NRNA कोरियाले हावाहुरी प्रभावित क्षेत्रको लागि संकलित रकम NRNA केन्द्रीय कार्यालय आपतकालीन कोषमा जम्मा गर्यो, संकलित रकम आवास निर्माण लगायतका कार्यमा उपयोग गरिने

407

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA), दक्षिण कोरियाले नेपालको वारा पर्सा लगायतका बिभिन्न स्थानहरुमा आएको शक्तिशाली हावाहुरीको कारण प्रभावित रहेका बस्तीमा पुर्याउने उद्देश्यले सहयोग स्वरुप संकलन गरिएको रकम गत सोमवार (अप्रिल ८) NRNA केन्द्रिय कार्यालय आपतकालीन कोषमा जम्मा गरिएको NRNA कोरियाले जनाएको छ।

हावाहुरी पिडीतको लागि छोटो समयमा NRNA कोरियाले ४३,५७,४९९/- (त्रिचालिस लाख सन्ताउन्न हजार चार सय उनान्सय) अर्थात् नेपाली रकम ४,२३,१७७/- ( चार लाख तेइस हजार एक सय सतहत्तर) सङ्कलन गरेको थियो। संकलित रकमवाट NRNA केन्द्रीय कार्यालयको समन्वयमा तत्काललाई अति आवश्यक राहत वितरण गर्नुको साथै पिडितहरुलाई दिर्घकालीन आवश्यकतामा पर्ने आवास निर्माण लगायतका कार्यमा उपयोग गरिने सुचनमा उल्लेख गरिएको छ भने सहयोगी सम्पूर्णलाई अध्यक्ष लक्ष्मी गुरुङले धन्यवाद दिएकी छिन्।

प्रतिक्रियाहरू