LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

बुद्ध गौतम
भीषा सकिनु भन्दा चार महिना अघि म दक्षिण कोरिया बाट क्यान्सिल गरेर नेपाल आए । कम्पनिले मलाई नजा भनेर जोड गरिरहेको थियो । कमाई पनि पछि आएर राम्रै हुन थालेको थियो । त्यतिखेरै पनि नेपाली २ लाखको हाराहारिमा बच्थ्यो । म चार महिना पूरा गरेर आउन सक्थे अथवा क्यान्सिल नआयर पछि पुनः जाने गरि आको भय त्यही कम्पनिमा अर्को ५ बर्ष काम गर्न पाउथे । कम्पनिले पनि अरु तलब बढाईदिउला भनेकै थियो । कोरियन सरकारको तर्फबाट पनि कामदारलाई लगभग ७% ले तलब बृद्दी हुँदै थियो ।

तर मैले मेरो ब्यक्तिगत भलाई हेरिन । संस्थाको उच्चतम काम गर्नु थियो र मलाई थाहा थियो त्यो ढिलो चाडो मैले नै गर्नु पर्छ । म त्यसरी भीषा नै क्यान्सिल गरेर नेपाल आएकोमा मेरा कतिपय नजिकका साथिहरु रिसाउनु समेत भयो र भन्नु हुन्थ्यो बुद्द जि तपाईले आफुले आफैलाई घात गर्दै हुनुहुन्छ । तपाईं त बिग्रनु होला तर तपाईको परिवारको अबस्था के हुने ? जति सम्झाय पनि म मान्दै नमाने पछि एक जना निकट्तम साथिले त बुद्द जि तपाईं आत्माहत्या गर्न जानेलाई म अब रोक्न सक्दिन समेत भन्नु भयो । हुन पनि हो मेरो परिवारको अबस्था बिकराल थियो । म एक जनाको कमाईमा मेरो पुरै परिवार सडकमा पुग्ने वाला थियो । कोरियामा कमाएको पैसा पनि खासै संचय गरेको थिईन । मलाई थाहा थियो मैले मेरो परिवारमा ठूलो अन्याय गर्दैछु । र पनि सोचेकोछु आफ्नो परिवारलाई न्युनतम आधारभुत कुराहरुबाट बन्चित नगराई काम गर्नेछु यदि त्यो पुर्याउन सकिन भने ठान्नेछु अन्य धेरै अनाथ बालबालिकाहरुमा न्याय गर्न सके भने त्यो एउटा मेरो परिवार अन्याय पर्दैमा खासै दुखेसो मान्नु पर्ने कारण हुने छैन र म त्यसैमा सन्तुष्ट हुनेछु र सके सम्म परिवारलाई पनि अन्याय पार्ने छैन । मेरो मान्न यो छ कि "समाजलाई केही गर्न चाहाने हो भने आर्थिकमा सम्पन्न नभैकन आफू जिरोको लेबल बाटै पनि केही गर्न सकिन्छ तर गराईमा स्वार्थ र भाबनामा खोट हुनु भएन" हो म यसलाई साबित गराउन पनि चाहान्छु ।

मेरो आफ्नो अबस्था पनि जिरोको अबस्थाकै छ तथापी म आफ्नो परिवारलाई न्युनतम आधारभुत कुराहरुमा बन्चित नगराईकन परिवार र समाज दुबैलाई सगै लान चाहान्छु । मैले आफ्नो लागि कुनै महत्वाकांक्षी योजना साचेको छैन । काठमाडौमा घर बनाउला, गाडी किनौला, अनेक सुख सयलमा रमाउला भन्ने मेरो सौख होईन । गौतम बुद्दले यसै भनेका थिय ।"अग्नि प्राप्तिको कामना गर्ने ब्यक्तिले जलमा उभियर या भुमिमाथी स्थिर भयर चिसो ढुंगाको घर्षणबाट आग्नी प्रज्वलित गर्न सक्दैन" मैले त्यही अभ्यास गर्नु थियो । अग्नि प्राप्तिको कामना मैले पनि गरेको थिए । कदम उचाल्ने त खुट्टा कमाउने मैले गर्नु थिएन । त्यसैले मैले जोखिमपूर्ण कदम उठायकै थिए । मेरो आफ्नो गरिबिको कारण अघि बढ्न नसक्नु त्यो मेरो कमजोरी हुनु थियो । त्यसैले मैले आफ्नो गरिबिलाई (Ryho okawa) र्युहो ओकावा (जापनिज लेखक) को भनाई सग मेल गराएको छु ।

उनले भनेका थिए यदि तपाईं आफ्नो गरिबिको कारण पनि अगाडि बढ्न चाहानु हुन्छ भने निश्चय नै अगाडि बढ्नुहोस । तर तपाईं आफू गरिबी भएर ईमान्दारिपुर्बक बाच्ने निर्णय लिनुहुन्छ भने अरुको ईर्ष्या नगर्ने निर्णय पनि लिनु पर्दछ । तपाईं आफू गरिबिमा बाच्ने त्यो तपाईको ब्यक्तिगत निर्णय हो भने  तर अर्काको बिषयमा निर्णय लिन सक्नु हुन्न । सबैको बाच्ने तरिका अलग अलग हुन्छ, हरेकको सोचाई पनि फरक फरक हुन्छ । तपाईं गरिबिमा बाच्न रुचाउनु हुन्छ भने अरुले पनि त्यसै गरोस् भनेर जिद्दी नगर्नुहोस् । कहिल्यै पनि रिस राग नराख्नुहोस । यदि तपाईं गरिबिमा बाच्ने तपाईको ईच्छा ईर्ष्याले भरिएको छ भने तपाईको गरिबी नकारामक बन्न सक्छ । तपाईको मस्तिकको स्पन्द सुद्द छ भने त्यो तपाईको गरिबी गुण बन्न जान्छ ।

यदि निर्धनता अरुले गरेको साम्सारिक भोग प्रती ईर्ष्या, डाह, रीस र राग उत्पन्न गर्छ भने यसले तपाईको हृदयलाई  दुशित गर्छ र निर्धनता पाप बन्न जान्छ ।

हजुर, त्यही कुरालाई आत्मासाथ गर्दै जब म कोरियाबाट नेपाल आए, त्यतिखेर धेरै साथिहरुले म प्रती आत्मबिस्वास बढायकाथिए ।
अब बुद्दले केही गर्छ भन्ने सबैको मनमा थियो । मैले पनि गरेरै देखाउने प्रतिज्ञा गरेको थिए । तर परिस्थिति सबै सोचे जस्तो भयन । बैशाख बाटै बालबालिका राख्ने गरेर काम अघि बढाउछु भनेर केही महिनै अगाडि आयको म खासै काम हुन सकेको थियन । दुई महिना जसो त संस्थाको जग्गा खोज्ने क्रममै बित्यो त्यो पनि पछि गयर सोचे जस्तो हुन सकेन । त्यस पछि संस्थाको अडिट, नवीकरण, साधारण सभाको माईनुट आदि आदि गर्नमा अर्को दुई महिना भन्दा बढी बित्यो ।
मुख्य कुरो बालगृह संचालन गर्नको लागि उदेश्य थप गर्नु थियो । त्यसको लागि अनेकौ कागजात जुटाउदा जुटाउदै अरु दुई महिना बित्यो तर सबै जुटाईसके पछि अहिले बालगृह संचालनमा रोक लगाएकोछ भनेर हाम्रो फाईल क्यान्सिल गरिदियो । उता बाहिर हुनुहुने साथिहरु काम किन ढिला भैरहेकोछ भनेर दिनहु सोधिरहनु हुन्थ्यो । उहाँहरुलाई काम नहुने भयो भन्न पनि मिल्दैनथ्यो । अब कसरी गर्न सकिन्छ भनेर बारम्बार प्रशासन सग बुज्दा काठमाडौमा गर्ने हो भने चाहिँ उदेश्य थप हुन सक्दैन तर काठमाडौ बाहिर गर्ने हुदा सकिन्छ तर यो हप्ता पर्खनुस उ हप्ता पख्नुस भन्दा भन्दै फेरि महिनौ बित्यो । साथिहरुलाई पनि प्रशासनले भने बमोजिम यो हप्ता हुन्छ भन्याछ उ हप्ता हुन्छ भन्याछ भन्दै पर्खाउदै गैयो ।
म जुन उदेश्यको लागि त्यत्रो त्याग गरेर आयको थिय कामै नहुने हो कि भन्ने डरले मन बिचलित थियो । साथमा यता जाने उता जाने गर्दा अरु साथिहरुले पनि म सगै उत्तिकै दुख पाईरहनु भएको थियो ।

उता आफ्नो ब्यबहार पनि लथालिङ्ग भाताभुङ्ग भयो । दक्षिण कोरिया बाट ल्यायको अलि अलि पैसाले सस्तो सस्तो जग्गा दुई ठाउमा किनेकोमा दुबै ठाउमा बिग्रेको थियो । एकातिर किनेको घडेरिमा नराम्रो जग्गामा आफ्नै मान्छेले फसाएर ५ लाख बैना झ्वाम पारिदिएका थिए । पछि जग्गा उनिहरुले अन्तै बेच्दा पनि बैना फिर्ता नगरेर मुद्दा चलेको थियो भने अर्कातिर किनेको जग्गामा बैना गरेको मिति भन्दा ४/५ महिना बितिसक्दा पनि पास नगरिदियर त्यो पनि फसेको सरह थियो । घर ब्यबहारमा पनि सन्तुलन थियन । श्रीमतीले सानो तिनो कुरामा निउ खोजेर सधै झगडा मात्र गर्थिन ।
यता संस्थाको काममा दौडदा दौडदै हबिलठ भयको थिए भने अर्कातिर अरु एक ईन्च पनि अगाडि आर्थिकले थेग्ने अबस्था थियन । तै झिनो आसा लियर संस्थाको काममा दौडिनै रहेको थिए तै पनि काम हुन सकिरहेको थियन । आफ्नै केही साथिहरु बाट पनि सहानुभुतिको साटो उल्टै मेरो सोझोपनलाई कमजोरिको रुपमा लिदै मेरो बोलावटको समेत बेवास्ता तथा उन्लङ्घनले बेलाबेलामा हुनुले थप पिडामा हुन्थे ।

यी दिनहरुमा जहाँ टेक्थे त्यही भासिन्थ्यो । जहाँ समाउथे त्यही लासिन्थ्यो । मन बुझाउने ठाउँ कतै थियन । जताजतै निरासानै निरासाको चाङ लाग्दो थियो । साथिहरु सग मन बुझाउन खोज्दा उनिहरुनै निरासा देखिन्थे । मनमा थप छट्पटी हुन थाल्यो । सबै सम्झदा मनमा कालो बादल हुडारियर आउथ्यो ।
राम्रो निन्द्रा लाग्न छोडेको हप्तौ दिन भसकेको थियो । यसको पनि सिमा हुदोरहेछ क्यारे, सिमाले हद नाघिसकेको अबस्थामा पुगेछु । त्यस पछि त पुरै रात निन्द्रा लाग्न छोड्यो । निदाउन जति प्रयास गर्यो मस्तिस्कमा त्यति त्यती नेगेटिभ कुराहरुमात्र खेलिरहन्थ्यो जसले गर्दा निन्द्राको छन्दै पर्दैनथ्यो । लगातार तेस्रो दिन सम्म पनि निन्द्रा पटक्कै लागेन । जति निदाउन प्रयास गर्यो त्यति निन्द्रा खुलेर आउथ्यो । सगै सुतेको भान्जालाई स्लिपिङ ट्याप्लेट किनेर ल्यान भने तर पसलेले दियनछ । बङ्लादेशमा भयको नर्श बहिनिलाई यसको औषधि के होला भनेर फोन गरेर सोधे उनले पनि डक्टरलाई सोधेर भन्छु भनेर राखिदिईन । मनमा थप आतास चल्न थाल्यो ।अब पक्कै निदाइदैन भन्ने डरले मुटु कापिरहेको थियो । आफुले फेरेको सास आफैलाइ डिस्टब हुन गै कानमा बुझो हालेर सुत्दा समेत निन्द्रा लागेन । मध्य रातमा उठेर प्याज र पानी खायर सुत्दा पनि त्यसले काम गरेन ।

अब पक्कै निदाईदैन भन्ने पक्का भयो । रुमका सबै निदाईरहेका हुन्थे म एक्लो छटपटिरहेको हुन्थे । सुतेको ओछ्यान बाट जुरुक्क उठे । त्यतिखेर मैले स्वर्गीय आमालाई सम्झिय । उनी पागल हुनु भन्दा अगाडि त्यसैले गरि निदाउन छोडेकी थिईन रे त्यो सम्झना आयो । त्यसले लाग्यो अब मेरो हालत पनि आमाको जस्तै हुने भयो भन्ने ठाने । कि कतै मरिनेपो हो कि भन्ने डर पनि थियो ।

अनि एक्कासी मैले पढेको भियतनाम्को Thaino को बारेमा सम्झिए । उनी १९७३ भन्दा पछि कहिल्यै पनि निदायका थियनन र पनि बाचेका थिय । र उनको स्वास्थ्यमा कुनै पनि खराबी देखिएको थिएन । जब उनलाई सम्झिए मन केही सान्त भयर आयो । न निदाईदैमा मरिने वा पागल भैइने भन्ने होईन रहेछ भन्ने ठाने । उनी कति निदाएका थिए थिएनन् त्यो भन्दा बढी म ननिदायर देखाउछु भने आत्माबिस्वास बढ्न थाल्यो ।  जुन मैले लेख्दै गरेको किताबमा एउटा गतिलो पाठ बन्नेछ, हट्सेलको रुपमा बिक्री हुनेछ र ईतिहास रच्नेछ भन्ने लाग्यो । केही क्षण अघि ननिदायकोमा औधी चिन्ता थियो त्यस पछि अब चिन्ता सिन्ता सबै हटि उर्जा बढेर आयो । अनि मैले पढेर सिरानिमाथि राखेका सबै किताबका नायकहरुको बारेमा स्मरण गरे ।

सबै भन्दा पहिले हेलेन केलर (Helen keller) लाई सम्झिए, उनी जमियको १९ महिनाको उमेरमै पेट र मस्तिष्कको बिमारले दृस्टी र श्रवणशक्ति दुबै गुमाउन पुगेकी थिईन । त्यसको बाबजुत पनि उनले निकै ठूलो काम गरेर देखाउन सकेकी थिईन । आफू आन्धो र बहिरो भएर पनि आफू जस्ता अरु धेरैको सहारा बनेर मद्दत गरिन् । उनको निरन्तर प्रयास र संघर्शले एक सफल लेखिका र राजनितिज्ञ मात्र बनिनन् वान्की त्यो भन्दा पनि ठूलो दुनियाकै एक प्रेररक बन्न सफल भएकि थिईन् ।

