G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्र

-रमेश उप्रेती(तेज)


सम्माननीय प्रधानमन्त्री ज्यु
सात समुन्द्रपारी पुगेको म तपाइको एक उर्जाशील युबाशक्ति जो देशको आर्थिक बिकाश र समृद्दिमा चिन्तित हुदै ८ बर्षको प्रबाशको बसाईको क्रममा पटक पटक स्वदेश फर्कदा केहि तिता मीठा अनुभब भएता पनि हाल नेपालमै केहि गरौ भन्ने उर्जाका साथ ब्यबसायिक भ्रमण सँगै आज स्वदेश फर्कने क्रममा भोगेका देशको अन्तरास्ट्रीय हवाई सेवा सम्बन्धी पिड़ालाई आफ्नो अन्तरमनले यो सामाजिक सञ्जालमा राख्न चाहेको छू।आशा छ यो मेरो भावना ब्यक्तिगत नभई समग्र आम नेपाली जनता र राष्ट्र प्रतिको चिन्ता सहितको भावना हो भन्ने बिषयमा केन्द्रित हुनुहुनेछ भन्ने अपेक्षा गरेको छू।

 

यस सन्दर्भमा मेरो ब्यक्तिगत भोगाईंलाई समेटने प्रयास गर्दा बिगत ८ बर्षदेखी प्रायः प्रत्येक बर्ष स्वदेश फर्कने क्रममा जब मेरो देशको विश्वको सर्बोच्च शिखर सगरमाथा लगाएत हिमालयको माथि आकाशमा जहाज आईपुग्छू त्यतिबेला पर्यटकहरु मोहित हुदै उत्साहित भएको देख्दा मेरो छाती गर्बले फुलीरहेको हुन्छ,हिमालयको देशको छोरो हु भन्ने गर्व गर्छु भने जब अलिकति तल आईपुग्दा एयरपोर्टको ट्राफिकको कारण भन्दै कम्तिमा आधा घण्टा एयरपोर्ट माथिको आकाशमा नघुमी अबतरण गरेको कुनै रेकर्ड नै छैन सो समय जहाज होस्टेजहरुलाई मैले प्रश्न गर्दा उनीहरुको उत्तर भनेको नेपालको विमानस्थल एकदम खतरा छ हामीलाई सार्है गार्हो लाग्छ भन्ने गर्छन भने पर्यटकहरु Oh!my god!whats a flight?how can we visit nepal again like this?जस्ता कुराहरु मैले सुन्दै गर्दा तपाईपनि मेरो ठाउँमा रहेर सुन्नुभयो भने कस्तो अनुभूति होला?त्यों तपाईले नै अनुमान गर्नसक्नुहुनेछ सम्माननीय प्रधानमन्त्री ज्यु।

कुरा हिजोको हो,एकहप्ते ब्यबसायिक अध्ययनको शिलशिलामा चाइना,मलेशिया हुदै सपरिवारलाई जानकारी गरायर काठमाण्डौ फर्कने क्रममा मलेशियन एयरलाइन्समा हामी करीब ३५० जना यात्रु सवार थियौ जब हामी नेपालको आकाशमाथि आईपुग्यौ जहाज अबतरण हुन केबल २७ किलोमीटर र समय ७ मिनेट मात्रै बाँकी थियो तर जहाज अबतरण नभई तुरुंन्तै जहाज मोडियो र एबम रितले झन्डै १घण्टामा ५पटक राति १बजे सम्म नेपाली आकाशमा घुमेपछि यात्रु सबैको होश हवास उड़न पुग्यो अन्तमा एयरपोर्टमा जहाज चिप्लियर जमिनमा धसिएर दुर्घटना भएको र दुर्घटना भएको जहाजलाई निकाल्न नसकेको कारण काठमाण्डौ एयरपोर्टमा अबतरण हुन नसक्ने भन्ने पाइलटको सूचना पछि जहाज ढाका तर्फ मोडियो र हामीमा केहि आशा पलायो र ढाका विमानस्थलमा बिमान अबतरण भयो त्यसपछि बिमान भित्र ३घण्टा बसिसकेपछि अब फर्कन नसक्ने भन्दै होटल तर्फ गएर रात बितायौ र भोलिपल्ट बिभिन्न आरोह अबरोह पारगर्दै पुनः नेपाली आकाशमा ४ पटक घुमिसकेपछि जहाज अबतरण भयो र सबैले एकैसाथ ताली बजाउदै पाईलट,सह पाईलटलाई धन्यबाद दिदै जहाजबाट निस्कियौ। सम्माननीय ज्यु,अनुमान गर्नुहोस म जस्तै परिवारलाई जानकारी गरायर केहि कमाएर परिवारलाई खुसी दिलाऊ भन्दै अर्थात केहि समय बिछोडीएर परदेशबाट घरको ढोकामा आईपुगेको छोरा छोरी नेपाली आकाशबाटै अर्को देशमा शरण लिन जानुपर्दा र स्वागत गर्न कुरेर बसेको परिवारमा करीब आउने समय भन्दा तिन घण्टा बेखबर भयको पीड़ा कस्तो हुन्छ होला?मलाई लाग्छ सायेद यस्तो घटनाहरु विश्वको मुलुकहरु मध्ये धेरै पटक नेपालिहरुले नै भोगेको हुनुपर्दछ।हुनत यस्ता घटना मैले स्वयम दुइ पटक भोगेको छू भने यस्ता घटना पटक पटक कति भए होलान सोचनीय नै छ।यस्तो अबस्थामा पनि राष्ट्रिय चिन्ता र एजेन्डा नबन्नुले के हामीले सोचेको समृध्दि र विकास साथै पर्यटन क्षेत्रको विकास सम्भव होला र
सम्माननीय ज्यु?

