एनआरएन कोरियाको अध्यक्ष पदमा बिपिन गुरुङ्गको उम्मेद्वारी घोषणा

1782

एन आर एन कोरियाको अध्यक्ष पदमा बिपिन गुरुङ्गले उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान कमिटीका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ्ग एन आर एन कोरियामा लामो समय देखी क्रियाशिल रहेका छन् । उनले फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले “कोरियाका सबै संघ सस्थाहरु बीच सहकार्य ,समाज सेवा अनि पारदर्शिता आजको आवश्यकता ” भन्ने नारा पनि अघि सारेका छन् । एन आर एन कोरियाको सातौ अधिबेशन सेप्टेम्बर २१ र २२ मा हुँदै छ।