त्यस्तै सम्झिय स्टफिन हकिङ (Stepen Hawking) लाई । उनि कुनै रोगको कारण शरीर पुरै नचल्ने भएका थिए । यहाँ सम्म कि उनी खान, हिड्न, बोल्न र थिरिन समेत पनि नसक्ने भएका थिए । उनको शरीर पुरै लुलो हुँदै गयो । मुख बाङ्गियो । बोली बन्द भयो । घाटिबाट प्वाल पारेर आवाज निकालिएको थियो । डक्टरले उनलाई अरु दुई बर्ष भन्दा बढी बाच्न सक्दैनन् भनेका थिए । उनी आखाको चस्मा र कम्प्युटरको सेन्सरको माध्यम बाट बोल्ने गर्थे । प्राकितिक श्वास हरायर कृतिम श्वास फेर्नु पर्यो । यस्तो ब्यक्ती समेत दुनियाकै एक महान बैज्ञानिक बन्न सक्छ । सम्पुर्ण बिश्वलाई नै अचम्मित पार्दै भौतिक बिज्ञानको क्षेत्रमा हलचल मच्चाईदिन सक्छ । लेखन क्षेत्रमा पनि त्यस्तै निपुण भयर उसले लेखेको किताब दुनियालै बेस्ट सेलरको रुपमा विश्व रेकर्ड तोड्न सक्छ ।

त्यस्तै सम्झिए क्यारोली (karoly) लाई जो हङ्गेरिन आर्मी थिय । आफू आर्मी ट्रेनिङ्को दौरानमा आफ्नो दाहिने हात गुमाउनको बाबजुत पनि उनको आफ्नो सपना र उदेश्य अनुसार देब्रे हातको माध्यमबाट दुनियाकै एक बेस्ट पेस्तोल सुटर बनेर देखाएका थिए ।  उनले कहिल्यै हार खाएनन् । हिक्मत हार्न जानेनन् ।

त्यस्तै सम्झिए निक भोईजिक (Nic vujicic) लाई पनि, जो अस्ट्रेलियन नागरिक थिए । उनी आफू जन्मदै हात पाउ बिकाश नभएको मुढो शरीर जन्मिएका थिए । यस्ता मान्छे पनि निरन्तर प्रयास र अभ्यासले आफ्नो सम्पुर्ण काम आफै गर्न सक्ने हुन्छ । स्विमिङ, भलिबल, फुट्बल समेत खेल्न सक्छ । त्यति मात्र नभएर बेस्ट मोटिभेश्नल भएर दुनियालाई प्रेरणा दिदै हिड्छ ।

त्यस्तै सम्झिए बेन अन्डर्वुड (Ben underwood) लाई,  अमेरिकामा जन्मिएका उनी रेटिना क्यान्सरको कारण तीन बर्शकै उमेरमा उनको दुबै आँखा निकाल्नु परेको थियो । उनको आफ्नो आँखा नहुनुको बाबजुत पनि निरन्तर प्रयास र अभ्यासले मुखबाट (क्लिक क्लिक) निकालेको आवाजको भरमा आफ्नो बाटो आफै पत्तो लगाउन सक्ने भए । पछि बिस्तारै थप प्रयास गर्दै जादा स्किटिङ, साईक्लिङ र बास्केटबल समेत अरु सरह खेल्न सक्ने भए । उनी आफू जस्तै अरु दृस्टीबिहिनहरुलाई डोर्‍याएर हिड्थे ।
ई माथिका सबै सम्झिसके पछि त्यसो त म मा के कमि छ र बैराग्गिनु पर्ने ? मैले चाहे भने उनिहरुले भन्दा बढी नै गरेर देखाउन सक्छु जसका लागि म सग हात, पाखुरा, आँखा, शरीर सबै सकुशलै छन् । त्यसैले पनि नमर्दा भएर हरेस खानु बेकार छ भन्ने लाग्यो । बरु आफ्नो कमजोरिलाई अबसरको रुपमा लिएर जान सकियो भने सफलता सम्म पुग्न सकिन्छ भन्ने ठानेर निन्द्रा नलागेकोमा चिन्ता होईन अरु खुसी उत्पन्न भयो ।
अब मैले केही गर्नु पर्छ भनेर पुनः बेडमा पल्टिए । मनमा सकारात्मक सोचहरु एकतमास बढ्न थाले जसले गर्दा उर्जा मिलिरहेको आभास हुन्थ्यो । जब उर्जा मिल्थ्यो तब मेरो देब्रे कन्चट माथी बाट कान तर्फ एक किसिमको चार्ज भैरहके महसुस हुन्थ्यो । जति सकारात्मक सोच आउथ्यो उति नै उर्जा मिल्थ्यो र जति उर्जा मिल्थ्यो त्यतिनै गतिमा चार्ज भैरहन्थ्यो, जुन मैले प्रस्टै थाहा पाएको थिए । तै निदाईहाल्छु कि भनी प्रयास गर्दा झट्ट एक सेकेन्डको निन्द्राको झस्का मिल्यो । अनि बल्ल मैले सुत्र बुझे । मनमा हठास खुस उत्पन्न भयो । त्यो आफुले भोगेको अबस्था बुझेर आफैलाई गललल हासो उठ्यो । र खित्का छोडेर हासे पनि । त्यस पछि सकारात्मक सोचहरु अरु बढ्न थाले । फेरि निदाउछु कि भने दोश्रो पटक प्रयास गर्दा एक मिनेटको निन्द्रा मिलेर छोड्यो । एबम रितले प्रयास गर्दै जादा उसरात सानो ठूलो गरि करिब एक घन्टा जसो निदाए । भोलिपल्ट पनि यो रित कायमै राखे । जसले गर्दा उस दिन सुरुमै एक घन्टाको निन्द्रा लाग्न पुग्यो । त्यस पछि त्यस रात पनि अघिल्लो दिन झै प्रयास गरिरहदा अरु लामो निन्द्रा लाग्न पुगेको थियो । त्यसको पर्सि पल्ट बाट सुरुमै २/३ घन्टाको निन्द्रा लाग्न थाल्यो त्यस रात करिब करिब ५/६ घन्टाको निन्द्रा निदाय । निन्द्रा बिग्रेको २ हप्ता वा बिल्कुल निन्द्रा लाग्न छोडेको एक हप्ता पछि सामान्री अबस्थामा पुगेको थिय । त्यसमा योगा र प्रानायमले थप मद्दत गर्यो । मलाई डिप्रेशन भएको होला भन्ने ठानेको थिए तर डिप्रेशन त पहिल्यै देखिको भएको रहेछ । त्यो त चरम अबस्थामा पुगेपछी बल्ल थाहा पाएछु । ननिदाउदाको पीडा मैले राम्रै सग भोगे । त्यसो त हाम्रो मस्तिष्कमा सकारात्मक सोचले कस्तो प्रभाब पार्दो रहेछ र नकारात्मक सोचले कत्तिको असर गर्दोरहेछ भन्ने कुरो आफ्नै भोगाई र अनुसन्धान बाट थाहा भयो । त्यसैले डिप्रेशन भएको थाहा भयो भने निरन्तर साथिहरुको सङ्गतमा रहने । नेगेटिभ कुराहरु सोच्दै नसोच्ने र पोजेटिभ किताब मात्र पढ्ने । रमाईलो र पोजेटिभ सिरियलहरु हेर्ने । ब्यायाम, योगा तथा प्रानायम निरन्तर गर्ने । समयमा खाना खाने र घर वा कम्पनी वरिपरि हरियाली भएमा त्याहा टोहल्ने बानी बसाल्ने र बाकी माथी मैले गरे जस्तो गर्नु भए डिप्रेशन बिस्तार आफै कन्ट्रोल हुँदै जानेछ तर सुरुमा पोजेटिभ कुराहरुमा मन जान मान्दैन, तर त्यस अबस्थामा माइन्डलाइ कन्ट्रोल गर्न भने औधी गार्हो हुन्छ निकै प्रयास गरे पश्चात् बिस्तारै त्यो सकिन्छ । यहि नै हो डिप्रेशन को सबै भन्दा बेस्ट औषधि तर जथाभाबी एलोपेथिक औसधि सेवन गर्नु महा हानिकारक हुन जान्छ ।
प्रकाशित मिति : २०७४ जेठ २८ (June 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal