NRNA कोरियाको पहलमा अस्पतालमा उपचारार्थ एक बिरामीले पाए ५० लाख कोरियन वोन सहयोग

1380

कम्पनीमा काम गर्दा-गर्दै दुर्घटना भई बिगत लामो समय देखि अस्पतालमा उपचार गराइरहेका प्युठान निवासी सुरज जि.सी को थप उपचार सहयोगार्थ NRNA कोरियाको अध्यक्ष लक्ष्मी गुरुङको पहलमा निजलाई ५००००००/- (पचास लाख कोरियन वोन) सहयोग गरिएको छ। सहयोग रकम कोरिया स्थित जोगेसा गुम्वाबाट NRNA कोरियाको अध्यक्ष लक्ष्मी गुरुङलाई हिजो हस्तान्तरण गरिएको हो। बिरामीको अहिले HYOJE HOSPITAL मा उपचार भइरहेको र अहिले सम्म करिव ५ करोड वोन खर्चको बिल आइसकेको बिरामीको नजिकका मित्र ओमलाल ओलीले बताए।

यता उपचार गर्दाको रकम भुक्तानी तथा पीडीतलाई क्षतिपुर्तीको बिषयमा कम्पनीको साहुले पनि कुनै सहयोग नगर्ने र गर्न नसक्ने जानकारी आए संगै हाल साहुको बिपक्षीमा क्षतीपुर्तीको माग सहीत मुद्दा दायर पनि भएको छ। यि बिबिध बिषयमा कोरियामा रहेको सञ्चार माध्यमलाई अध्यक्ष गुरुङले जानकारी गराए संगै निजको उपचार सहयोगार्थ गुम्वाले मानवीय हिसाबले सो रकम हस्तान्तरण गरेको हो। रकम हस्तान्तरण पछि अध्यक्ष गुरुङ संगै Women For Women को अध्यक्ष पदमा श्रेष्ठले आयोजक गुम्वालाई हार्दिक धन्यवाद सहित आभार व्यक्त्त गरेका छन्।

अध्यक्ष श्रेष्ठको अनुसार सोही गुम्वाले हाल सम्म पनि Women For Women ले चलाएको सेल्टरको लागि वार्षिक ८० के.जी चामल र प्रति महिना २ लाख कोरियन वोन सहयोग पनि गर्दै आईरहेको छ।

 

प्रतिक्रियाहरू