SBI Cosmoney रेमिट्यान्सकाे नगद संकलन तथा एन्ड्राेइड एप सेवा शुरू

5042

काेरियाबाट रेमिट कम्पनीहरूले सेवा दिन शुरू गरेकाे एक वर्ष भएकाे छैन । हाल नेपालमा पैसा पठाउन चाहानुहुने ग्राहकहरूलार्इ पैसा पठाउँदा विभिन्न सुविधाहरू रेमिट कम्पनीमार्फत उपलब्ध छन् । एउटा रेमिट्यान्स कम्पनीबाट १ जना ग्राहकले वार्षिक २० हजार अमेरिकी डलर मात्र पठाउन पाउने व्यवस्था छ । काेरियामा कार्यरत नेपालीहरूकाे कमाइकाे हिसाबले पैसा पठाउनकाे लागि एक भन्दा बढी रेमिट कम्पनीमा खाता खाेल्नु अनिवार्य जस्तै छ ।
काेरियाबाट नेपाल पैसा पठाउने धेरै कम्पनीहरूकाे भिडमा अाफ्नाे छुट्टै पहिचान स्थापित गर्दै अगाडि बढिरहेकाे SBI Cosmoney रेमिट्यान्सले नगद भुक्तानी सेवा तथा एन्ड्राेइड एप सेवा शुरू गरेकाे छ। नेपाल लगाएत पाँचवटा देशहरूमा रेमिट्यान्स सेवा दिइरहेकाे SBI Cosmoney ले केही दिन अघिदेखि नगद संकलनकाे सेवाका साथै एन्ड्राेइड एप पनि ल्याएकाे हाे । नेपालकाे जुनसुकै बैंककाे खातामा रकम जम्मा गर्ने सुविधा दिइरहेकाे SBI Cosmoney ले अब अाफ्ना ग्राहकहरूलार्इ नगद संकलनकाे सुविधा थपेर थप सहज हुने विश्वास व्यक्त गरेकाे छ ।

SBI Cosmoney मा दर्ता भइसकेका ग्राहकहरूले वेवसाइटमार्फत लगइन गरेर नगद संकलनकाे सेवा प्रयाेग गर्न सक्नेछन् । नेपालबाट नगद संकलन गर्न चाहानुहुने ग्राहकहरूले नेपाल अधिराज्यभर सिटी एक्सप्रेसकाे पाँच हजार भन्दा बढी शाखाहरूबाट पैसा पठाएकाे पाँच मिनेटमै रकम संकलन गर्न सक्नुहुनेछ । नगद संकलनकाे सुविधा प्रयाेग गर्दा एसएमएस मार्फत पिन नं. अाउँछ । उक्त पिन नं. नेपालमा पैसा पठाउन चाहेकाे व्यक्तिलार्इ पठाएपछि नागरिकता लिएर सम्बन्धित बैंक वा सिटी एक्सप्रेसकाे शाखाहरूबाट पैसा लिन सकिन्छ ।

यसका साथै SBI Cosmoney काे एन्ड्राेइड एप पनि प्ले स्टाेरमा उपलब्ध भएकाे छ । यसअघि अाइफाेन प्रयाेगकर्ताहरूकाे लागि मात्र उपलब्ध एप अब एन्ड्राेइड फाेन प्रयाेग गर्ने ग्राहकहरूले प्रयाेग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
कम्पनीले स्थापनादेखि नै अाफ्ना ग्राहकहरूलार्इ विनिमय दरमा भारी छुट दिदै अाएकाे छ । SBI Cosmoney काे सेवा लिइरहनुभएका सबै ग्राहकहरूले वेवसाइट र एपमार्फत सुरक्षित रूपमा पैसा पठाउन सक्नुहुनेछ । साथै एसबिअाइकाे सेवा लिन चाहानुहुने नयाँ ग्राहकहरूले पाँच मिनेट भन्दा कम समयमा अाफ्नाे खाता खाेल्ने प्रक्रिया पुरा गर्न सक्नुहुनेछ । एसबिअाइकाे सेवा लिने प्रक्रिया गर्दाखेरी पासपाेर्टकाे फाेटाे अपलाेड गर्नुपर्नेछ ।
खाता खाेल्न चाहानुहुने ग्राहकहरूका लागि भिडियाे गाइडः https://www.youtube.com/watch?v=X1L_AV5xeMQ

पैसा पठाउने क्रममा वा नयाँ खाता दर्ता गर्ने क्रममा केही समस्या भए कम्पनीकाे हटलाइन नम्बर ०१० ४४१८५३४४ उपलब्ध छ । जुन नम्बरमा जुनसुकै बेला कल गर्न सकिनुका साथै फेसबुक, भाइबर, imo, वा Kakao मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।
फेसबुक पेजः https://www.facebook.com/SBICosmoneyNepal/

प्रतिक्रियाहरू