सम्भावना बोकेको सगून

गोविन्द बञ्जाडे

जन्मभूमि छोडेर विदेशमा पुग्नेहरुकोलागि आर्थिक सम्पन्नता महत्वपूर्ण प्राथमिकता भित्र पर्छ । सवै प्रवासी नेपालीहरुलाई ग्लोबलरुपमा समेट्न सक्ने गरि कुनै पनि नेपालीले हालसम्म कुनै व्यवशाय सञ्चालनमा ल्याएको पाइएको छैन । हुन त विभिन्न देशमा नेपालीहरुका ठूला स्केलका व्यवशायहरु नभएका होइनन् । तर विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आर्थिक सम्पन्नताको डोरीले एकै सूत्रमा बाध्न सक्ने प्रकृतिका व्यवशायहरु गरिएको देखिदैन ।

तर अमेरिकामा बस्ने नेपालीहरुले सन् २०१४ देखि शुरु गरेको सगूनले यो आवश्यकतालाई पुरा गर्न सक्छ कि भन्ने केहि आभास हुन थालेको छ । सामाजिक सञ्जालमा चुर्लुम्म डुबेको संसारलाई फरक सोच र फरक योजना सहितको सगूनले आफ्नो कित्तामा तान्न सक्यो भने भोलिको दिनमा प्रवासमा रहेका नेपाली भाषिहरुलाई आर्थिक सम्पन्नता प्रदान गर्ने काममा अहम् भूमिका निर्वाह गर्न सक्छ । आफ्ना वेभ साइट र प्रकाशनहरुमा सगूनले दावी गरेजस्तै सोसीयल मिडियाको ‘पायोनियर’ बन्न सकेमा यो सम्भव पनि छ ।

गत फेबु्रअरी ९ देखि विश्वभरका सर्वसाधारणहरुमा आफ्नो स्वामित्व शेयर विक्री खुल्ला गरेको सगूनले नेपाली ग्लोबल समुदायमा राम्रैसंग हलचल पैदा गर्न सफल भएको छ । यस आलेखमा यहि हलचल ल्याउन सकेको सगूनको हालको अवस्थाको बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।

सगूनको स्थापना र मिनी आइपीओे

सन् २०१४ देखि शुरु भएको सगून हाल आइटी स्टार्ट अप कम्पनीको अवस्थामा मात्र रहेको पाइन्छ । आइटी स्टार्ट अप कम्पनीहरु अन्य प्रकारका कम्पनीहरु भन्दा काम गर्ने तरिका, आम्दानीका श्रोत, लगानीकर्ताहरुलाई प्रतिफल प्रदान गर्ने तरिकाको हिसाबले फरक हुन्छन् । एउटा सामान्य रेष्टुरेण्ट वा ग्यास स्टेशन सञ्चालन गरेको अर्को महिना देखि प्रतिफल प्राप्त हुन शुरु गर्छ तर सगून जस्ता स्टार्ट अप कम्पनीहरु त्यसरी सञ्चालनमा आउने हुदैनन् । यस्ता कम्पनीहरुले अनुसन्धान, विकास र ड्रिमलाई मिसाएर बजारमा विल्कुल नयाँ प्रोडक्टहरु उत्पादन गर्दछन् । मोस्ट ट्यालेण्टेड माइण्ड प्रयोग गर्दछन् र आफ्नो ड्रिम प्रोडक्ट बजारमा ल्याउछन् । त्यो ड्रिम प्रोडक्टले मुनाफा प्रदान नगरुञ्जेल कम्पनी घाटामा नै सञ्चालन भइरहेको हुन्छ ।

यस्ता कम्पनीका ड्रिम प्रोजेक्टहरु सामाजिक संस्थाका संगठन बनाएर चलाए जसरी सञ्चालन नभई एकै व्यक्तिको योजना र विचारमा काम गरिरहेका हुन्छन् जसरीे फेसबुक वा माइक्रोसफ्ट जस्ता स्थापित ठूला आइटी कम्पनीहरुमा एक जना संस्थापकको मात्र नाम सुनिन्छ । हजारौँ मानिसहरुले महत्वपूर्ण योगदान प्रदान गरेका हुन्छन् पर्दा पछाडि तर प्रोजेक्टलाई ड्राइभर सीटमा बसेर हाक्ने काम एक जनाले नै गर्छन् ।

सगून पनि यहि प्रकृयाबाट अगाडि बढिरहेको देखिन्छ र उसले भन्दै आएको ड्रिम प्रोजेक्ट ‘सोसीयल स्मार्ट कार्ड’ लगायतका योजनाहरुलाई पुरा गर्न आवश्यक पर्ने पूजिं सङ्कलनको लागि कम्पनीको स्वामित्व शेयर विक्री खुल्ला गरेको छ ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार आफ्ना इनोभेटिभ योजना र कार्यक्रमहरु लगायत अन्य आवश्यक आधारहरु पुरा गरेर  रेगुलेशन ए प्लस अन्तर्गत जब्स एक्ट २०१२ अनुसार अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (एस्इसी) (https://www.sec.gov/cgi-bin/browse-edgar?company=sagoon&owner=exclude&action=getcompany) बाट विश्वभरीका सर्वसाधारणहरुलाई कम्पनीको स्वामित्व शेयर विक्री गर्ने स्विकृती सगूनले प्राप्त गरेको हो । उनका अनुसार पब्लिकबाट लगानी उठाउन पाउने यो ‘जब्स एक्ट २०१२’ लाई नै मिडिया र बोलिचालिको भाषामा ‘मिनी आइपीओ’ भनिएको हो जसरी अमेरिकामा ‘अफोर्डेबल केयर एक्ट २०१०’ लाइ ‘ओबामा केयर’ भनेर पनि चिनिन्छ ।

सगूनको हालको अवस्था

२०१७ मार्चको पहिलो हप्ता स्न्यापच्याटले आइटीको बजारमा खुबै खैलाबैला मच्चायो । सन् २०१० बाट शुरु भएको स्न्यापच्याटबाट २०१७ मा आइपुग्दा यसको बजार मूल्य २५ बिलियन डलर सम्म पुगेको समाचार आयो । यसको शुरुवाती अवस्थाका लगानीकर्ताले गरेको १५००० डलरको लगानीले ७० प्रतिशत शेयर विक्रीबाट २४ मिलियन डलर सम्म कमाउन सफल भएको खबर पनि बजारमा आए । स्टार्ट अप कम्पनी र यससंग सम्वन्धित यस्ता थुप्रै अपत्यारिता तर सत्य कथाहरु बजार भरि छन् ।

सगूनका सहसंस्थापक कविन्द्र सिटौलाका अनुसार सगूनले विगत अढाइ वर्षमा सांढे चार लाखको हाराहारीमा आफ्ना प्रयोगकर्ताहरु बनाएको छ । मिनी आइपीओ मार्फत हालसम्म २४०० भन्दा बढी लगानीकर्ताहरुबाट २.२ मिलियन अमेरिकी डलर भन्दा बढी लगानी उठीसकेको छ ।

सिटौला भन्छन् – ‘सगूनका योजना र कार्यक्रमहरु तथा यसका इनोभेटिभ आइडियामा विश्वास गरेर १०० वर्ष भन्दा लामो अवधिको अनुभव भएको अमेरिकाको Boustead Securities LLC (http://www.boustead1828.com ) नामको ब्रोकर कम्पनीले सगूनको लागि लगानी उठाउने जिम्मा लिएको छ । यसै कारणले पनि सगूनले हालको शेयर विक्री कार्यक्रमलाई यहि मार्च २७, २०१७ देखि बन्द गर्दैछ । यसका भविष्यका योजनामा विश्वास गरेर नै यस्ता अनुभबी ब्रोकर कम्पनीहरु सगूनले जारी गरेको हालको शेयरको ८० प्रतिशत भन्दा बढि शेयर विक्री गराउने आँट गरेका छन् ।’

सगूनका पदाधिकारीहरुको भनाइलाई आधार मान्दा सगूनसंग विस्तारै श्रोतहरु जुटीरहेका छन् , यसका कार्यक्रमलाई विश्वास गर्न थालेका छन् । यदि यसो हो भने अब प्रभवबकारी प्रोडक्ट बजारमा ल्याउने बाहेक सगूनसंग अर्को विकल्प छैन ।

संभावित साना लगानीकर्ताहरुले दुःख गरेर कमाएको आम्दानी डुब्नुहुन्न बरु त्यसले भविष्यको लागि आम्दानीको बाटो बनाउनु पर्छ । लगानीमा जोखिम हुन्छ र विशेषगरी साना लगानीकर्ताहरुले सिमित पूंजिमा धेरै जोखिम मोल्न चाहदैनन् । सगूनमा लगानी गर्दा पनि जोखिम मोल्ने प्रयास भन्दा पनि विवेकशील निर्णयको महत्व अझ बढी छ ।

सगूनको एप

सगूनको आफ्नो एप अहिलेसम्म पनि तयार हुन सकेको छैन । यस विषयमा सहसंस्थापको भनाइ यस्तो छ –‘सगूनको एप २०१७ भित्रै ल्याउने र सोसीयल स्मार्ट कार्डको प्रयोग २०१८ मा शुरु गर्ने योजनो रहेको छ । सगूनको मुख्य एप मार्फत नै सोसीयल स्मार्ट कार्डको प्रयोग गर्न सकिने हुन्छ । सोसीयल स्मार्ट कार्डको प्रयोग र विस्तारले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनका अनुसार सोसीयल स्मार्ट कार्डको अवधारणा आफैंमा जटिल प्रकारको छ । त्यसैले यसको निर्माणमा निकै ठूलो लगानी लाग्ने छ । सोसीयल स्मार्ट कार्र्डले नै हरेक प्रोगकर्तालाई आम्दानी गराउने भएकोले त्यसको प्रयोग सबैले गर्ने सम्भावना धेरै छ । सोसीयल स्मार्ट कार्डले सगूनको आफ्नो बजार विस्तार गर्छ । र जव यसका प्रयोगकर्ताहरुले यसबाट फाइदा लिन थाल्छन्, त्यसबेला सगूनको स्थिति अहिले भन्दा भिन्दै हुनेछ ।

सगूनको शेयर मूल्य

सगूनले हाल जारी गरेको शेयर मूल्य २३ राखेको छ जुन स्थापित कम्पनीहरुको भन्दा महगो देखिन्छ । यस विषयमा संस्थापक गिरीलाई सोध्दा उनले यसरी जवाफ दिए – ‘ २३ डलर पर्ने शेयरलाई टुक्राएर थोरै पनि पार्न सकिन्थ्यो । एउटा शेयरलाई स्प्लिट गरी २३ वटा बनाएर प्रति शेयर १ डलरमा पनि राख्न सकिन्थ्यो । तर त्यसरी शेयरको मूल्य सानो पार्दा लाग्ने प्रशासनिक खर्चलाई अहिले पूंजिको अभाव भएको समयमा जोगाउनको लागि र सम्पूर्ण प्रयास अनि पूंजि यसको एप तथा स्मार्ट कार्ड निर्माण गर्ने काममा केन्द्रित गर्नको लागि शेयर मूल्य जस्ताको त्यस्तै राखिएको हो । भोलिका दिनमा अहिलेको शेयर कतिवटा भन्ने प्रश्न अहम हुदैन, बरु लगानीकर्ताले गरेको लगानी  कति थियो भन्ने कुराले बढि महत्व राख्दछ ।’

उनले अगाडि भने ‘स्मरण रहोस् कि कम्पनीको मूल्याङ्कन र शेयर मूल्य निर्धारणको अन्तिम स्विकृती एस्इसीले दिने हो र त्यो सगूनले प्राप्त गरेको छ । हाल जारी गरिएको २० मिलियन डलर बराबरको शेयर विक्रीमा नेपालीहरुको हिस्सा १०–१५ प्रतिशत सम्म हुन सक्ला । अर्को ८५–९० प्रतिशतको लगानी ठूला लगानी कर्ताहरु जस्तै भेञ्चर क्यापिटलबाट गर्नु पर्ने हुन्छ । उनीहरुले लगानी गर्नु पूर्व यसको मूल्याकंन र विजिनेस प्लान सबैलेलाई हेरेर गर्दछन् । त्यसैले सगूनको मूल्याकंन गर्दा विजिनेश प्लान, बजारको माग, यसको उपयोगिता, यसका प्रयोगकर्तालाई ख्यालमा राखेर गरिएको छ ।’

हालसम्म घाटामा रहेको सगूनले हाल विक्री गरिरहेको शेयरको मूल्य घट्दैन भन्ने आधारको विषयमा गिरीले यसरी प्रष्ट्याउने कोशिस गरे –‘पब्लिक कम्पनी वा बैंकले शेयर विक्री गर्दा आफूसंग भएको सम्पूर्ण शेयरको एउटा हिस्सा (अंश) लाई मात्र निष्काशन गर्दछ । सगूनसंग भएको कूल शेयरको लगभग १९ प्रतिशतको हाराहारीमा मात्र अहिले बिक्रिको लागि निश्कासन गरेको छ । र त्यस्ता शेयरको मूल्य प्रति शेयर २३ डलर राखेको छ । अब त्यहि २३ डलर प्रति शेयरले सगूनसंग भएका जम्मै शेयरलाई गुणा ग¥यो भने सगूनको अहिलेको बजार मूल्य अर्थात ९७ मिलियन डलर हुन आउँछ । तर बजारमा हाल विक्रीको लागि ल्याइएको  शेयर संख्या ८६९५६४ मात्र हो जसको मूल्य २० मिलियन डलर पर्छ । अब यो २० मिलियन डलरलाई सगूनसंग भएजति सबै शेयर (आउट स्ट्याण्डिङ् शेयर) ले भाग ग¥यो भने सगूनको शेयरको मूल्य ४.७७ डलर पर्न आउँछ । यो ४.७७ प्रति शेयरको मूल्यलाई बुक भ्यालु (अहिलेको लगानीको फेज पुरा भएपछिको भ्यालु) भनेर चिनिन्छ । तर फेस भ्यालु वा मार्केट भ्यालु भने २३ डलर नै रहने छ । अतः हाल खरिद गरिने शेयरको बजार मूल्यमा यसले कुनै फरक पार्दैन ।’

"हालै शेयर बजारमा प्रवेश गरेको स्न्यापच्याट (https://www.sec.gov/Archives/edgar/data/1564408/000119312517056992/d270216ds1a.htm) मा उपलब्ध तथ्याङ्कलाई हेर्दा यस्तो देखिएको छ :

कम्पनीको सन् २०१६ डिसेम्बर ३१ सम्म बुक भ्यालु ९२१.५ मिलियन डलर रहेको थियो अर्थात प्रति शेयर मूल्य ०.९१ अमेरिकी डलर । त्यस्तै सन् २०१५ को अन्त्यसम्म कम्पनीको खूद घाटा ३७२.८ मिलियन भएकोमा २०१६ को अन्त्य सम्ममा त्यो घाटा बढेर ५१४.६ मिलियन अमेरिकी डलर पुगेको देखिन्छ । तर शेयर बजारमा आउँदा उसले कम्पनीको मूल्याङ्कन १९ विलियन अमेरिकी डलर कायम गरेको देखिन्छ।”  गिरीले भने ।

यसरी हेर्दा सगून जस्ता आइटी स्टार्ट अप कम्पनीहरु शूरुवाती अवस्थामा घाटामा सञ्चालन भई शेयर विक्री मार्फत रकम संकलन गरेर आफ्नो प्रोडक्ट उत्पादन गर्दै आम्दानीको बाटो बढाउने तिर उन्मुख हुने देखिन्छ ।

सगूनको योजना – सोसीयल स्मार्ट कार्ड

सगूनका संस्थापकको अनुसार सोसीयल स्मार्ट कार्ड त सगूनको पहिलो ड्रिम प्रोजेक्ट मात्र हो । यस मार्फत सगूनका हरेक प्रयोगकर्ताले आर्थिक लाभ लिन पाउनेछन् । सोसीयल स्मार्ट कार्डको जुन प्रकारको परिकल्पना गरिएको छ, त्यहि रुपमा प्रयोगमा ल्याउन सकेमा यसले इकमर्शको दुनियामा राम्रै हलचल ल्याउने छ भन्ने विश्वास छ ।’

उनी भन्छन् ‘सगूनको डिजाइन गर्दा यो आफैंमा आइटीको इनोभेटिभ प्लेटफर्म को रुपमा विकास गर्ने गरि सोचिएको छ । यस भित्र एक भन्दा बढी परियोजनाहरु रहनेछन् जस्तो कि बेट्रीको एनर्जी सेभिङ प्रोजेक्ट । यस प्रोजेक्टलाई अघि बढाउन आइआइटी दिल्लीमा अनुसन्धान तथा विकासको काम भइरहेको छ । त्यस हिसावले सगून एउटा एप निकालेर चुप लागेर बस्ने प्रोजेक्ट होइन, यो त आइटी प्लेटफर्म हो जहाँ निरन्तर एक भन्दा बढी नयाँनयाँ परियोजनाहरु सञ्चालन भइरहने छन् । ती प्रत्येक परियोजनाहरु विशेष र इनोभेटिभ हुनेछन् ।’ 

‘यस मानेमा सगूनमा लगानी गर्दाको जोखिमको स्केल घटन् गएको छ । त्यसैले साना लागनीकर्ताहरुले आफ्नो बचतको अंश लगानी गर्दा बिचार पु¥याएर गर्नुहोस्, विवेकशील बनेर गर्नुहोस् । जोखिमको स्केल कम छ भन्दैमा हौसियर क्षमता भन्दा माथि प्रयास नगर्नुहोस् र जोखिम रहेछ भनेर सामान्य जोखिम लिन हिच्किचाएर निकट भविष्यमा पाउन सक्ने राम्रो प्रतिफलबाट पनि बञ्चित नहुनुहोस् ।’ सहसंस्थापक सिटौला भन्छन् । 

सगूनका संस्थापकहरुका भनाई, सगूनले अघि सारेका योजना र सम्भावित बजारको परिकल्पना अनि उसले ल्याउन लागेका प्रोडक्टको आधारमा सगून एउटा सम्भावना बोकेको सोसीयल इकमर्श मिडियाको रुपमा उदियमान आइटी कम्पनी हो । सगूनले शेयर विक्रीको सिलसिलामा विश्व बजारमा विशेष गरि नेपाली समुदायमा आफ्नो उपस्थिति पु¥याउन सकेको देखिन्छ । हालसम्म सगूनमा लगानी गर्नेहरुमा पनि नेपालीको संख्या नै बढी रहेको कविन्द्र सिटौलाले जनाएका थिए । लगानी नगर्नेहरुमा पनि सगूनको बारेमा धेरथोर जानकारी पुगेको छ । यदि यसले सफलताको बाटो समाउन सकेको खण्डमा विश्वमा नै नेपाल र नेपालीको परिचय उचो बनाउन सक्ने देखिन्छ । यसो हुंदा नेपालीहरुलाई व्यवशायिकताको माध्यमबाट एकताको सूत्रमा बाध्न सक्ने सगून पहिलो व्यवशायिक कम्पनी हुनसक्छ ।

govindabanjade84@gmail.com

(लेखक जर्ज वासिङ्गटन युनिभर्सिटीका डेटा साइन्स विषयमा मास्टर्स तहमा अध्ययनरत छन् । लेख संग सम्वन्धित विषयमा प्रश्न वा जिज्ञासा भएमा लेखकको इमेलमा सम्पर्क गर्न सकिनेछ ।) 

प्रकाशित मिति : २०७३ चैत १३ (March 26, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal