धर्मुस सुन्तली

भनिन्छ, हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ । तर, यो भनाइ कुञ्जना घिमिरे (सुन्तली) माथि लागू गर्नु मनासिव नहोला । पति सीताराम कट्टेल (धुर्मुस) को सफलतामा कुञ्जनाको हात मात्र छैन, सिंगो तन र मन नै छ । उनी श्रीमानसँग पाइला-पाइलामा साथमा छिन् ।

ललितपुरको ग्रामीण क्षेत्र चापागाउँमा कुञ्जना जन्मिइन् । सानी छँदा उनका ठूला रहर थिएनन् । ठूलो लक्ष्य थिएन । उनलाई डोको बोक्न मन पथ्र्यो । घाँस काट्न मन पथ्र्यो । र, नाच्न मन पथ्र्यो । छरछिमेकमा गाईवस्तु थिए । तर, उनका घरमा थिएनन् । रहरै रहरमा डोको बोक्न खोज्दा बांगो भएर साथीहरुले जिस्क्याउँथे । घाँस काट्न खोज्दा हँसियाले औंला काट्थ्यो । उनका साथीहरुलाई कर थियो, उनलाई रहर थियो ।

एसएलसीको पढाइसम्म उनको जीवन हाँसखेल र रमाइलोमै बित्यो । राष्ट्र के हो र राष्ट्रप्रेम के हो, भन्ने कुरा उनको दिमागमा थिएन ।

जब उनी कलाकारितामा होमिइन्, त्यसैमा रमाइन् । सीतारामसित जोडी बाँधिन्, बिहे गरिन् र दाम्पत्य सम्वन्धमा रमाइन् । छोरी जन्माइन् र मातृत्वमा रमाइन् ।

सरकारले सरसफाइ दूत नियुक्त नगर्दासम्म समाजसेवा उनका लागि अञ्जान विषय थियो । मन्त्रिपरिषदको निर्णयबाट नौलो जिम्मेवारी पाएपछि यो जोडीमा नयाँ उर्जाको सञ्चार भयो । दुवैजना फुरुङ्ग परेर सरसफाइ अभियानमा जुटे । सडकदेखि सरकारी कार्यालयका शौचालयसम्म सफा गर्दै हिँडेका कट्टेल दम्पत्तिको जोस दुनियाँले बल्ल देख्यो ।

‘सरसफाइ दूत नियुक्त भएको एक महिनामै हामी २० वटा जिल्लामा पुग्यौं,’ कुञ्जना भन्छिन् ।

०००

गत वैशाख ११ गते नेपालमा भूकम्प आउँदा यो जोडी अमेरिकामा थियो । अमेरिकाको विभिन्न स्थानमा रहेका नेपालीहरुलाई हँसाउन गएका उनीहरुलाई भूकम्पले नराम्ररी बिथोल्यो ।

‘नेपाल रोइरहेका बेला हामी अमेरिकामा बसेर हाँस्ने-हँसाउने स्थिति रहेन,’ कुञ्जना सम्भिmन्छिन्, ‘त्यसैले बाँकी कार्यक्रम रद्द गरेर नेपाल फर्किने प्रस्ताव मैले सीतारामजीसँग राखेँ र उहाँ सहमत हुनुभयो ।’

ठूलो घाटा सहेर आयोजकले पनि उनीहरुलाई फर्किन स्वीकृति दिए । हातमा पाँच सय डलर पनि राखिदिए, भूकम्पपीडितको सहयोगार्थ । कार्यक्रबाट आफूहरुले पाएको १६ लाख ५० हजार रुपैयाँ भूकम्पपीडितकै लागि खर्च गर्ने अठोट गर्दै उनीहरु तुरुन्त नेपाल फर्के ।

धुर्मुस-सुन्तलीको बढ्दो लोकप्रियता सामाजिक सञ्जालमा छचल्किएको छ । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले आफ्ना लागि भिटामिनको काम गरिरहेको बताउँछिन् कुञ्जना

नेपाल फर्केर एकछिन पनि आराम नगरी उनीहरु भूकम्प प्रभावित जिल्लाहरुमा पुगे । शुरुको चरणमा खाद्यान्न र त्रिपाल वितरण गरे । दोस्रो चरणमा शौचालय निर्माणमा जुटे । तेस्रो चरणमा एउटा सिंगो वस्ती निर्माण गरिदिए । काभ्रेमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरेको क्षणलाई जीवनकै एउटा खुशीको क्षण मान्छिन् कुन्जना ।

‘त्यो वस्ती निर्माण गर्ने क्रममा हामी ठूलो तनावबाट गुजि्रएका थियौं, दुख पनि अत्यधिक गरेका थियौं,’ उनले भनिन् ।

कुञ्जनालाई त्यतिबेला तनाव हुन्थ्यो, जब उनी पतिलाई निराश देख्थिन् । त्यतिबेला खुशी लाग्थ्यो, जब पतिको अनुहारमा हाँसो देख्थिन् । उनी भन्छिन्, ‘वस्ती निर्माणका क्रममा सानो-सानो कुराहरुले उहाँलाई खुशी र दुखी बनाउँथ्यो, उहाँको अनुहारमा आउने भावले मेरो अनुहारको रंग परिवर्तन हुन्थ्यो ।’

०००

आफूसँग टन्न पैसा भएर उनीहरु त्यो वस्ती निर्माणमा होमिएका थिएनन् । विना पैसा श्रीमानले एउटा सिंगो वस्ती निर्माणको कुरा गर्दा कुञ्जना हच्किएकी थिइन् ।

‘आफू बस्ने घर नै भोलि बेच्नुपर्ने स्थिति आयो भने कहाँ जाने ?’ जोसुकै श्रीमतीले सोध्न सक्ने प्रश्न उनले पनि सोधेकी थिइन् । अनि सीतारामले विश्वास दिलाएका थिए, म जसरी पनि सहयोग जुटाउँछु, घर बेच्नुपर्ने परिस्थिति कदापि आउँदैन ।’

कुञ्जनाका अनुसार उनीहरुको निजी सम्पत्ति भनेको त्यही एउटा घर मात्रै हो । उनीहरुले चढ्ने गरेको गाडी मिडिया हबका नाममा छ ।

आफ्नो घर बनाउँदा धुर्मुसले एउटा ईट्टा पनि बोकेका थिएनन् । न कुञ्जनाले कहिल्यै बेल्चा समाएकी थिइन् । उनी भन्छिन्, ‘घरको नक्शा बनाउने बाहेक अरु काममा पनि हामीले टाइम दिएका थिएनौं ।’ कुञ्जनाका अनुसार सो घर अहिले एक करोड २० लाखसम्म बिक्री हुन सक्छ ।

काभ्रेमा वस्ती निर्माण गर्दा यो जोडी उतै अड्डा जमाएर बसेको थियो । उनीहरु टेन्टभित्र सुत्थे, जहाँ बाघ-भालुको समेत डर हुन्थ्यो । एक रात मेघ गर्जनका साथ ठूलो पानी परिरहेको थियो । बिहान ३ बजे कुञ्जना निद्राबाट ब्यूझिइन् । उनले देखिन् धुर्मुस टाउकोमा हात लगाएर झोक्राइरहेका थिए ।

वस्ती निर्माणका लागि धुर्मुस-सुन्तलीले घरै बेच्न लागेको खबर मिडियामा फैलियो । उनीहरुलाई तारन्तर आफन्त र साथीभाइको फोन आउन थाल्यो

‘के भयो ?’ उनले सोधिन् ।

‘खोइ, काम थालिहालियो । तर, मैले सोचेजस्तो पैसा उठ्लाजस्तो छैन, के गर्ने के ?’ सीतारामले भावुक भएर भने । ‘त्यतिबेला अँध्यारोमा पनि मैले उहाँको अनुहारमा पीडा भरिएको देखेँ,’ कुन्जना भन्छिन्, ‘मलाई सुरुमा घर नबेच्ने भनेर दिएको बचनले उहाँलाई अप्ठेरोमा पर्नुभएको रहेछ । त्यसैले मैले भनेँ, हाम्रो घर बेचौं ।’

श्रीमतीको यस्तो प्रस्तावले सीताराम झन् भावुक भए । केही बोल्न सकेनन् ।

‘सम्पत्तिका नाममा त्यही एउटा घर हो, बल्लतल्ल दुःखले जोडेको । त्यही घर पनि बेच्ने निर्णय गर्नु मेरा लागि गाह्रो थियो । तर, मैले अर्को विकल्प पनि देखिनँ ।’ उनले भनिन् ।

वस्ती निर्माणका लागि धुर्मुस-सुन्तलीले घरै बेच्न लागेको खबर मिडियामा फैलियो । उनीहरुलाई तारन्तर आफन्त र साथीभाइको फोन आउन थाल्यो । आफू बेघर बनेर अरुका लागि घर निर्माण गर्नुको के अर्थ भन्दै धेरैले सम्झाउन थाले ।

उनीहरुको यस्तो निर्णयले धेरै शुभचिन्तकलाई भावुक बनायो । त्यसपछि देश-विदेशबाट सहायता गर्ने क्रम बढ्यो । घर बेच्नु नपर्ने स्थिति बन्दै गयो । ४७ लाख सहयोग जुट्यो, करिब ६७ लाखमा बस्ती तयार भयो । झण्डै २० लाख धुर्मुस-सुन्तलीले आफ्नो गोजीबाट हाले ।

वस्ती निर्माणपछि पनि आफूहरुलाई सहयोग आउने क्रम जारी रहेको र अन्त्यमा ४ देखि ५ लाख मात्र आफूहरुको रकम परेको कुञ्जना बताउँछिन् ।

‘वस्ती हस्तान्तरण गर्दा हामीलाई संसारै जितेजस्तो महसुस भएको थियो,’ उनले भनिन् । नहोस् पनि किन ? सरकारले जनताको एउटा पनि घर बनाउन नसकेका बेला उनीहरुले व्यक्तिगत पहलमा १९ घरको वस्ती नै निर्माण गरेर देखाएका थिए ।

उक्त वस्ती निर्माणले धुर्मुस-सुन्तलीमा समाज सेवाको चस्का राम्रैसँग पस्यो । मानौं कुनै नशाजस्तो । उनीहरु कलाकारितामा मात्रै सीमित रहेर बस्नै नसक्ने भए । त्यसमाथि जसले पनि सोध्ने गर्थे, ‘अबको प्रोजेक्ट के हुन्छ ?’

अन्ततः उनीहरु दोस्रो बस्ती निर्माणमा हाम्फाले । काभ्रेको गिरानचौरमा भूकम्पले लडाएको वस्तीलाई उठाउन कम्मर कसे । यो पहिलेको भन्दा ठूलो र व्यवस्थित प्रोजेक्ट हो ।

यसपटक पनि धुर्मुस-सुन्तलीले पैसा जम्मा गरेर काम सुरु गरेका होइनन् । बस्ती निर्माणको घोषणा गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनको खातामा एक लाख ७४ हजार रुपैयाँ थियो भने बस्तीको अनुमानित लागत थियो चार करोडभन्दा बढी । यसपटक सहयोग नजुटेको भए घर बेचेर पनि केही हुनेवाला थिएन ।

तर, धुर्मुस-सुन्तली आफ्नो मिसनमा सफलतातर्फ अघि बढेका छन् । उनीहरुको अभियानले राष्ट्रिय जागरण पैदा गरेको छ । देश-विदेशमा उनीहरुलाई सहयोग गर्ने लहर चलेको छ ।

०००

‘कलाकारिताको आत्मसन्तुष्टि एक किसिमको हुन्छ,’ कुन्जना भन्छिन्, ‘समाजसेवाको आत्मसन्तुष्टि त्योभन्दा भिन्न र उच्च हुँदोरहेछ ।’

समाज सेवामा होमिएपछि आफूहरुलाई हेर्ने समाजको दृष्टिकोण पनि बदलिएको महसुस गरेकी छिन् उनले । उनको भनाइमा पहिले हँसाउने कलाकारका रुपमा एउटा वर्गले मन पराउँथ्यो भने अहिले सबै वर्गका जनताले माया गर्न थालेका छन् ।

धुर्मुस-सुन्तलीको बढ्दो लोकपि्रयता सामाजिक सञ्जालमा छचल्किएको छ । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले आफ्ना लागि भिटामिनको काम गरिरहेको बताउँछिन् कुञ्जना ।

‘पछिल्ला दिनहरुमा यति भावुक सन्देशहरु आउन थालेका छन् कि,’ उनी भन्छिन्, ‘पढ्दापढ्दै आँखामा आँशु आउँछ ।’
‘तपाईंहरु त कलाकार । समाज सेवाको यात्रा कहिलेसम्मलाई हो त ?’ भन्ने  प्रश्नमा कुञ्जनाले यस्तो जवाफ दिइन्,- ‘हामी सामाजिक काममा यति यसरी होमिन्छौं भनेर पहिले सोचेकै थिएनौं । न कुनै योजना बनाएका थियौं । अब हामीले आफ्नो कलाकारितालाई निरन्तरता दिनैपर्छ । किनकि यसमा हाम्रो रोजिरोटी गाँसिएको छ । समाजसेवाबाट पनि हामी बाहिर निस्कन सक्दैनौं, किनकि यसभित्रको आत्मसन्तुष्टि हामीले चाखिसकेका छौं । सम्भवतः अब हामी कलाकारिता र समाजसेवालाई समानान्तररुपमा अघि बढाउने छौं ।’

०००

घरको जेठो छोरा र जेठी बुहारी हुन् धुर्मुस-सुन्तली । उनीहरुकी एउटी छोरी छिन् सुविहानी । काखे छोरीलाई दिदी-भिनाजुको जिम्मामा छोडेर कुञ्जना यत्रतत्र कुदिरहेकी छिन् । छोरीलाई समय दिन सकेकी छैनन् ।

‘तर, जति कम समय दिए पनि छोरीका लागि आमाको बेग्लै महत्व हुँदोरहेछ,’ कुञ्जना भन्छिन्, ‘म नभएका बेला जोसित पनि मान्छे, तर म घरमा बसेका बेला मेरो काखबाट अन्त जान्न । राति झस्केर उठ्छे र मामु खोई भन्छे । उसलाई सँधै मैले छाडेर जान्छु भन्ने मनमा परेको छ ।

- अनलाइनखवर

प्रकाशित मिति : २०७३ जेठ १९ (June 01, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal