LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै

गोपाल संग्रौला
नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदारको छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गर्न लागेको हो । फागुनमा भाषा परीक्षाको सूचना सार्वजानिक गरी जेठमा परीक्षा सञ्चालन गर्ने योजना छ । कोरिया सरकारले भाषा परीक्षा गर्ने तयारी गरे पनि कोटा भने निर्धारण गरेको छैन । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षा पास भएका १२ हजार नेपाली युवाले रोजगार आवेदन फारम भरिरहेका बेला कोरियाले थप नेपाली लैजान इच्छा देखाएको छ । गत जेठमा संचालन गरिएको भाषा परीक्षामार्पmत १२ हजार नेपाली लैजाने जनाएको कोरियाले आफ्नो श्रम बजारको मागअनुसार लगत्तै अर्को भाषा परीक्षामार्पmत थप नेपाली छनोट गर्न लागेको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार हाल रोजगार आवेदन दिइरहेका १२ हजार कामदारको समेत छिटो आवेदन फारम लिन कोरियाली पक्षले नेपालसँग अनुरोध गरेको छ । नेपाली पक्षले भने २०१७ को भाषा परीक्षामार्पmत हाल छनोट भएका १२ हजारभन्दा बढी नेपालीलाई पहिला लगेर मात्र अर्को परीक्षा गर्न सुझाएकोे भए पनि कोरियाले भने लगत्तै परीक्षा गर्न ईपीएस नेपाल शाखालाई अनुरोध गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियामा नेपाली कामदारको माग उच्च रहेको कारण आठौं भाषा परीक्षामा अन्य १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गरेको बताए । कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक भएको हो । शाखाका अधिकृत शोभाकर भण्डारीले रोजगार योग्य सूचि (रोष्टर)मा नेपाली कामदारको संख्या कम भएको जनाउँदै कोरियाले पास भएका १२ हजारको नामावली छिटो तयार गरेर पठाउन अनुरोध गरिएको बताए । रोष्टरमा नेपाली कामदारको संख्या १ हजार भन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । हाल कोरिया जान रोष्टरमा लगभग ४ सय नेपालीमात्र रहेका छन । यो सन २०१५ देखि जान बाँकी रहेका नेपालीको संख्या हो । आठौं ईपीएस भाषा परीक्षामा पास भएर हाल रोजगार आवेदन दिइरहेका १२ हजार नेपालीको माग जनवरीबाट सुरु हुने जनाइएको छ । यसमध्ये आइतबारसम्म ४ हजारभन्दा बढीले रोजगार आवेदन फारम भरिसकेका छन् । यी १२ हजार आवेदक २०२० को जनवरीसम्म कोरिया जान सक्नेछन् । हालसम्म ४९ हजार ६ सय ४८ नेपाली ईपीएसमार्पmत रोजगारीका लागि कोरिया गइसकेका छन् । यसमध्ये महिला कामदारको संख्या ३ हजार भन्दा बढी छ । कोरियाले नेपाली कामदारको माग बढाउँदै लैजाने भएपछि अर्को वर्षदेखि रोजगार आवेदन फारम आंशिक रुपमा अनलाइनमार्पmत गर्ने योजना ईपीएस शाखाको छ । रोजगार आवेदनका लागि कामदारको सुविधा र भिडभाड कम गर्न रोजगार आवेदन पनि अनलाईन मार्पmत गर्ने तयारी गरिएको शाखाको भनाइ छ ।
प्रकाशित मिति : २०७४ कार्तिक २० (November 06, 2017)

प्रतिक्रियाहरु


dipendra wrote on 06 November, 2017
good news
binda basnet wrote on 06 November, 2017
ladies Lai Korea Jana k prabdhan xa
Khagendra bhandari wrote on 15 November, 2017
Yo dot com sarai ramro xa

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा आज भारी हिमपात, दुइ साता जाडो अत्याधिक हुने भविष्यवाणी

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal