LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

सामाजिक सञ्जाल सगूनको एप्स डाउनलोड गर्नेको संख्या लाख नाघ्यो, युवा माझ आर्कषण बढ्दो(भिडियो सहित)


नेपालीको लगानी र संस्थापक रहेको सामाजिक सञ्जाल सगूनको एप्स डाउन लोड गर्नेको संख्या १ लाख नाघेको छ । एप्स सार्वजानिक भएको झण्डै १० दिनमा एप्स डाउनलोड गर्नेको संख्या अत्याधिक अर्थात १ लाख नाघेको सगुनका एशिया संयोजक केपी सिटौलाले जानकारी दिनु भएको छ । एप्सको गत साता बलिवुडकी चर्चित अभिनेतृ श्रद्धा कपूरले विशेष कार्यक्रमकाबीच उद्घाटन गरेर सार्वजानिक गरेकी हुन् ।

सगुन फेसबुकको विकल्प बन्न सक्ने

सामाजिक सञ्जालको दुनियाँमा एकछत्र राज गर्दै आएको फेसबुक अहिले अनेक आलोचनाको शिकार बन्दै आएको छ। विशेषगरि अमेरिकी चुनाव तथा त्यससँगै संसारभर विभिन्न अफवाह फैलाउने तथा ' फेक न्यूज ' को प्रसार बढाउने कुरामा फेसबुकको प्रयोग बढ्दै जाँदा यो प्लेटफर्मको संसारभर आलोचना भयो। आफ्नो बारेमा संसारभर भइरहेका आलोचनाको बारेमा फेसबुक जानकार नै थियो। उसले यो कुरा वाहिर ल्याउने आँट मात्र गर्न सकेको थिएन।

सामाजिक सञ्जालका प्लेटफर्महरु परिवार, साथीभाई, इष्टमित्र आफन्तहरुमा भावना कुराकानी शेयर गर्ने अभिप्रायले बनाइएपनि यसमा समस्या विकृतीहरु धेरै देखिए। यसले समाजलाई पनि गलत बाटोतर्फ प्रेरित गरेको टिप्पणी संसारभर भइरहेको थियो। आफूले प्रयोग गरेको प्लेटफर्ममा आएका कुरा कुन सहि हो वा कुन गलत हो सामाजिक सञ्जालका प्रयोगकर्ता झुक्किने अवस्था भयो। त्यसकारण पनि फेसबुक जस्ता सामाजिक सञ्जालका मञ्चलाई ' फेकबुक '  जस्ता नामाकरण हुन थाल्यो।

फेसबुक जुन समयदेखि आक्रामक रुपमा विस्तार हुँदै थियो त्यहि समयदेखि यसमा विकृती समस्याहरु देखिदै गएका थिए। सामाजिक सञ्जालले मानिसलाई सेलिव्रेटी बनाउँदै लगेको थियो। हरकोही 'सेलिब्रेटी' हुन लालायित थियो। आफूले पोष्ट गरेका तस्विर, भिडियो स्टाटस लगायतका कन्टेन्टमा आएका कमेण्ट लाइकमा मख्ख पर्ने थोरै लाइक कमेन्ट हुँदा चिन्ता गर्ने प्रयोगकर्ताहरुको मनोविज्ञान नै बनेको थियो। थाहै नपाइकन फेसबुक लगायतका सञ्जालले मानिसलाई सेलिव्रेटीको स्वरुपमा ढालिदिएको थियो। तर यसले मनोवैज्ञानिक रुपमा समाजलाई नै भ्रमित गरिरहेको धेरैले विस्तारै बुझे पनि शुरुमा यसलाई बुझ्ने कमै थिए। बरु सबै यसमा रमाइरहेका थिए। कनेक्सनको नाममा थुपारिएको लादिएको 'ओभरलोडेड' प्रचार तथा कुप्रचार लिन प्रयोगकर्ता वाध्य थिए।

सामाजिक सञ्जालको क्षेत्रमा देखिएको यो समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर एक व्यक्ति अमेरिकामा बसेर सोचिरहेका थिए। फेसबुकको साम्राज्य वढ्दै गएको बेला फेसबुक लगायतका सामाजिक सञ्जालले ल्याएको विसंगतीको बारेमा सोच्दै प्रयोगकर्ताको बीचमा रियल कनेक्सन दिलाउन सकिने सोचका साथ गोविन्द गिरीले सामाजिक सञ्जालको क्षेत्रमा नयाँ प्रयोग गर्दै सगुनको संस्करण शुरु गरे। फेसबुक लगायतका सञ्जाललाई चुनौति दिदै नयाँ सञ्जाल शुरु गर्ने कामलाई धेरैले पागलपनको संज्ञा दिए। अझै पनि नपत्याए झै गरेर खिसीमा उडाउनेहरु पनि छन्। तर स्वयं फेसबुकले आफैलाई सच्याउँदै लगेको घोषणाले विकल्पको रुपमा सिर्जना गरिएको सगुन अर्थपूर्ण रहेछ भन्ने एकपटक फेरि प्रमाणित भएको छ।

अमेरिकामै फेसबुक लगायतका सामाजिक सञ्जालकै विकल्प सगुन बन्न सक्छ भनेर काम गरिरहेका बेला गिरीलाई मार्क जुकरवर्गले यति चाँडै आफ्नो नीतिमा परिवर्तन ल्याउलान भन्ने लागेको थिएन। आम प्रयोगकर्ता भने विस्तारै यसबाट ' सिफ्ट ' हुन्छन भन्ने अनुमान थियो।

थोरै जुटाइएको लगानी, थोरै साधनस्रोत जनशक्तिको बीचबाट आफ्नो नविनतम सोचलाई उतार्न गिरी कस्सिएका थिए। सामाजिक सञ्जालका विकृती समस्याहरुलाई कम गर्दै आफ्ना प्रिय तथा निकटहरुसँगको वास्तविक सम्वन्धलाई ' भर्चुअल  ' तरिकाले जोड्ने प्रयास थियो सगुन। यसले कुनै पनि प्रयोगकर्तालाई 'सेलिब्रेटी' बनाउने सोच राखेको थिएन। 

एकातिर फेसबुक लगायतका ठूला सामाजिक सञ्जालहरुको दवदवा अर्कातिर सिमित साधन स्रोतको बीचबाट सगुन आफ्नो बारेमा धेरै भन्न सक्ने अवस्थामा थिएन। जुन अहिलेपनि उसका लागि सहज छैन। तर उपभोक्ताहरु नयाँ स्वाद खोजिरहेका छन्। सामाजिक सञ्जालका विसंगतीबाट एक किसिमले वाक्क भएका छन्। कुन सत्य हो कुन झुटा हो भन्ने भ्रममा परेका छन्। ज्ञानको विस्तार भन्दा पनि भ्रम मिथ्या कुराको भ्रममा परिरहेका छन्। यहि कुरालाई हटाउँदै सगुन ' नलेज सेयर ' गर्ने सोचबाट अगाडी आएको सगुनका संस्थापकहरु दावी गर्छन।

सगुनले २०१८को शुरुवातमै भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो एन्ड्रोइड भर्सनको एप्स सार्वजनिक गर्यो। वलिउडकी कलाकार श्रद्धा कपुरले यसको शुभारम्भ गरिन्। सामाजिक सञ्चालको शुरुवात गर्दा उनले एक प्रश्न सगुनका संस्थापक गोविन्द गिरीलाई सोधिन। प्रयोगकर्तालाई फाइदा हुने यस्तो राम्रो सोच सहितको सगुन बनाउने विचार तपाइलाई कहाँबाट आयो?

गिरीले जवाफ फर्काए योग गर्दा यो विचार आयो। सामाजिक सञ्जालमा देखिएको समस्याहरुलाई कम गर्ने मेरो सोच योग गर्दा गर्दै यसरी गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्दा जन्मियो सगुन गिरीले थपे। दिल्लीको ललित होटलमा उनको कुरा सुनेर श्रद्धा सहित हलमा रहेका सबैले तालीले गिरीको स्वागत गरे। सामाजिक सञ्जालका समस्यालाई हल मात्र हैन दैनिक जीवनलाई सहज बनाउने केहि ' फिचर ' हरु लिएर आएको सगुन उनले आफ्नो भनाइ राख्ने क्रममा त्यसको व्याख्या पनि गरे।

दिल्लीमा सगुनले समाजलाई पार्ने सकारात्मक प्रभावको चर्चा भइरहँदा फेसबुकका संस्थापक मार्क जुकर्वर्ग आफ्नो पूर्ववत नीतिमाथि पूनर्विचार गर्दै फेसबुकमै लेख्दै थिए। एकदैन २५ अर्वको कारोवार घाटा लाग्नेगरि उनको ' स्टाटस ' ले पनि ढीलो गरि ' रियल कनेक्सन' तर्फको यात्रातर्फ उन्मुख गरेको संकेत गरेको जुन सगुन आफ्नो स्थापनादेखि गर्दै आएको छ।

सामाजिक सञ्जालमा ' रियल कनेक्सन ' को स्थापनादेखिनै वकालत गर्दै आएको सगुन फेसकुबका अगाडी आकारमा सानो भएपनि सोचका हिसावले कम नभएको यसले पुष्टी गर्यो। मात्र सामाजिक सञ्जाल चलाउने आम मानिसका समस्याहरुलाई कम गराउन दैनिकी सहज बनाउन आफ्नो एन्ड्रोइड एप धेरैले चलाउन भन्ने उसको चाहना होला। त्यो पनि दिनदिनै प्रयोगकर्ताका लागि यो आवश्यक हुने निश्चित छ।

करोडौंहरुको दैनिकी बनेको फेसबुकको विकल्पको चर्चा हुन गइरहेको यो वेला आम उपभोक्ताहरुका लागि सगुन एउटा राम्रो विकल्प हुन सक्छ। जुन हालैबाट गुगलको एपस्टोरबाट सहजै डाउनलोड गरेर प्रयोग गर्न सकिने भएको छ। चाँडै नै आइओएसमा पनि आउने बताइएको सगुन सामाजिक सञ्जालको भरपर्दो विकल्प ' रियल कनेक्सन' का लागि उपयुक्त हुने यसका धेरै प्रयोगकर्ताको विश्वास छ।




प्रकाशित मिति : २०७४ माघ ११ (January 25, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal