MTU को निरन्तर दवावको कारण EPS को नियममा परिवर्तन, कम्पनीको गल्ति प्रमाणित भएमा विना अनुमति कम्पनी परिबर्तन गर्न पाउने

12427

कोरियाको रोजगार तथा श्रम मन्त्रलयले इपिएसको श्रमिकलाई २०१९ फेब्रुअरी १ तारिकदेखि लागु हुने गरि कम्पनीले कानुनमा तोकिएको शर्त उलङ्घन गरेको प्रमाणित भएमा कम्पनीको बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियम बनेको छ ।

१.जस अनुसार सरकारले अब देखि प्रवासी श्रमिकलाई मजदुर आधार कानुन नियमावलीको दफा ५५ र धारा ५८ मा तोकिए बमोजिमको कोठा, जाडोमा भुइँ तताउने बोइलर, शौचालय र नुहाउने ठाउँ , कोठा, शौचालय र नुहाउने ठाउँमा चाबी लगाउन मिल्ने ,आगोलागी हुनबाट बचाउन अग्रिम जानकारी गराउने मेसिन र आगो निभाउने सामग्री भएको कोटा उपलब्ध गराउनु पर्नेछ । कानुनले तोकिए अनुसारको सुबिधा भएको बस्ने कोठा उपलब्ध नगराएको अवस्थामा सम्बधित निकायले कोठाको सुविधामा सुधार गर्नु भनी समयावधी  तोक्ने छ । तोकिएको समयावधी भित्रमा पनि बस्ने कोठामा सुधार भएन भने सो कुराको प्रमाणित भएको अवस्थामा कम्पनी परिबर्तन गर्न पाइने  भएको छ ।

२. सम्झौता पत्रमा उल्लेख भएको काम शुरु हुने समय कम्पनी साहुले श्रमिकको सहमति बिना २ घण्टा बढाएमा वा घटाएमा सो कुरा प्रमाणित भएमा कम्पनी परिबर्तन गर्न दिनु पर्ने नियम परिवर्तन भएको छ।

३. कम्पनीमा बलात्कृत भएमा ३ दिन भित्रमा तुरुन्त कम्पनी परिबर्तन गर्न पाइनेछ।

४ कम्पनी मालिक, काम गर्ने सहकर्मी, नातेदारले नियमति रुपमा कुटपिट, गालीगलौज वा अभद्र व्यवहार गरेर सो कुराको प्रमाणित भए बिना अनुमति कम्पनी परिबर्तन गर्न पाइनेछ ।

५. तलबको ३० प्रतिशत भन्दा बढी, २ महिना भण्दा बढी अवधिसम्म नदिएमा वा ढिला दिएको अवस्थामा, तलबको १० प्रतिशत रकम ४ महिनासम्म नदिमा वा ढिला दिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ।

विस्तृत जानकारीको लागि प्रवासी मजदुर संगठन एमटियुमा सम्पर्क गर्नु होला । फोन न. ०२-२२८५-६०६८