LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

एईडेन छन्त्याल

हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो ।
गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटो खिच्नलाई तछाडमछाड गरिन्थ्यो । दिनभरि हिऊँमा खेलेर पनि धित मर्दैनथ्यो त्यतिबेला । कामै गर्न नपर्ने र मिठो–मिठो खान पाईने भएर होला, बारम्वार हिँऊ परिदियोस परिदियोस भन्ने लाग्दथ्यो ।

तर, यो कोरियामा , भिन्न रहेछ । नत यहाँ हिँऊ पर्दा उत्सब मनाईदोरहेछ । नत हिँऊ परेको दिन काम गर्दिन भन्न नै पाँईदोरहेछ ।
हुनत..सुरुमा हिँऊ परेको देख्दा फेसबुकका भित्ताहरु , फेसबुक लाईभले भरिएको सत्य हो ।
तर बारम्बार परेको पर्यै गर्ने भएपछि हिँउको महत्त्व पनि बिस्तारै घट्दोरहेछ । फेसबुकका भित्ताहरुमा आउने हिँऊ परेको लाईभ पनि पातलो हुँदै जाँदोरहेछ । धेरै चिसो हुने भएर होला, हिँऊ परेको देख्दा पनि वाक्क दिक्क लाग्दोरहेछ ।
त्यसैले, बिन्ति छ ईन्द्रदेव । अब धेरै हिँउ नपठाईदेऊ, मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

बाहिर सिरसिर चिसो बतास चल्छ । ताल नदि समुन्द्र पुरै बरफ बनेको छ । बाहिर राखेका धाराहरुमा पानि बग्न छोडेको धेरै भईसक्यो । नेपालका धाराहरुमा पनि बग्दैनथ्यो पानि, त्यहाँ नभएर नबग्दा हुन तर यहाँ जमेर ।
१२ १२ घण्टासम्म सँधै फिनिल हाउसभित्र काम गर्छु म । स–साना चरहरुवाट, साना–साना प्वालका द्धारहरुवाट, हावाहरु पाहुना बनेर छिर्छन म भएको ठाउँमा । अनि मेरा हातका औँलाहरु, खुट्टाका पैतला, ओठ लगाएत पुरै अंग–अंगमा प्रेम गर्न थाल्दछ हावाले । प्रेम आफैमा अदभूत हुन्छन् । हावाको प्रेमले मेरो पुरै जिउ क्षणभरमै लल्याकलुलुक हुन्छ ।

प्रेमले सुख, सन्तुष्टि र रोमान्स मात्र दिँदैन, चोट बेदना र दुःख पनि दिन्छ भन्थे, हो रहेछ । हावाले गरेको अदभूत प्रेमवाट मेरा हात खुट्टाहरु सुरुसुरुमा ठिग्रयाउछ र दुख्न थाल्दछ ।
केहि छिनपछि मेरा हात खुट्टाहरु दुख्दा–दुख्दा थाकेर होला सायद आमा टाढिएको बेला एक्लै रुँदारुँदै थाकेर भुलिएको बच्चाजस्तै आफै चुपचाप रहन्छ । चलाउनै नसक्ने गरी कक्रक्कै हुन्छ । तरपनि म निरन्तर काम गरिरहनुपर्छ ।
विन्ति छ मालिक यसरि चिसो हिऊँ परेको बेला धेरै काममा नखटाईदेऊ । मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

मोबाईलमा भएको मौसम एप मा हेर्छु । मेरो ठाउँको तापक्रम कहिले माईनस १७ देखाउँछ । कहिले माईनस १८ देखाउँछ । कहिले माईनस २०/२१ सम्म पनि देखाउँछ । तर म चुपचाप छु । जत्तिसुकै पिडा होस । कठ्याङ्ग्रीएर अङ्ग–अङ्ग झर्नै लागोस । रपनि, कुनै प्रबाह नगरी निरन्तर काम गरिरहेकोछु .... गरिरहनुपर्छ ।

उता घरमा परिवारका सदस्यहरुले यो कुरा थाहा पायो भने, मेरो वारेमा चिन्ता गर्लान् । पिर मान्लान् । त्यसैले कोहि पनि मेरो घरमा यो कुरा नबताईदेऊ मेरो हात खुट्टा र ओठ चिसोले चरचर फुटेर रगत निस्कनै लागेको छ ।
प्रिय मौसम, अब म धेरै खप्न सक्दिन यो तिम्रो प्रेमको चिसो भार । कृपया सँधै यसरी तिमी चिसो बनेर मलाई प्रेमपूर्वक नसटाईदेऊ, मेरो हात खुट्टा र ओठ चरचर फुटेर रगत निस्कनै लागेको छ  ।

यो चिसो मौसमसँग सँधै सँगै बाँच्न सकिएला जस्तो लाग्दैन मलाई ।
श्रीमान ! यो चिसोसँग डिभोर्स गर्नलाई कुन कुन कागजी प्रक्रृया पुरा गर्नुपर्ने हो ? कुन कुन कानुनी वाटो अपनाउनुपर्ने हो ? मलाई यो चिसो मौसमसँग छुट्टिएर एक्लै बाँच्न मन छ । डिभोर्स गर्ने मन छ । 
https://www.youtube.com/watch?v=sNtDOLCemV0


लेखक एईडेन छन्त्याल
हाल द. कोरिया

प्रकाशित मिति : २०७४ माघ १५ (January 29, 2018)
Advertise with us

विचारका थप शिर्षकहरु

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal