G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

समाज सेवा जीवनको एक पाटो सम्झने व्यक्ति

-थेगिम हाङ

समय गतिशिल ६ । समयको गतिशिलता मा जीवन र समाजलाई  डोर्‍याउन खोज्नु  नै प्रगतिशिलता  हो । मान्छे बाँच्नुको सापेक्षता ले सामाजिक प्राणी मा रुपान्तरण गर्दछ । सामाजिक हुनु भने कै स्वार्थ बाट माथी उठेर समाज निर्माणमा अग्रसर हुनु हो । समाज निर्माण गर्ने ले अवस्य देश निर्माणमा महत्व पुर्ण भमिका निर्वाह गर्दछ । स्वार्थ बाट माथी उठेर देश,समाज र अरुको लागि सोच्ने ब्याक्तिकमै हुन्छन् । हुन पनि यो प्रतिस्पर्थात्मक समयमा अरुको लागि सोच्ने फुर्सद मान्छेहरूमा सायदै हुन्छ । तिनै व्यक्ति मध्ये एक हुन भिमराज चेम्जोङ ।



नेपालको सुदुर पूर्व पान्थर को साविक गाविस फाक्तेप हाल फाल्गुनन्द गाउँपालिका मा जन्मेका चेम्जोङ सानै उमेर देखि सामाजिक काममा सक्रिय सहभागि हुन्थे । समाज सेवा गर्नु आफ्नो कर्तव्य र जीवनको एक पाटो सम्झन्छ उहाँ। तेसो त जीवन का हरेक आयाम हरू बुझ्न समाजको गहिराई मा डुब्न नितान्त छI जस्ले समाज भित्रका कुराहरु नियालेको छउस्ले मात्र  सुख दुख बुझेको हुन्छ । गाउँ घर को सानो तिनो संघ संस्था मा सक्रिय हुदै समाज सेवामा लागेका चेम्जोङ आफु जीवित रहुन्जेल सक्रिय रहने बताउछ्न । गाउँ समाजलाई सुधार गर्न को निमित जनजागरण अभियान तथा विकास मंच संस्था स्थापना गरेर गाउँ स्तर मै विभिन्न कार्यक्रम गरि समाज सेवा प्रारम्भ गरेका थिए।


समाज सेवा संग संगै पढाईलाइ पनि निरन्तरता दिन भ्याए । उनले पाँचथर बहुमुखी क्याम्पस बाट बिए र बिएड सम्मको अध्ययन पूरा गरेका छन । उनि भन्छन औपचारिक पढाइले मात्र मान्छे लाई सक्षम बनाउछ ।पढ्ने क्रममा पनि विभिन्न संघ संस्था मा आवद्ध भएर काम गरेका थिए । पढाई र संघ संस्था को अलावा राजनीति मा पनि कलिलो उमेर बाट नै सक्रिय थिए । स्कुल पढ़दा नेविसंघको इकाई कमिटी हुदै राजिनिक यात्रा सुरु गरेका हुन । उहाँ  भन्नु हुन्छ  'राजनिती ले मान्छे लाई चेतनशिल बनाउछ र देश ,समाज को विकास निर्माण मा दायित्व बोध गराउंछ । तेसैले यूवाहरु राजनितीमा सक्रिय सहभागिता भएर देश विकास को लागि अग्रसर हुनु पर्छ । ' वास्तवमा युवाहरू   जहिले पनि अग्रगामी सोच लिएका हुन्छन । देशको वर्तमान स्थिति लाई नियाल्दा पनि परम्परा वादिय राजनैतिक चिन्तन लाई विस्थापित गर्दै यूवाहरुले नेतृत्व सम्हाल्नु पर्ने देखिन्छ । २०६२/ ६३ को महान जन आन्दोलन मा पाँचथर बहुमुखी क्याम्पस बाट युवा विद्यार्थी हरुको नेतृत्व गरेर सकृय सदभागिता जनाएको थियो । 


देशमा युवा बेरोजगारी समस्या कहाली लाग्दो छ। जति तिव्र गतिमा देश विकास भए पनि बेरोजगारी समस्या लाइ तेति सजिलो राज्यले व्यावस्थापन गर्न सक्ने स्थिती छैन । यो समस्यालाइ हल गर्न को निम्ति वैदेशिक रोजगारको विकल्प छैन । अहिले नेपाली यूवाहरु वैदेशिक रोजगारको शिलसिलामा करिव पचास लाखको हाराहारीमा विदेशमा श्रम गरिरहेका छन्। हुन पनि विदेशबाट प्राप्त रेमिटेन्स ले देशको अर्थतन्त्र को आधा हिस्सा ओगटेको छ। भीमराज चेम्जोङ पनि तेहि समाजका युवा हुन । तेसैले वैदेशिक रोजगारी को सिलसिला मा ईपिएस मार्फत २०१२ मार्चमा कोरिया आएका छन्। उनी भन्छन 'आम नेपाली युवाहरुको व्यथा हो वैदेशिक रोजगारी ,देशमा व्यावस्था नभइन्जेल सम्म श्रम बेच्नु हाम्रो बाध्यता हो। ' समाज र देशको लागि सोच्ने मान्छेले जहाँ र जता रहेर पनि काम गर्न सक्छन ।तेस्को उदाहरण हुन भिमराज चेम्जोङ । कोरिया जस्तो अति व्यस्त देशमा रहेर निस्वार्थ रुपले समाज सेवा गर्नु नै आफैमा महान काम हो । यहाँ काम छैन भने खाना पनि  छैन भन्ने सिद्धान्त  लागू हुन्छ । तर पनि आफ्नो बांकी रहेको समय लाई सदुपयोग गर्दै यहाँ रहेका आम नेपालीहरुको सुख दुखमा साथ दिनु का साथै देशमा विभिन्न खालको समस्या आउदा समेत सक्रिय रुपले सहयोग को लागि पहल गर्छन ।

 

देशमा रहदा जति समाज सेवामा सक्रिय थिए यहाँ कोरियामा रहँदा पनि उति नै सक्रिय छ चेन्जोङ । राजनैतिक पार्टी बाट होस या सामाजिक संघ संस्था बाट होस केवल निस्वार्थी भएर काम गर्नु नै आफ्नो कर्तव्य ठान्छन उनी । किरात याम्थुङ चुम्लुङ कोरियाको अध्यक्ष भएर लिम्बू समूदाय को लागि मात्र नभएर आम कोरियाबासी नेपाली को लागी काम गरेको उनी बताउछन् । तेसरी नै पाँचथर सेवा समाज द.कोरिया स्थापना गर्न को निमित महत्वपूर्ण भूमिका निभाएका थिए । जो संस्था अहिले कोरियामा सक्रिय छ। पूर्वाञ्चल सरोकार समाज द. कोरिया स्थापना को निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण रहेको छ।यि संस्था इतरका संस्थाहरु मा पनि महत्वपूर्ण भूमिका निभाएको पाइन्छ।संघ,संस्था मा मात्र नभएर राजनितिमा पनि कोरियामा सक्रिय रहेको छ। संघ,संस्था ले समाज ,देश र व्यक्ति लाई प्रत्यक्ष रुपले प्रभाव राख्छ भने राजनितीले प्रत्यक्ष ,अप्रत्यक्ष रुपले प्रभाव राख्छ भन्ने उनको बुझाइ छ। राजनैतिक रुपमा नेपाली कांग्रेस प्रवास शाखा कोरियाको नेपाली जनसम्पर्क समिती कोरिया क्षेत्र न.२को सचिव हुदै निर्वाचित सह - महामन्त्री को रुपमा कार्यरत छन्।


चुलबुले स्वभावका चेम्जोङ स्पष्ट वक्ता र परिवर्तनकारी युवाको रुपमा पनि चिन्न सकिन्छ।युवाहरु प्राय परिवर्तनका पक्षमा हुन्छन। हरेक कुरामा सापेक्षित परिवर्तन अनिवार्य छ। आफु आवद्ध पार्टी नेपाली कांग्रेस मा आफु क्रान्तिकारी युवा पक्षधर रहेको बताउछन्। हुन पनि परम्परावादी सोच र चिन्तन ले अब अग्रगामी छलाङ मार्न सक्दैन।समय सुहाउदो परिमार्जन हुन जरुर छ।


संघ,संस्था ,राजनैतिक पार्टी वा व्यक्तिगत रुपले किन नहोस देश र समाजको लागि यूवाहरुले दायित्वबोध गरे मात्र विकास हुन्छ भन्ने उनको बुझाई छ। देशमा रहेर होस वा विदेश मा नेपाल र नेपालीहरु को लागि सधैं साथ र सहयोग को लागि तत्पर रहने उनि बताउछन्।विदेशमा युवाहरुले आफ्नो उर्जाशिलसमय र पसिना बगाउनु पर्दा भने उनी सधैं दुखि हुन्छन्।तर विदेशमा बगाएको पसिना र कमाएको पैसाको सरकारले उचित मूल्याङ्कन गर्नु पर्ने र लगानी को वातावरण निर्माण गर्नु पर्ने बताउछन्। अब कोरियाबाट फर्के पछि बेरोजगार केही युवाहरु लाई देश मै रोजगार दिने गरी व्यावसाय सञ्चालन गर्ने उहाँको योजना छ। त्यो संग संगै राजनितीमा सक्रिय रुपले लागेर देश र समाज लागि जीवन भर सेवा गर्ने उनी बताउछन । मान्छेको हरेक इच्छा ,चाहाना हुन्छन्। कतिपय प्राप्त गर्न सकिन्छ भने कतिपय योजनामै सिमित हुन्छ।तेइ इच्छा ,चाहाना पुरा गर्न व्यक्तिगत स्वार्थ भन्दा माथी मान्छे उठ्न गाह्रो हुन्छ।व्यक्तिगत स्वार्थ त्यागी देश रसमाजको लागि सोच्ने कमै हुन्छन् । निश्वार्थ भावाना बोकी समाज सेवामा लागेका व्यक्ति प्राय सबैको आदर्श मान्छे बन्नेछन ।

प्रकाशित मिति : २०७५ वैशाख १३ (April 26, 2018)
Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्र

• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal