्रेसनन्मूख भएको बताए । कम्पनीमा काम नचलेको अवस्थामा साथीको पैसा फिर्ता गर्न नसक्दा आफु चिन्तित परेको उनको गुनासो छ । भने थेगुमा कार्यरत श्रेष्ठ थरका दुइ पिडितले पनि ४ र ५ लाख साथीको सिफारिशमा परी पैसा पठाउदाँ आफु ठगिएको बताए । भने बस्नेत थर अर्काले पनि चिरपरिचित संस्थाको पदाधिकारीको विस्वासमा परी पैसा नेपाल पठाउन दिदाँ ठगिएको बताए । त्यस्तै केहिले सामाजिक सञ्जालबाट हुण्डी कारोबारीको नाम समेत सार्वजानि गर्ने क्रम बढेको छ ।

रेमिट कम्पनीले सर्वसुलभ र सस्तो शुल्कमा सेवा दिदा पनि हुण्डी कारोबार रोज्नु र कारोबार नरोकिनु गम्भिर विषय हो । नियमकारी निकाय र दूतावासले कारोबारी विरुद्ध कडा कारबाहीका लागि पहल गर्न नसक्नु हुण्डी कारोबार नियन्त्रण हुन नसक्नुको अर्को कारण पनि हो । यस अघि करोडौ रमक ठगि गरेर फरार कारोबारी अझै सम्म पनि कारबाहीको दायरामा ल्याउन नेपाली दूतावास र सरोकारवाला निकाय निकम्मा भइरहदाँ र थोरै रकमको प्रलोभनमा पर्दा ठगिने क्रम नरोकिएको हो । भने ठगिएपछि दुतावास र कोरियन प्रहरीमा उजुरी दिन पिडित असक्षम हुदाँ नेपाली ठगिरहेका छन् ।

यसैबीच नेपाली दूतावासले हुण्डी कारोबार नगर्न सवै नेपालीलाई आग्रह गर्दै ठगिएको भए प्रमाण सहित दूतावासमा उजुरी दिन भनेको छ । ठगिएका सवैले विदाको दिन आइतबार दुतावास आएर पनि उजुरी दिएमा कारबाहीका लागि नेपाल सरकार र यहाँको प्रहरीलाई आग्रह गरिने दुतावासले बताएको छ भने टाढा कम्पनी भए टेलिफोन सम्पर्क गरेर पनि उजुरी दिन सकिने दुतावासले जनाएको छ । त्यस्तै दूतावासले कोहिबाट ठगिएको भए नजिकैको कोरियन प्रहरी कार्यलयमा उजुरी दिन भनेको छ । कोरियन आइडी प्राप्त नेपालीले ठगी गरेको भएपनि दूतावासले हदै सम्मको कारबाहीका कोरियन प्रहरी र यहाँको सरकारी निकायमा आग्रह गर्ने पनि दूतावासले बताएको छ ।

यसैगरी नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापाले पनि हुण्डी कारोबारले नेपाललाई तहसनहस पारेको भन्दै कारोबारी विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७५ वैशाख ३१ (May 14, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal