उल्लेखनीय नेपालीहरुको उपस्थितिमा सम्पन्न भयो ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको तेस्रो साधारण सभा

1559

दक्षिण कोरियामा एउटा छुट्टै परिचय बनाएको संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तेस्रो साधारण सभा सम्पन्न गरेको छ l

गत आइतबार ह्वासङ स्थित फारानमा आयोजित तेस्रो साधारण सभामा उल्लेखनीय नेपालीहरुको उपस्थिति रहेको थियो l

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष किशन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पेश गरिएका संस्थाको बार्षिक तथा आर्थिक प्रतिबेदनहरु सर्वसहमतिले पारित गरिएको थियो l

कार्यक्रममा संस्थाका भावी कार्ययोजना तथा हाल सम्म संस्थाले गरेका सामाजिक तथा परोपकारी कार्यहरुको समिक्षा गर्नुका साथै संस्थालाई लामो समय देखि सहयोग पुर्याउदै आउनु भएका केहि ब्याक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो l

संस्थाका अध्यक्ष कमान राइको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव मनोज गुरुङले गरेका थिए l