कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

सुरज गरूङ
दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको दिन माछापुच्छ्रे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

       प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा  नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी छैटौं महिनाको फूटबल प्रतियोगिता कास्की परिवारले आयोजना गर्न लागेको हो ।

  प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको संस्थाका अध्यक्ष दिल जलरी पासा ज्यूले बताउनु भयो । उक्त प्रतियोगितामा सहभागि हुन नेपाली फुटबल क्लबहरुलाई सुविधाको लागि यही महिनाको १८ तारिक स्याङ्जा परिवारले आयोजना गर्न लागेको भलिबल प्रतियोगिता स्थल दोङ्गदेमुन गु छेयुक्वानमा टाईसिट गरिने कार्यक्रम संयोजक क्षेत्र गुरुङ्ग ज्यूले बताउनु भयो । उक्त दिन फूटबल खेल, घैटो फुटाउने तथा मकै गन्ने लगाएतका विभिन्न मनोरञ्जनात्मक खेलहरुका साथै विभिन्न नेपाली परिकारहरुमा रमाउन सकिने भएको हुदा आफ्नो आफ्नो टिमलाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पुर्ण नेपालीहरु समय मिले सम्म सोयोसान खेल मैदानमा जान सक्नु हुनेछ ।

उक्त फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने फुटबल क्लबले नगद १६ लाख वान, ट्रफी, तक्मा, प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने फुटबल क्लबले नगद ८ लाख वान, तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन् र उच्च गोल कर्ता र उत्कृष्ट खेलाडीलाई पनि नगद र ट्रफीको पनि व्यवस्था गरिएको छ । यसैबीच कास्की परिवार दक्षिण कोरियाले प्रतियोगितालाई भब्यताका साथ सफल बनाउनको लागि विभिन्न उप समितीहरु गठन गरेको छ । आयोजनाको तयारी तिब्र रुपमा भएको जानकारी गराउदै कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधी ज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
 
टाईसिट सम्बन्धी जानकारीः–
मितिः २०१७ जुन १८ तारिक
स्थानः स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्ने खेल मैदान दोङ्गदेमुन गु छेयुक्वानमा ।
समयः दिनको १ बजे

खेल सम्बन्धी जानकारीः–
मितिः २०१७ जुन २५ गते
स्थानः सोयोसान खेल मैदान
समयः बिहान ७ बजे बाट सुरु हुनेछ
आयोजकः कास्की परिवार दक्षिण कोरिया

सम्पुर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुने छ ।
प्रकाशित मिति : २०७४ जेठ ३० (June 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

खेलकुदका थप शिर्षकहरु

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो

• ब्याडमिन्टन टोली कोरिया तिर

• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित

• अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल

• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा

• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत

• कोरियामा नार्गाजुन गुम्बाले आयोजना गरेको खेल विवादमा

• ठकुरी लाइ पूनः सफलता

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal