ONUF कोरियाको परिचय भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न

547

नेपालका दुई ठूला कम्युनिष्ट पार्टी तात्कालिन नेकपा एमाले र तात्कालिन माओबादी केन्द्र बिच गत जेठमा पार्टी एकिकरणको घोषणा भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। यसरी पार्टी गठन भए संगै केन्द्रमा केन्द्रिय कमिटि गठन भए पनि मातहतको कमिटिहरुको एकिकरणको लागि बिभिन्न कार्यदलहरुले काम गर्दै आएका छन। यसै सन्दर्भमा दुबै पार्टीको कोरियामा रहेको प्रवास कमिटिलाई एकिकरण गर्न गठित कार्यदलले तात्कालिन प्रवासी नेपाली मञ्ज (ONF)का अध्यक्ष परशुराम सापकोटा संयोजक तथा तात्कालिन माओबादी केन्द्र कोरिया शाखाका संयोजक दिलिप धिताल सचिव रहने गरि ३१ सदस्यिय कमिटिको नाम पार्टीको केन्द्रिय कमिटिलाई सर्वसमतिले सिफारिस गरि पठाएको र उक्त प्रस्तावित कमिटिको नामावली आज दक्षिण कोरियाको राजधानी सउलमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको प्रस्तावित कमिटि निम्नानुसार छ:
प्रवासी नेपाली एकता मञ्च (ONUF)दक्षिण कोरियाको लागि कार्यदलले सिफारश गरिएको नामावली:
संयोजक: – क. परशुराम सापकोटा (ONF अध्यक्ष)
सचिव: -क. दिलिप धिताल (नेकपा माओबादी कोरिया संयोजक)
प्रवासि नेपालि मञ्च (ONF) को तर्फबाट सिफारिस हुनु हुने सदस्यहरु: –
(१) क. श्रमदीप चौलागाई
(२) क. सृजना नेपाली
(३) क. मीना थापा
(४) क. गुन राना मगर
(५) क. लाल साउद
(६) क. ठगेन्द्र न्यौपाने
(७) क. दिल कुमार श्रेष्ठ
(८) क. नेत्र चौधरी
(९) क. डम्बर साउद
(१०) क. प्रेम विश्वकर्मा
(११) क. दिपेन्द्र अधिकारी
(१२) क. टेक पुन
(१३) क. आनन्द अधिकारी
(१४) क. भीम गुरुङ
जन प्रगतीशिल मञ्च (PPF) तर्फ बाट: –
(१) क. खगेन्द्र बुढा मगर
(२) क. भोला पौडेल
(३) क. दिपक पुन
(४) क. पुरुशोत्तम गौतम
(५) क. प्रितम गुरुङ
(६) क. श्री प्रसाद श्रेष्ठ
(७) क. चुडामणी अधिकारी
(८) क. इश्वर कठायत
(९) क. प्रदिप रावत ( किसानी))
(१०) क. लक्ष्मण पाण्डे ( बैरागी )
(११) क. जीवन खतिवडा
(१२) क. राजु श्री ( झपड बिक )
(१३) क. लाल काजी बस्नेत
(१४) क. रवी सुवेदी
(१५) क. ङ प्रसाद गौतम
बताइए अनुसार सिफारिस गरिएको उक्त नामावली पार्टीले अनुमोदन गरे पछि कमिटिले औपचारिकता पाउने छ। यसै गरेर तात्कालिन एमालेको प्रवास कमिटि प्रवासी नेपाली मञ्च (ONF) र तात्कालिन नेकपा माओबादि केन्द्रको प्रवास कमिटि जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको एकिकरण पछिको नयाँ नाम “प्रवासी नेपाली एकता मञ्च (ONUF) दक्षिण कोरिया “बनेको छ। यसरि बनेको प्रस्तावित कमिटि पहिलो बैठक फेब्रुवरी ३ मा बसेको र यो एकिकृत संगठनको लागि सुखद शुरुवात भएको कुरा मञ्चका प्रस्तावित संयोजक परशुराम सापकोटाले बताउनु भयो। यसै बीच नेपाल पत्रकार महासंघ कोरिया शाखाको पुर्व अध्यक्ष तथा मञ्चका सल्लाहकार खेम कार्की र झापाली समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा मञ्चका प्रचार प्रमुख राजु सन्तोषि थापालाई बिधाई सम्मान गरेको थियो।

प्रतिक्रियाहरू