इपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त

105

रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ ।
शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।ईपीएस कोरिया विवादपछि शाखाको निर्देशकको पद खाली नै रहेको थियो भने, करिब एक सातापछि मैयाँ कडेललाई पठाइएको छ ।