 

अन्तमा,अहिले तपाई देश र जनतालाई ऊर्जा प्रदान गर्न र आफु तर्फ केन्द्रित गर्न सक्ने भाषण गर्न माहिर हुनुहुन्छ जुन आम नेपाली जनतालाई अवगत नै छ जुनकेहि हदसम्म बिस्वास सहित स्वागतयोग्य पनि छ। समुन्द्र माथि नेपाली ध्वजा बाहक पानीजहाज,पूर्व पश्चिम छूकेछूके रेल,हावाबाट बिजुली निकाल्ने जस्ता भाषण पनि दिईसक्नु भएको छ। जसको तत्कालीन आधार भनेको अहिलेको अबस्थामा रेमिट्यान्स र पर्यटन नै हो यस्तो अबस्थामा जुन श्रोतको मुहान नै बन्द हुनपुग्ने अबस्था आईपुग्दा सम्म पनि सम्बंधित निकायको ध्यान पुग्न नसक्नु भनेको राष्ट्रकै इज्जत र प्रतिष्ठामाथिको चुनौती हो जस्तो लाग्दछ। साथै नेपाल एक पर्यटकीय हिसाबले विश्वको सुचिमा परेको देश र तपाइको योजना अनुरूप बार्षिक १०औ लाख पर्यटक भित्रयाउने उद्देश्य रहेको नेपालको अन्तराष्ट्रिय बिमान स्थल जहाँ मासिक २देखी ३वटा बिमान उचित धावनमार्ग नहुँदा निरन्तर दुर्घटना पर्दा समेत यो बिषयमा ध्यानाकर्षण हुन सकेको छैन भने कसरी तपाईले लिनुभएको पर्यटन क्षेत्रको उद्देश्य प्राप्त सक्दछ?जुन मेरो भोगाईंमा समेटीएको नै छ।

हो देश अहिले लोकतान्त्रित गणतंत्र सँगै संघीयतामा प्रबेश गरेको छ जहाँ बामलोकतांत्रिक गठबन्धनले बहुमत प्राप्त गरेको छ र जस्को नेतृत्व तपाईले नै ग़रीराख्नु भएको छ।यस परिस्थितिमा राष्ट्रका गौरवशाली योजना,आर्थिक समृद्धि र बिकाशको खाकाहरुलाई कोरेर निर्णयकारी भूमिकामा लैजान सहज पनि छ मैले बुझेको छू त्यसैले अब पनि तपाईले अन्तराष्ट्रिय मापदण्ड अनुरूपको बैकल्पिक विमानस्थल तत्काल बनाउने हिम्मत सहित कार्यान्वन गर्नसक्नुभएन भने यो देशको पर्यटनको प्रबर्धन र बिकाश धरासायी बन्न पुग्नेछ र राष्ट्रियताको सवालमा बेइज्जती नै हुनेछ भने यो देशको एयरपोर्ट विश्वको ख़तरनाक सुचिमा अन्तिम रहन नसक्ला भन्न सकिन्न।जय देश,जय नेपाल!धन्यबाद!

-रमेश उप्रेती(तेज)।

प्रकाशित मिति : २०७५ वैशाख ०९ (April 22, 2018)
Advertise with us

विचारका थप शिर्षकहरु

• समाज सेवा जीवनको एक पाटो सम्झने व्यक्ति

• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal