SBI Cosmoney रेमिट्यान्सकाे नेपालमा पैसा ट्रान्सफर गर्ने तरिकामा परिवर्तन

0
1009

नेपाल लगायत पाँचवटा देशहरूमा रेमिट्यान्स सेवा दिइरहेकाे SBI Cosmoney रेमिट्यान्सकाे पैसा पठाउने तरिकामा परिवर्तन गरेको छ ।

अबदेखि पैसा पठाउँदा शुरूमा SBI Cosmoney रेमिट्यान्सकाे एप अथवा वेवसाइटमा लगइन गरी नेपालमा पैसा पाउने व्यक्तिकाे विवरण भर्नुपर्छ । साे विवरण भर्दा पठाउन चाहेकाे रकम जति हाे त्यति मात्र ख्वाङ्जु बैंककाे भर्चुअल खातामा जम्मा गर्नुपर्ने हुन्छ । अाफूले पठाउन चाहेकाे रकम (रिसिभरकाे नाममा पठाउन विवरणमा भरेकाे रकम) भन्दा बढी वा घटी रकम ख्वाङ्जु बैंककाे भर्चुअलमा ट्रान्सफर हुने छैन । त्यसैले नेपालमा पैसा प्राप्तकर्ताकाे विवरण भर्दा पठाउन चाहेकाे रकम र सम्बन्धित बैंक खाता वा क्यास पिक-अप छनाेट गरी अन्य विवरणहरू भरेपछिकाे ६ घण्टा भित्रमा ख्वाङ्जु बैंककाे भर्चुअल खातामा पैसा डिपाेजिट गर्नुपर्नेछ ।

-- Ad --


यसअघि ख्वाङ्जु बैंककाे भर्चुअल खातामा पैसा पहिला डिपाेजिट गरेपछि नेपालमा पैसा प्राप्तकर्ताकाे विवरण SBI Cosmoney काे वेवसाइट वा एपबाट भरेर ट्रान्सफर प्रक्रिया पुरा गर्ने गरिएकाे थियाे ।

भर्चुअल खातामा ग्राहकहरूले नेपाल पठाउन चाहेकाे पैसा बाहेक अन्य थप रकम राख्न नपाइने बैंक अफ काेरियाकाे निर्देशन सँगै SBI Cosmoney ले पैसा पठाउने तरिका परिवर्तन गरेकाे हाे । यससँगै अबदेखि लगइन गर्दा हरेकपटक अाउने भेरिफिकेसन काेड अावश्यक पर्ने छैन । ग्राहकहरूले अाफ्नाे इमेल र पासवर्ड हालेपछि स्वत लगइन गर्न सक्नुहुनेछ ।

यसका साथै SBI Cosmoney ले ग्राहकहरूकाे मागलार्इ ध्यानमा राख्दै, पैसा पठाउन थप सरल र सहज बनाउने उदेश्यले अटाे डेबिटकाे व्यवस्था गर्ने तयारी गरिरहेकाे छ । थप जानकारीकाे लागि ०१० ४४१८५३४४

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here