G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

हेनेको सम्बाददाता

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले २० तारिख हुने बुद्ध प्रतिमा प्रतिस्थापनको समूद्घाटन कार्यक्रममा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण नेपालीलाई अपिल गरेको छ । नेपालबाट पहिलो पल्ट ल्याइएको भगवान गौतम बुद्धको प्रतिमालाई यहि आइतबार पर्यटकिय शहर योङइनको वाउछङसा गुम्बामा प्रतिस्थापन गर्ने कार्यक्रम रहेको छ । नेपाली राजदूतावास संरक्षक समेत रहेको बुद्ध प्रतिमा प्रतिस्थापन अभियानको संयोजन नेपाल सम्पर्क समिति एनसिसि र नेपाल बौद्ध परिवारले सहकार्य रहेको छ । प्रतिस्थापनको समुद्घाटन कार्यक्रमलाई ऐतिहासिक र भव्य तुल्याउन अभियानकर्ताले तयारी तिब्र पारेका छन् । सो उद्घाटन तथा प्रतिमाको अनावरण कार्यक्रममा योङइनका मेयर, कोरियाको सस्कृति तथा पर्यटन मन्त्रालयका अधिकारी, पत्रकार महासंघ कोरियाका पदाधिकारी, विभिन्न गुम्बाका लामाको पनि उपस्थिति रहने अभियानले जनाएको छ । प्रतिमाको अनावरण राजदूत अर्जुन जङ्ग बहादुर सिंह सहित उपस्थित अतिथिले गर्ने कार्यक्रम छ ।

अनावरण कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, पञ्जे बाजा, भोजनको व्यावस्था र आवतजावतका लागि बसको पनि व्यावश्था गरिएको छ । दूतावासले प्रेस विज्ञप्ती मार्फत ऐतिहासिक कार्यक्रममा सहभागी हुन सम्पुर्ण नेपालीलाई अपिल गरेको हो ।
अपिलयुक्त विज्ञप्ती यस्तो छ ।